काठमाण्डौ संग सुर्खेत सिधा हवाई यातायात मार्फत जोडिदै

काठमान्डौ, सिंहदरबार,

केन्द्रिय राजधानी काठमाण्डौ सग कर्णाली प्रदेसको राजधानी सुर्खेत अबको दुई हप्ता भित्र सिधा हवाई उडान मार्फत जोडिने पक्का भएको छ । करिव १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहि समय नियमित उडान भए पनि नाकाबन्दी लगत्तै उडान हुन् सकेको थिएन । पर्यटन मन्त्रालयमा आज भएको छलफल सगै उडान पक्का बनेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्री र प्रदेस मन्त्रीहरु बीच कर्णालीको पर्यटन बिकास सम्बन्धि हिजो छलफल भएको थियो । आज मन्त्री अधिकारी, प्रदेसका पर्यटन मन्त्री र हवाई सेवा प्रदायक बीच मन्त्रालयमा भएको छलफलमा हवाई सेवा प्रदायकले नियमित उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन  ।

नाकाबन्दी लगत्तै अवरुद्ध काठमाण्डौ सुर्खेत उडानलाई पुनः संचालन गर्नेका लागि आयोजित उक्त छलफलमा मन्त्री अधिकारीले काठमाण्डौ सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसुर बाकि नराख्ने बताउनु भयो । तत्काल उडान सुचारु गर्ने र उडान सम्बन्धि समस्यालाई छलफलका माध्यम बाट समाधान गरिने मन्त्री अधिकारीले बताउनु भयो ।

एरलाइन्सले सेवा सहितको ब्यापार गर्नु पर्दछ । आर्थिक उपलब्धि हुदै गर्दा नागरिकलाई सेवाको महसुस हुनु पर्दछ । मन्त्रालयको साथ सधै रहने छ । मन्त्री अधिकारीले भन्नु भयो, “यो उडान सगै कर्णालीको पर्यटनमा साच्चिकै बदलाव आउने छ जसले पर्यटनमा वृद्धि सगै हवाई यातायातलाई सहयोग पुग्ने हुदा पारस्परिक लाभ हुने बताउनु भयो” ।

सोहि छलफलमा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्द सिंह बुढाले भ्रमण बर्ष २०७५ मनाउन लागेको कर्णाली प्रदेसमा हवाई उडान भए काठमाण्डौ कर्णाली सगै कर्णाली बासीको मुहारमा खुशी जोडिने बताउनु भयो । सुर्खेत प्रदेस राजधानी भएकोले हरेक गतिबिधि बढे सगै अबका दिनमा हिजोका जस्तो यात्रु नपाएर सेवा अवरुद्ध नहुने बताउनु भयो ।

केहि समय उडानमा घाटा भए उक्त समयलाई बिशेस सहयोग गर्न केन्द्र सरकार सगै प्रदेस सरकार तयार रहेकोले हवाई सेवा प्रदायक सग उडान संचालन गर्न मन्त्री बुढाले अनुरोध गर्नु भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्ण प्रसाद देवकोटाले उडान सेवा सहज बनाउन सम्बन्धित नीति ऐन कानुन मापदण्ड तथा कार्यबिधि आवशयकताका आधारमा परिवर्तन तथा परिमार्जन गरि आउदा दिनमा मन्त्रालयले सहयोग पुर्याउने बताउनु भयो ।

आज मन्त्रालयमा भएको छलफलमा सहभागी नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल एरलाइन्स, बुद्धएर, ताराएर, सिताएर सिम्रिक एरलाइन्स सहित बिभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा बुद्ध एर र नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशकले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो भने नेपाल एरलाइन्सका प्रमुख सुगतरत्न कंसकारले अबको २१ गते सम्ममा उडान गर्ने बताउनु भएको छ ।

आउदो बैसाख १ गते बाट हुने रारा कर्णाली महोत्सवलाई यो उडानले थप सहयोग पुर्याउने छ ।

सचिवालय – ९८५६०३९५३३ , ९७४११५१४८१