१०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पूर्ण पाठ)

नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सिंहदरवार, काठमाण्डौ ।

वर्तमान सरकार गठन भएको १०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (PDF) को लागि यहाँ थिच्नुहोस् ।

For English

१. पृष्ठभूमि

मुलुकमा भएको अभूतपूर्व राजनीतिक परिवर्तनलाई आर्थिक सामाजिक समृद्धिको माध्यमबाट संस्थागत गर्दै मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउनु आजको आवश्यकता हो । संघीय नेपालको समृद्धिको मुख्य आधार कृषि, उर्जा र पर्यटन हो । उक्त तीन क्षेत्र मध्ये पनि तुलनात्मक लाभको दृष्टिबाट पर्यटनलाई आकर्षक क्षेत्रको रुपमा लिनु पर्दछ । विश्वसँग प्रतिष्पर्धा गर्नु नै नपर्ने अद्धितीय पर्यटकीय उपजहरु नेपालमा हुनुका साथै यस क्षेत्रको प्रवर्द्धनसंगै अन्य क्षेत्र सहितको समावेशी विकास प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छ । उदयीमान दुई अर्थतन्त्र एवं विश्वको एक तिहाई जनसंख्याको बीचमा रहेको नेपाललाई विश्वमा एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरी देशको अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउन जरुरी रहेको छ । पर्यटनको विकास मार्फत मुलुकमा गरिवी निवारण तथा रोजगारीका थुप्रै अवसर सिर्जना गरी आधारभूत आवश्यकता पूर्ति कै लागि विदेशी भूमिमा नेपाली युवाले पसिना चुहाउनु पर्ने अवस्थाको अन्त्य हुन सक्दछ । यस क्षेत्रको विकासबाट मात्र समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो दूरदृष्टि पुरा हुन सक्दछ ।

२. वर्तमान अवस्था

पहिलो पटक नेपाली जनताका प्रतिनिधिद्वारा संविधानसभावाट जारी नेपालको संविधानले पर्यटन क्षेत्रलाई उच्च महत्व दिई पर्यटन सम्वन्धी नीति सहित संवैधानिक मार्गदर्शन गरेको छ । पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास, पर्यटन संस्कृतिको विकास तथा पर्यटनको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने संवैधानिक नीतिले हामीलाई समावेशी पर्यटनतर्फ दिशानिर्देश गरेको छ । अन्तराष्ट्रिय जगतमा सन् २०३० सम्म प्राप्त गर्ने गरी हामीले प्रतिवद्धता जनाएको दिगो विकासका लक्ष्य (SDG) प्राप्त गर्न यस क्षेत्रको विकास अपरिहार्य छ । सवै प्रकारका गरिवीको अन्त्य गरी समावेशी एवं दिगो विकास हासिल गर्न रोजगारीका अवसरहरु सिर्जना हुनु पर्दछ । नेपालमा रोजगारीको एक प्रमुख माध्यम पर्यटन क्षेत्र हो ।पर्यटन क्षेत्रको विकासका लागि नेपाल सरकारबाट स्वीकृत नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) को कार्यान्वयन गर्दै स्थानीय स्तरमा पर्यटनको लाभ जनताले प्राप्त गर्ने गरी रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय संस्कृतिको संरक्षण र पर्यटकीय उपजको विकास मार्फत गरिवी निवारणमा टेवा पुर्याउने हाम्रो प्रतिवद्धता रहेको छ ।

विश्वमा पर्यटन अत्यन्तै प्रतिष्पर्धी उद्योग हो । यसको सफलता मूलभूत रुपमा राम्रो अन्तराष्ट्रिय छवी, पूर्वाधारमा यथेष्ठ लगानी, पर्यटन प्रवर्द्धन र बजारीकरण तथा गुणस्तरीय सेवाको उपलव्धतामा निर्भर रहन्छ । नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानव निर्मित सम्पदाहरुको संरक्षण र प्रवर्द्धन गरी हाम्रो मुलुकलाई सुरक्षित, रमणीय, आकर्षक एवं दिगो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनु
पर्दछ ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, शुक्रबार मन्त्रालयले १०० दिनमा सम्पादन गरिने प्रमुख कामको विवरण सार्वजनिक गर्दै । तस्वीर ः प्रदीपराज वन्त,

