Welcome Message…

कुनै पनि राष्ट्रको शक्ति भनेको युबाहरु हुन | देशको भविष्य युवाहरुका हातमा निर्भर छ | हरेक राजनितीक परिवर्तनमा युवाहरुको प्रत्यक्ष संलग्नता रहेको कुरामा कुनै दुई मत छैन | तिनै जुझारू,लगनशील,राष्ट्रप्रति समर्पितहरुको निम्ति मेरा बिचार प्रदान गर्न बनाईएको यो वेबसाइट रबिन्द्र अधिकारी डट.कम.मा हार्दिक स्वागत छ |

युबाहरुको संलग्नता बिना कुनै पनि राष्ट्रले ठोस नतीजा हासील गर्न सक्दैन |ब्यापक आर्थिक बृद्दी गरेर संबृद राष्ट्र बनाउनु सामाजिक न्याय सहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको खाँचो छ | हरेक जातजाती, समुदाय ,बर्ग बिशेषले ब्यवहारीक रूपमा स्वतन्त्रताको अनुभूति नगरे सम्म मुलुकको परिबर्तन भएको मानिने छैन | २१ औं शताब्दीको बिज्ञान र प्रबिधिको प्रयोगले मात्र मुलुकको बिकास र परिबर्तनलाई द्रुत बनाउन सकिन्छ |

यसका लागि युबाहरुको राजनीतिमा प्रत्यक्ष  भूमिका हुनु पनि अत्यावश्यक छ | समाजका कमजोरीहरु पनि थुप्रै छन् जसकारण हरेक जातजाती, समुदाय ,बर्ग बिशेषले ब्यवहारीक रूपमा स्वतन्त्रताको अनुभूति गर्न पाएकै छैनन अर्थात उनिहरु बन्चीत छन | जसकारण देशले जती मात्रामा फड्को मार्नु पर्ने हो सकेको छैन |

बेरोजगारी र अशिक्षाको समस्या निकै जटील छ | यो समस्याको जड नै देशमा भएका राजनितीक अस्थिरताको नतीजा हो |  देशको धरासायी अर्थ-ब्यबस्था पनि यसकै प्रत्यक्ष असर हो | हाल अपराधमा कुनै युवा संलग्न हुनु अत्यन्तै सामान्य बनेको छ उद्यमशिलताको बिकास नहुनु ,रोजगारी, सीप-मुलक तालिममा राज्यले  स्पस्ट बाटो नहिडदा  हामीले सफलता हासिल गर्न सकेनौं | त्यसैले अब यस्ता याबत बिषयको समाधानका लागि एउटा नया सोच र सृजना र उच्च इच्छा शक्तिको साथ संकल्प गरौं |

आउनुहोस, हातमा हात मिलाएर अर्थ-सामाजीक तथा राजनितीक प्रतिबद्धता लाइ साकार पार्न एकजुट हौं | हामी  राष्ट्रका सम्पूर्ण चुनौतिहरु समाधान गर्न अवस्य सफल हुनेछौं

रबिन्द्र अधिकारी

धन्यबाद

हामीलाई  ट्वीटर र  फेसबुकमा पनी फलो गर्न सक्नुहुनेछ |