बाढी पहिरोले पुर्याएको भौतिक क्षतिको तत्काल निर्माण गरी सेवा सुचारु गर्न भएका प्रयास सम्बन्धी निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।

व्यवस्थापिका–संसद

विकास समिति

बैठक संख्या– १३४

मितिः २०७४।०५।६

बैठक प्रारम्भ ८ः००

बैठक अन्त्य ः १०ः४५

छलफल तथा निर्णय ः

हालै भएको अविरल वर्षाको कारणले गर्दा देशका अधिकांश ठाउँहरुमा भौतिक संरचनाहरुको क्षति हुन गई जनजीवनमा असहज परिस्थिति सृजना भएको छ । यही असोज २ गते हुन गइरहेको प्रदेश नंं २ को निर्वाचन, नजिकै आउन लागेका दशैं, तिहार, छठ जस्ता महत्वपूर्ण चाडपर्वहरु र निकट भविष्यमा हुन गइरहेको संघ तथा प्रदेशको निर्वाचनलाई सफल बनाउन तथा सेवा सुचारु गरी जनजीवनलाई सहज बनाउनको लागि समितिको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रलाय, गृह मन्त्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग, सिंचाई विभाग, जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग र सडक विभाग लागयतका सरोकारवाला निकायहरुसँग छलफल गरी देहाय अनुसारको निर्देशन गर्ने निर्णय ग¥यो ।

  1. हालैको बाढी र डुवानका कारणले भएको भौतिक पूर्वाधारहरुको क्षति र निर्माण सम्बन्धी एकीकृत कार्ययोजनाको प्रतिवेदन समितिमा पेश गर्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ ।
  2. हालै भएको अविरल वर्षाको कारणबाट देशको अधिकाँश ठाउँहरुमा भौतिक संरचनाहरुको क्षति भएको कारणबाट जनजीवनमा हुन गएको असहज अवस्थाको अन्त्य गर्न र प्राथमिकताका आधारमा भौतिक संरचनाहरुको तत्काल निर्माण गरी जनजीवनलाई सहज बनाउनका लागि तत्काल वैकल्पिक व्यवस्थाको समेत अवलम्वन गरी सेवा सुचारु गर्न र यसका लागि आवश्यक बजेटको अभाव हुन नदिन समिति अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय लगायत सरोकारवाला निकायलाई निर्देश गर्दछ ।
  3. वर्षै पिछे वर्षा याममा आउने बाढी पहिरोबाट ठूलो मात्रामा हुने जनधनको क्षतिलाई न्यूनीकरण गरी समस्याको समाधान गर्न, बाढी पहिरो नियन्त्रण सम्बन्धी दीर्घकालीन नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन एवं सम्बन्धित निकायहरुसँग समन्वय गरी तत्काल समस्याको समाधान गर्न समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग लगायत सम्बद्ध सबै निकायहरुलाई निर्देश गर्दछ ।
  4. हालैको बाढीपहिरोबाट क्षति भएका भौतिक संरचनाहरुको निर्माण गरी सेवा सुचारु गर्ने सम्बन्धमा कार्यक्षेत्र सम्बन्धी समेत अन्यौल रहेको सम्बन्धमा सम्बन्धित निकायहरुले समन्वय गरी तत्काल निर्माण कार्य सुचारु गर्न समिति नेपाल सरकार तथा सम्बद्ध सबै निकायहरुलाई निर्देश गर्दछ ।
  5. पुल लगायतका भौतिक संरचनाहरुको निर्माण गर्दा यसको म्भकष्नल मा नै त्रुटी भई राज्यले ठूलो क्षति बेहुर्नु परेकोले यस्ता ठूला संरचनाहरु निर्माण गर्दा भू–बनोट अनुसार अध्ययन तथा म्भकष्नल गरी निर्माण गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।
  6. विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणका सम्पूर्ण क्रियाकलापहरु र चरणहरुमा नै ध्यान दिई मूल प्रवाहीकरण गराउन समिति नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित निकायलाई निर्देश गर्दछ ।
  7. बाढी र डुवानले पारेको प्रभाव र सेवा सञ्चालनको अवस्थाको स्थलगत अनुगमनका लागि विकास समितिले एक संसदीय टोली बनाउने निर्णय ग¥यो ।
  8. विकास समिति अन्तरगत स्थानीय शासन संञ्चालन सम्बन्धी विधेयकको दफाबार छलफल गर्न गठित उपसमितिको भदौ १३ गते सम्म म्याद थप गर्ने निर्णय भयो ।