हाल विश्वमा वर्षेनी अन्तराष्ट्रिय पर्यटकको संख्या करिव १ अर्व ३० करोड रहेको छ । पर्यटक वजारको प्रमुख स्रोतको रुपमा रहेको चीनबाट सन् २०२० मा करिव २० करोड पर्यटक विश्व भ्रमणमा निस्कने प्रक्षेपण गरिएको छ । ठूलो संख्यामा बौद्ध धर्मावलम्वी रहेको चीनसँग सिमाना जोडिएको गौतमबुद्धको जन्मभूमी नेपालले सन् २०२० लाई नै नेपाल भ्रमण वर्षको रुपमा मनाउदैं छ । साथै सन् २०२० मा करिव ५ करोड भारतीय पर्यटक भ्रमणमा निस्कने प्रक्षेपण रहेकोछ । नेपालको पर्यटनको पहिलो स्रोत बजार तथा अत्यधिक हिन्दु धर्मावलम्वी रहेको भारतबाट नेपाल आउने धार्मिक पर्यटकको पनि अपार सम्भावना रहेकोछ ।World Tourism & Travel Council बाट प्रकाशित पछिल्लो प्रतिवेदन Travel & Tourism Economic Impact अनुसार विश्वका १८५ देश मध्ये नेपालको पर्यटन क्षेत्र १२४ औं वरियतामा रहेको छ भने कूल ग्राहस्थ उत्पादनमा यसको योगदान ७.५ प्रतिशत रहेको तथा करिव १० लाख रोजगारी यस क्षेत्रमार्फत प्राप्त भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।यस्ता तथ्यहरुबाट नेपालको सम्भाव्यता अनुरुप पर्यटनबाट लाभ लिन नसकिरहेको यथार्थ चित्रण हुन्छ। नेपालमा साहसिक पर्यटन, प्राकृतिक पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, शिक्षा एवं स्वास्थ्य पर्यटन, खेल पर्यटन, कृषि पर्यटन, ग्रामिण पर्यटनको उच्च सम्भावना रहेको छ ।

३. दूरगामी सोच

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कूल ग्राहस्थ उत्पादनको २५ प्रतिशत पुर्याउने गरी हाम्रो दूरगामी कार्यदिशा तय हुनुपर्छ । नेपालमा आउने विदेशी पर्यटकको संख्या कम्तीमा १५ लाख पुर्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष सन् २०२० स्वीकृत भएकोछ । सन् २०२५ सम्ममा नेपाल आउने विदेशी पर्यटकको संख्या वर्षेनी २५ लाख एवं विदेशी विनिमय आर्जन ३४००* मिलियन अमेरिकी डलर पुर्याउने दूरगामी सोचसहित हाम्रा प्रयासहरु अघि बढाउन आवश्यक छ । यसका लागि मूलभूत रुपमा नीतिगत सुधार, पर्यटन पूर्वाधारहरुको विकास, हवाई पूर्वाधार विकास तथा सवलीकरण, दक्ष जनशक्तिको विकास, पर्यटन प्रवर्द्धन तथा वजारीकरण र पर्यटकीय उपजहरुको विकासमा केन्द्रित हुन आवश्यक छ । उच्चस्तरीय सेवा सुविधामा लगानी गरी गुणस्तरीय पर्यटक भित्राउने तर्फ कार्ययोजना सहित लाग्न’ पर्ने देखिन्छ ।आन्तरिक पर्यटन प्रवर्द्धनका लागि समेत विशेष अभियान संचालन गर्नु पर्ने हुन्छ ।

यसका लागि नेपालको हवाई यातायातलाई थप सुरक्षित, व्यवस्थित, भरपर्दो एवं विश्वसनीय बनाई यसको माध्यमबाट विदेशी पर्यटकहरुको आगमनलाई सहज, सुलभ एवं पहुंचयोग्य वनाउन जरुरी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, गौतमवुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा शिघ्रता ल्याउनुका साथै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढलाई अघि बढाउँदा मात्र नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सक्दछ । साथै विविधतायुक्त नेपाली संस्कृतिलाई एकताको बलियो आधार वनाउँदै विविधतामा गौरव गर्ने नेपाली समाजको निर्माण हाम्रो पहिचान हो । विभिन्न भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गरी यसको प्रचार प्रसारको माध्यमबाट पर्यटकीय आकर्षण बढाउन जरुरी छ । पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटनको माध्यमबाट हाम्रा अद्वितीय सम्पदा एवं संमृद्ध संस्कृतिको बजारीकरण गर्नु पर्दछ ।

४. सय दिनको कार्य योजना

वर्तमान सरकार गठन पश्चात् यस मन्त्रालयको कार्यक्षेत्रसँग सम्वन्धित निम्नलिखित प्रथम १०० दिनको महत्वपूर्ण कार्यहरुको कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन अघि बढाइएको छ । कार्यान्वयन प्रभावकारीताका लागि विभिन्न विभाग एवं निकायहरुबाट सम्पादन हुने कार्यहरुको अनुगमन मन्त्रालयको सम्बन्धित महाशाखाबाट र मन्त्रालयका महाशाखाहरुबाट हुने कार्यहरुको अनुगमन सचिवस्तरबाट
हुनेछ ।

 

 १०० दिनभित्र गरिने प्रमुख कार्यहरु

सि.नं कार्य क्रियाकलाप जिम्मेवार कर्मचारी अपेक्षित नतिजा कैफियत
१. त्रिभुवन  न्तर्राष्ट्रिय विमानस्थल सुधार  

·   हालको Air Traffic Congestion को समस्या न्यूनिकरण गर्न आवश्यक व्यवस्था मिलाई विमानस्थललाई कम्तीमा  दैनिक २१ घण्टा संचालन गर्ने ।

·   विमानस्थलको ATC Capacity बढाउन Traffic Flow Management लाई थप प्रभावकारी बनाउने । साथै, Slot व्यवस्थापनलाई वैज्ञानिक बनाउने ।

·   यस विमानस्थलबाट आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेपलाञ्चोकको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि संचालनका विकल्पहरुको अध्ययन
गर्ने ।

·   अन्तर्राष्ट्रिय आगमन तर्फका यात्रुहरुले बढीमा एक घण्टाभित्र Baggage Collect गर्ने व्यवस्था मिलाउने ।

·   अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रु सुविधाका लागि Central AC System संचालनमा ल्याउने र Domestic Terminal मा ACको व्यवस्था गर्ने ।

 

महानिर्देशक श्री संजीव गौतम,,

नेपाल नागरिक उड्डयन प्राधिकरण (ने.ना.उ.प्रा.)

 

महाप्रबन्धक श्री राजकुमार क्षेत्री, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

·   Air Traffic Congestion समस्या न्यूनिकरण भई  यात्रु एवं पर्यटकहरुलाई  सुविधा पुगेको हुने।

 

·   आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको हुने ।

 

२. राष्ट्रिय गौरबका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन दोस्रो न्तर्राष्ट्रिय विमानस्थल (SIA):

·   वातावरणीय प्रभाव मूल्याँकन (EIA) प्रतिवेदन स्वीकृत गराउने ।

·   विमानस्थलको लागि विस्तृत सम्भाव्यता अध्ययन (DFS) प्रतिवेदन बुझाएको कोरीयन कम्पनी LMW सँगको दायित्व व्यवस्थापन गर्ने ।

·   विमानस्थल निर्माणको मोडालिटि तय गर्ने ।

सहसचिव श्री बुद्धिसागर लामिछाने, हवाई सुरक्षा महाशाखा ,

निर्देशक श्री प्रदिप अधिकारी, ने.ना.उ.प्रा.

·   EIA प्रतिवेदन स्वीकृत भएको हुने।

·   LMW सँगको दायित्व व्यवस्थापन भएको हुने ।

·   निर्माणको मोडालिटि तय हुने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: धावन मार्ग, टर्मिनल भवन  लगायतका सिभिल निर्माण कार्यको भौतिक प्रगति ४०% सम्पन्न गर्ने । निर्देशक श्री प्रदिप अधिकारी,  ने.ना.उ.प्रा. ·   निर्माण कार्यको प्रगतिमा ४०% सम्पन्न भएको हुने।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल : Design Review And Supervision Consultant नियुक्त गर्ने। निर्देशक श्री प्रदिप अधिकारी,  ने.ना.उ.प्रा. Consultant नियुक्त भएको हुने।
पशुपति क्षेत्र विकास :

·   भगवान पशुपतिनाथको धार्मिक महत्व तथा पाशुपत क्षेत्रको ऐतिहासिकता, पुरातात्विक तथा पौराणिकता झल्किने गरी वृतचित्र तयार गरी प्रचार प्रसार गर्ने ।

·   विगत लामो समयदेखि अवरुद्ध रहको धार्मिक तथा सांस्कृतिक महत्वको वागमती जात्रा आगामि अक्षय तृतीयादेखि पुन:संचालनमा ल्याउने।

सदश्य सचिव श्री प्रदिप ढकाल,  पशुपति क्षेत्र विकास कोष  

·   वृतचित्र तयार भएको हुने ।

·   ऐतिहासिक जात्राको शुरुवात भएको हुने।

लुम्विनी क्षेत्र विकास : करिव २५ देशका बौद्ध धर्मसँग सम्बन्धित विद्वतवर्गहरुबाट लुम्बिनी तथा  बौद्ध धर्मसँग सम्बन्धित कार्यपत्र प्रस्तुति सहित २५६२ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी भव्यरुपमा मनाउने । सदश्य सचिव ,  लुम्विनी विकास कोष लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार हुने ।  

 

 

 

 

 

 

३. भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण ·     ऐतिहासिक रानीपोखरीको पुनर्निमाणमा देखिएको विवाद समाधान गरी निर्माण कार्य प्रारम्भ गर्ने ।

·     ललितपुरको मणीमण्डप र कृष्ण मन्दिर संरक्षण कार्य सम्पन्न गर्ने।

·     भुकम्पपछि बन्द रहेको हनुमानढोका दरवार संग्रहालयभित्र अस्थायी संरचना निर्माण गरी सर्वसाधारणको लागि खुला गरिने ।

·     हनुमानढोकास्थित गद्दीबैठकको बाहिरी वाल र छाना सहितको मुख्य संरचनाको सबलीकरण कार्य (Retrofitting) सम्पन्न गर्ने साथै लक्ष्मीनारायण मन्दिर, कागेश्वर, सरस्वती र महादेव मन्दिरको पूनःनिर्माण कार्य सम्पन्न गर्ने ।

·     स्वयंभुस्थित अनन्तपुर र किमडोल गुम्वाको  पुनर्निर्माण कार्य सम्पन्न गर्ने तथा आनन्दकुटी विहारको पुनर्निर्माण कार्य ८० प्रतिशत सम्पन्न गर्ने ।

·     खोकना मछिन्द्रनाथको पुनर्निर्माणका लागि Stone Carving को काम सम्पन्न गर्ने ।चाँगुनारायणस्थित बलम्बु पाटी र छिन्नमस्ताको मन्दिर  पुनर्निर्माण कार्य सम्पन्न गर्ने ।

·     हनुमानढोकास्थित आगंछे र पाटनस्थित देगुतलेजु मन्दिरको  पुनर्निर्माण  कार्यका लागि Architectural Structural  सहितको Drawing/Design तयार गर्ने ।

·     भक्तपुरको महामञ्जुश्री सत्तल, तलेजु मन्दिर,महालक्ष्मी द्योछें, सुर्यविनायक गणेश ‌आमा मन्दिर, गोपीनाथ मन्दिर, तलेजुस्थित द्धिमाजु चोकको संरक्षण कार्य सम्पन्न गर्ने ।

महानिर्देशक श्री भेष नारायण दाहाल,

पुरातत्व विभाग

·      भूकम्पबाट क्षतिग्रस्त ७५३ सम्पदाहरु मध्ये हाल ८२ वटा सम्पन्न
भएको ।·      यस अविधमा थप १३ वटा सम्पदाहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको हुने।
 
४. नीतिगत तथा कानूनी सुधार ·   संस्कृति, पर्यटन र हवाई क्षेत्रसँग सम्बद्ध प्रबुद्ध व्यक्तिहरुको निरन्तर सल्लाह, सुझाव तथा पृष्ठपोषणका लागि छुट्टाछुट्टै Think Tank Groups बनाउने ।

·   पर्यटन क्षेत्रको लागि गुणस्तरीय जनशक्ति विकास र दीगो आपूर्ति सुनिश्चत गर्न पर्यटन विश्वविद्यालय स्थापनाको दीर्घकालीन सोच सहित कानूनको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद्‌) मा पेश गर्ने ।

·   नेपालको संविधान र परिवर्तित परिवेश अनुरुप पर्यटन नीति, २०६५ परिमार्जन कार्य शुरु गर्ने (Sunset Provision सहित)।

·   नेपालको पर्यटन प्रबर्द्धनका लागि  सहकार्य गर्न थाईल्याण्ड सरकारसँग समझदारी (MOU) गर्ने ।श्रीलंका सरकारसँगको समझदारी (MOU) लाई अघि बढाउने ।

·   नेपालको राष्ट्रिय रणनीतिक पर्यटन योजना (सन् २०१६-२०२५) ले निर्दिष्ट गरे बमोजिम नेपालको पर्यटन प्रर्वर्द्धनलाई प्रभावकारी बनाउन पाँच प्रमुख पर्यटकीय श्रोत मुलुकहरुमा पर्यटन सहचारी खटाउने सम्बन्धी अवधारणा पत्र तयार गर्ने ।

 

सहसचिव श्री घनश्याम उपाध्याय, पर्यटन प्रवर्द्धन महाशाखा  

 

 

 

 

 

·   पर्यटन क्षेत्रमा विद्यमान नीति, ऐन कानूनमा समयानुकूल सुधार कार्य प्रारम्भ भएको हुने ।

·   अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रबर्द्धनको लागि खाका तयार भएको हुने ।

·   पर्यटन सहचारी खटाउने सम्बन्धी अवधारणा पत्र तयार भएको हुने।

·   पर्यटन ऐन, २०३५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन मस्यौदा तयार गर्ने ।

·   क्यासिनो ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिको लागि  नेपाल सरकार (मन्त्रिपरिषद्‌) मा पेश गर्ने ।

सहसचिव श्री आलोकचन्द्र श्रेष्ठ, कानून महाशाखा
५. कार्य पद्धतिमा सुधार ·   सेवा प्रवाह गर्ने कार्यमा प्रत्यक्ष संलग्न हुने पर्यटन विभाग,  पुरातत्व विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्डको कार्य संचालन प्रभावकारिताका लागि कार्यसंचालन मापदण्ड (SOP) बनाई लागु गर्ने । महानिर्देशक/ महाप्रबन्धक/प्रमुख कार्यकारी अधिकृत कार्य संचालन प्रकृयामा स्पष्टता आइ सेवाग्राहीलाई सहजता पुगेका
हुने ।
संस्कृति  क्षेत्र :
६. संस्कृति संरक्षण र प्रवर्द्धन ·     नेपालको संविधान तथा परिवर्तित परिवेश अनुरुप राष्ट्रिय संस्कृति नीति, २०६७ लाई परिमार्जन गर्ने साथै नयाँ नीतिमा Sunset Provision समेत राख्ने ।

·     मकर संक्रान्तिका दिन देवघाट, वराहक्षेत्रमा लाग्ने मेला, नुवाकोटको गोरु जुधाई  र शालीनदी (स्वस्थानी पूजा) को डकुमेन्ट्री निर्माण गर्ने ।

·     ५९ वटा आदिवासी जनजातिहरुको वार्षिक चाडपर्वहरुको क्यालेन्डर तयार गरी प्रकाशन गर्ने ।

·     ५ वटा आदिवासी जनजातिहरु र ५ वटा सिमान्तकृत जातिहरुको अमूर्त साँस्कृतिक सम्पदाको विवरण सहितको  अध्ययन प्रतिवेदन तयार गर्ने ।

·     राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, पुष्पलाल राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित राष्ट्रिय मानव मर्यादा पुरस्कार वितरण गर्ने।

सहसचिव श्री भरतमणि सुवेदी,

संस्कृति महाशाखा

·    संस्कृति प्रवर्द्धन र सम्बर्द्धन कार्यमा योगदान पुगेको
हुने ।·    विभिन्न राष्ट्रिय तथा प्रादेशिक प्रतिभाको प्रोत्साहन भएको
हुने ।
 
७. ऐतिहासिक, पुरात्तात्विक एवं धार्मिक महत्वका सम्पदाहरु संरक्षण ·     पाल्पास्थित रानीमहल र भैरवस्थान सत्तल, पचलीस्थित ईन्द्र भक्तेश्वर सत्तल, सुनसरी जिल्लास्थित रामधुनी पोखरी र चतराघाट, झापा जिल्लास्थित किचकबध पुरातात्विक स्थल, ललितपुर खोकनास्थित रुद्रायणी पाटी, जुम्ला जिल्लास्थित कनकासुन्दरी मन्दिर संरक्षण कार्य सम्पन्न गर्ने ।

·     सर्लाही मुर्तियास्थित शिव मन्दिर, नवलपरासी सिक्रौलस्थित कैलाश आश्रम, दाङ्ग जिल्लास्थित अम्विकेश्वरी मन्दिर लगायतका १४ वटा आयोजनाहरुको ठेक्का सम्झौता सम्पन्न गर्ने।

·     कपिलवस्तु जिल्ला दोहनी पुरातात्विक स्थल र कपिलवस्तु तिलौराकोट दरवारको दक्षिण तर्फको उत्खनन् कार्य सम्पन्न गर्ने।

महानिर्देशक श्री भेष नारायण दाहाल,

पुरातत्व विभाग

·      ७ वटा ऐतिहासिक/ पुरात्तात्विक/धार्मिक महत्वका सम्पदाहरु संरक्षण कार्य सम्पन्न भएको हुने।
८. अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण ·   राष्ट्रिय अभिलेखालयमा संकलित ३१००० विविध विषयका हस्तलिखित ग्रन्थहरु मध्ये ११,५५० हस्तलिखित ग्रन्थको करिव ६,५५,००० ईमेजको क्याटलगिङ्ग, ट्यागीङ्ग गरी सफ्टवेयरमा अपलोड कार्य सम्पन्न गर्ने ।

·   अभिलेखालयमा संकलित कुमारीचोकबाट प्राप्त १,००० पोका मध्येको ३५ पोकाको ५,००० पन्ना अभिलेखहरुलाई डिजिटाईजेसन गर्ने र ३,१०० पन्ना अभिलेखीकरण कार्य सम्पन्न गर्ने।

·   वि.सं. १९५८ साल देखि १९६८ सम्मको गोरखापत्रहरुको डिजिटाईजेसन गर्ने ।

प्रमुख श्री सौभाग्य प्रधानाङ्ग,  राष्ट्रिय अभिलेखालय ·   राष्ट्रिय महत्वका अभिलेखहरुको डिजिटाइजेसन र अभिलेखीकरण भएको हुने ।
९. संग्रहालयको निर्माण तथा व्यवस्थापन ·   मोरङ्गस्थित मदन भण्डारी संग्रहालय, स्याङ्गजा रामकोटस्थित गुरुंग संग्रहालय, कास्की लेखनाथस्थित कवि शिरोमणी लेखनाथ संग्रहालय, सुनसरीस्थित माझी संग्रहालयहरुको निर्माण कार्य सम्पन्न गर्ने ।

·   ओखलढुंगास्थित सिद्धीचरण संग्रहालयको भवन निर्माण सम्पन्न गर्ने ।

महानिर्देशक श्री भेष नारायण दाहाल, पुरातत्व विभाग ·      संग्रहालयको निर्माण तथा व्यवस्थापन भएको हुने ।
पर्यटन तर्फ :
१०. पर्यटकीय तथ्यांक अद्यावधिक कार्य ·   अध्यागमन विभागसँगको सहकार्यमा पर्यटकीय तथ्यांक  शेयरिङ संजाल (Data Sharing Network) को विकास गर्ने ।

·   स्थलमार्गबाट आउने पर्यटक संख्या एकिन गर्न सर्भे गर्ने।

·   पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदान एकिन गर्न Tourism Satellite Account (TSA)  प्रणाली विकास गर्न कार्यटोली गठन गर्ने ।

सहसचिव श्री डण्डुराज घिमिरे, योजना तथा मूल्याङ्कन महाशाखा ·     पर्यटकीय तथ्यांक  नेटवर्क विकास भएको हुने।

·     TSA  निर्माण कार्य अगाडी बढेको हुने।

११. दिगो पर्यटन व्यवस्थापन ·   सडक निर्माणले गर्दा क्षती हुन गएका महत्वपूर्ण पदयात्रा मार्गहरुको बैकल्पिक पद मार्ग निर्माण गर्न निजी क्षेत्र तथा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा अध्ययन गर्ने ।

·   पर्यटकीय स्थलको वातावरण स्वच्छ, सफा र प्रदुषणमुक्त राख्‍न मापदण्ड तयार गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउने ।

सहसचिव श्री डण्डुराज घिमिरे, योजना तथा मूल्याङ्कन महाशाखा ·     पर्यटन मैत्री पूर्वाधार एवं दिगो पर्यटन व्यवस्थापन कार्यको शुरुवात भएकोहुने ।
१२. पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता ·   होटल, रिसोर्ट, रेष्टुराँ, होमस्टे तथा अन्य आवासीय प्रबन्धहरु (Online Booking System समेत) को विद्यमान अवस्था विश्लेषण सहित पुनरावलोकन गरी नयाँ मापदण्ड तर्जुमा कार्य शुरुवात गर्ने । महानिर्देशक श्री दिनेश भट्टराई,

पर्यटन  विभाग

·     मापदण्ड तर्जुमा कार्य शुरुवात भएको हुने।
१३.

 

एकीकृत पर्यटन पूर्वाधार विकास ·   सातवटै प्रदेशमा एक/एक वटा नमूना पर्यटकीय गन्तव्यस्थल विकासको लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार गर्ने।(प्रदेश नं. १- ईलाम सन्दकपुर. प्रदेश  नं. २- धनुषाधाम,  प्रदेश  नं. ३- ईन्द्रसरोवर मकवानपुर,  प्रदेश  नं. ४- पंचासे,  प्रदेश  नं. ५- देवदह,  प्रदेश  नं. ६-रारा,  प्रदेश  नं. ७- कैलाली भादागाउँ)

 

·   प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ क्षेत्रको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गर्ने ।

·   महत्वपूर्ण धार्मिकस्थल स्वर्गद्धारीको गुरुयोजना तयारी कार्य अघि बढाउने ।

सहसचिव श्री डण्डुराज घिमिरे, योजना तथा मूल्याङ्कन महाशाखा ·     महत्वपूर्ण पर्यटकीय स्थलहरुको एकीकृत पर्यटकीय पूर्वाधार विकास कार्य प्रारम्भ भएको हुने।
·   दोलखा र रामेछापको सीमानामा पर्ने सैलुङ्गमा भ्यूटावर निर्माण कार्य सम्पन्न गर्ने ।

·   मनास्लु, खुम्वु, अन्नपूर्ण सर्किट, दोलखा-मुडे-सैलुङ पदयात्रा मार्गको पुनर्निर्माण कार्य शुरुवात गर्ने । साथै हेलम्बु क्षेत्र, लाङटाङ क्षेत्र, मकालुवरुण क्षेत्र, दोलखा लखनपुर  पदयात्रामार्गको निर्माणकार्य ८०% सम्पन्न गर्ने।

·   गुरिल्ला ट्रेल र यार्सा ट्रेलको १०/१० कि.मि. पदयात्रामार्ग निर्माण कार्य सम्पन्न गर्ने ।

·   नेपालको पूर्व-पश्चिमको हिमाली क्षेत्र जोड्ने Great Himalayan Trail (GHT) को दोलखाको जगत-टासिनाम-डालदुङ्ग-बेदिङ्ग ट्रेल र रसुवाको पार्वतीकुण्ड-सोमदाङ खण्डको २० कि.मि. पदयात्रामार्ग सम्पन्न गर्ने।

·   जनकपुर र रारा (ताल्चा) मा पर्यटकीय सूचना केन्द्रको निर्माण कार्य सम्पन्न गर्ने ।

·   तनहुंको भानु शिखर कटेरीमा निर्माणाधिन रामायण भवन निर्माण सम्पन्न गर्ने ।

महानिर्देशक श्री दिनेश भट्टराई,

पर्यटन  विभाग

·   महत्वपूर्ण पदयात्रा मार्गहरुको ४० कि.मि. निर्माण सुधार कार्य सम्पन्न भएको हुने ।

·   २ वटा सूचना केन्द्रको निर्माण कार्य सम्पन्न हुने।

१४. पर्यटन प्रबर्द्धन ·  नेपाल भ्रमण वर्ष २०२० को सचिवालय स्थापना, विषयगत समितिहरु गठन गरी कार्य प्रारम्भ गर्ने ।

·  चीन र भारतका मुख्य तीन÷तीन शहरहरुमा पर्यटन सेल्स मिसनको आयोजना गर्ने ।

·   ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया र ब्लगरसहितको अन्तर्राष्ट्रिय स्तरको हिमालयन ट्राभल मार्ट आयोजना गर्ने।साथै, ७० जना विदेशी पत्रकारहरुको FAM TRIP संचालन गर्ने ।

·   मुख्य श्रोत बजार लक्षित Country Specific Tourism Marketing and Promotion Strategy तयार गरी कार्यान्वयन गर्ने ।

·   आन्तरिक पर्यटन प्रवर्द्धनको लागि रारा- कर्णाली पर्यटन वर्ष अभियान लगायतका अभियानहरुको प्रवर्द्धन गर्ने ।

·  सातवटै प्रदेशहरुको संस्कृति र पर्यटकीय सम्पदाहरु झल्किने गरी Short Video बनाई प्रचार प्रसार गर्ने ।

·  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय सम्पदा झल्किने ५ वटा ठूला इलेक्ट्रोनिक LED HD Display Boards राख्ने ।

·  एसियाको पहिलो अपाङ्ग मैत्री पदयात्रा मार्ग (Accessible Trekking Trail) कास्कीको नौडांडामा बनाई संचालनमा ल्याउने।

·  नेपाल पर्यटन बोर्डको वेबसाइटलाई चिनियाँ भाषामा समेत बनाई थप Interactive  र Attractive बनाउने।

·  नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्य तथा ती स्थानहरुमा पाइने पर्यटकीय सेवा सुविधाको जानकारीमूलक Mobile Apps बनाई संचालनमा गर्ने ।

·  काठमाडौंका प्रमुख पर्यटकीय स्थलहरुलाई केन्द्रित गरी निजी क्षेत्र समेतको सहकार्यमा Hop On Hop Off गाडीहरु संचालन गर्न संभाव्यता अध्ययन गर्ने ।

·  अन्तर्राष्ट्रिय संचार माध्यमहरु बीबीसी, सीएनएन, ट्रिप ऐडभाइजर र लोन्ली प्लानेट मार्फत प्रवर्द्धन गर्ने ।

प्रमुख कार्यकारी अधिकृत श्री दिपकराज जोशी, नेपाल पर्यटन बोर्ड  

 

 

 

 

·   सचिवालय स्थापना भई कार्यप्रारम्भ भएको हुने ।

·   आन्तरिक तथा  अन्तर्राष्ट्रिय प्रचारप्रसार र बजारीकरण थप प्रभावकारी भएको
हुने ।

·   पर्यटक संख्यामा क्रमिक रुपमा वृद्धिभएको हुने ।

 

 

नागरिक उड्डययन तर्फ :
१५. हवाई उड्डयन सुरक्षा सुदृढीकरण ·     अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (ICAO) को Global  Aviation Safety Plan (GASP) मा आधारित भई Nepal Aviation Safety Plan (NASP) तर्जुमा गरी कार्यान्वयन गर्ने ।

·     सन २०१० देखि सन् २०१७ सम्म भएका बायुयान दुर्घटना जाँच प्रतिवेदनका सिफारिस विश्लेषण गरी प्रभावकारी रुपमा कार्यान्वयन सुरु गर्ने।

सहसचिव श्री बुद्धिसागर लामिछाने, हवाई सुरक्षा तथा प्राधिकरण सुपरीवेक्षण महाशाखा/  महानिर्देशक श्री संजीव गौतम,,

नेपाल नागरिक उड्डयन प्राधिकरण

हवाई उडान थप  सुरक्षीत हुने ।
१६. हवाई उद्योग व्यवस्थापन ·   ड्रोन उडान अनुमतिलाई सरलीकृत गरी समन्वयात्मक ढंगबाट उडान संचालन गराउन कार्यविधि तयार गर्ने।

·   चालू अवस्थामा रहेका विमानस्थल मध्ये हिमाली, पहाडी र तराई क्षेत्रमा अवस्थित तीन वटा विमानस्थलको संचालनको अवस्था, वायुसेवा कम्पनीहरुले पु¥याईराखेको सेवा सुविधा र सेवाग्राहीका गुनासाहरु सम्बन्धमा सरोकारवालासँग छलफल एवं अनुगमन गर्ने ।

·   नेपालमा  अन्तर्राष्ट्रिय वायुसेवा स्थापना तथा संचालनका लागि इजाजत दिने मापदण्ड (TOR) पुनरावलोकन गर्ने।

·   नेपाल वायुसेवा निगमको सहकार्यमा Wide body aircraft (A 330-200) utilization plan तयार गर्ने ।

·   नेपाल वायुसेवा निगमसँग समन्वय गरी Twin Otter, MA60 र Y12E वायुयानको Optimum utilization plan तयार  गरी उडानमा सरीक गराउने ।

सहसचिव श्री सुरेश आचार्य, हवाई उद्योग व्यवस्थापन महाशाखा  

·   ड्रोन अनुमति प्रक्रिया सरलीकृत हुने ।

·   विमानस्थलमा देखिएका समस्या समाधान गर्न पहल हुने ।

·   अन्तर्राष्ट्रिय वायुसेवा स्थापना तथा संचालनको  मापदण्ड (TOR) पुनरावलोकन
हुने ।

१७. प्राधिकरण सुदृढीकरण एवं विमानस्थल निर्माण सुधार ·     चन्द्रगढीमा Day Instrument Flight Rules (IFR) र धनगढी विमानस्थलमा IFR Procedure लागु गर्ने।

·     राजविराज तथा साँफेबगरको धावनमार्ग/ट्याक्सी वे कालोपत्रे कार्य सम्पन्न गर्ने ।

·     नेपाल नागरिक उड्डयन प्राधिकरणको समग्र वित्तीय अवस्था समेट्ने उद्घेश्यले Nepal Financial Reporting Standard (NFRS) प्रणाली लागू गर्ने।

महानिर्देशक श्री संजीव गौतम,

नेपाल नागरिक उड्डयन प्राधिकरण

·     भिजिविलिटि कम भएको अवस्थामा समेत उडान गर्न सकिने ।

·     सबै मौसममा उडान सुचारु गर्न सकिने।

·     प्राधिकरणमा NFRS प्रणाली लागू भई वित्तीय प्रणाली सुदृढ भएको हुने।

१८ नेपाल वायूसेवा निगमको सुदृढीकरण ·        निगममा रहेका आन्तरिक उडानका लागि उपयुक्त ८ वायूयान मध्ये ६ वटा वायूयानहरु अधिकतम् क्षमताका साथ उडान गर्ने ।

·        आन्तरिक उडानलाई थप विस्तार गर्न ६ वटा Twin Otter  विमान खरिद प्रक्रिया सुरु गर्ने (सैद्धान्तिक निर्णय गर्ने)

·        Wide body Compatible Hanger निर्माणको लागि पूर्व तयारी गर्ने।

सहसचिव श्री सुरेश आचार्य, हवाई उद्योग व्यवस्थापन महाशाखा /

प्रबन्ध निर्देशक श्री सुगतरत्न कंसाकार, नेपाल वायूसेवा निगम

आन्तरिक हवाई यात्रु एवं पर्यटकहरुलाई सहजता हुने ।

*सच्चाईएको

श्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय