मेरो भन्नु........

राष्ट्रको शक्ति भनेको युवा हुन् । उनीहरूकै हातमा देशको भविष्य निर्भर छ । र उनीहरूकै प्रत्यक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक परिवर्तनहरू भएका छन् । तिनै जुझारूलगनशीलराष्ट्रप्रति समर्पितहरूसँग संवाद गर्नका निम्ति बनाइएको यो वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत छ 

व्यापक आर्थिक वृद्धि गरेर संमृद्ध राष्ट्र बनाउनुसामाजिक न्यायसहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो । हरेक जातजातिसमुदायवर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति नगरेसम्म मुलुकको परिवर्तन भएको मानिने छैन । २१ औं शताब्दीको विज्ञान र प्रविधिको प्रयोगले मात्र मुलुकको विकास र परिवर्तनलाई द्रुत बनाउन सकिन्छ ।

 यसका लागि युवाहरूको राजनीतिमा प्रत्यक्ष भूमिका हुनु पनि अत्यावश्यक छ । हाम्रो समाजका कमजोरीहरू पनि थुप्रै छन् जसकारण हरेक जातजातिसमुदायवर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति गर्न पाएकै छैनन् अर्थात् उनीहरू बन्चित छन्  जसका कारण देशले जति फड्को मार्नु पर्ने हो त्यति फड्को मार्न सकिरहेको छैन ।

नेपालमा बेरोजगारी र अशिक्षाको समस्या निकै जटिल छ । यो समस्याको जड नै देशमा भएको राजनीतिक अस्थिरता हो । यही अस्थिरताको असर हाम्रो अर्थव्यवस्थामा परेको छ  जसले गर्दा हाम्रो अर्थतन्त्र टाक्सिएको छ  उद्यमशीलताको विकास हुनसकेको छैन । रोजगारीसीपमूलक  तालिम लयागतका विषयमा राज्यले स्पस्ट बाटो लिँन नसक्दा हामीले सफलता हासिल गर्न सकेका छैनौं । त्यसैले यस्ता यावत् समस्याको समाधानका लागि एउटा नयाँ सोच, सृजना र उच्च इच्छा शक्तिका साथ संकल्प गरौं 

आउनुहोस्हातमा हात मिलाएर अर्थ–सामाजिक तथा राजनीतिक प्रतिबद्धतालाई साकार पार्न एकजुट हौं । हामी राष्ट्रका सम्पूर्ण चुनौतीहरू समाधान गर्न अवश्य सफल हुनेछौं ।

 

रबिन्द्र अधिकारी

धन्यवाद

 हामीलाई ट्वीटरफेसबुकमा पनी फलो गर्न सक्नुहुनेछ |

Latest From Us

US Bangla Airlines को S2-AGU, DHC-Q400 दुर्घटना जाँच आयोगको प्रतिवेदन !

२०७४ फाल्गुण२८ गतेका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त US Bangla Airlinesको S2-AGU, DHC-Q400का सम्बन्धमा जाँच कार्य सम्पन्न गरि आज अन्तिम प्रतिवेदन पेश भएको छ।प्रतिवेदन तयारमा सहयोग गर्ने सबैमा धन्यबाद । दुर्घटना जाँच आयोगको प्रतिवेदन को लागि यहाँ थिच्नुहोस् ।   

View

पत्रकार सम्मेलन – वाइडबडी जहाज खरिद सम्बन्धमा

प्रिय पत्रकार मित्रहरु, मैले नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी मिति २०७४ चैत्र ३ गते देखि सम्हाले लगत्तै वर्तमान सरकार गठन पश्चात नागरिकको अपेक्षा अनुरुप यस मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुको प्राथमिकताको आधारमा कार्ययोजना समेत बनाइएको थियौं।उक्त कार्ययोजना तयार गर्दा विशेष गरी नागरिक उड्डयन क्षेत्र तर्फ निम्नानुसार प्रमुख प्राथमिकताहरु निर्धारण गरेको थिएँ । उक्त […]

View

‘विकास निर्माणको बाटो उल्टो भयो’

अब हामीले पाँच कामलाई प्राथमिकतामा राख्नुपर्छ। ती हुन्, योजनाबद्ध विकासको खाका तयार पार्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, जनतामा चेतना जगाउने, वातावरणमैत्री पूर्वाधार डिजाइन तयार पार्ने र स्थानीय सरकारको बलियो सहभागिता बनाउने। रविन्द्र अधिकारी मन्त्री, पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालय तपाईँको विचारमा सहर के हो ? हामीले परम्परागतरूपमा भन्दै र मान्दै आएको पक्षलाई हेर्दा गाउँभन्दा […]

View

वाइडबडीको विवादले नयाँ जहाज खरिद रोकिदैन

विगतमा संसदको विकास समितिको सभापति बनेर मुलुकका सबै विकासलाई नजिकबाट नियालेका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । राष्ट्रिय गौरवका पाँचवटा आयोजना सञ्चालनको जिम्मासमेत पर्यटन मन्त्रालयमै रहेको छ । विगतमा पटक–पटक सुधार र निर्माणमा गति दिन निर्देशन दिएका अधिकारी आफै निर्देशन लिने ठाउँमा पुगेका छन् । सबैभन्दा विवाद भइरहने नेपाल वायुसेवा निगमको […]

View

‘निगमले जहाज चलाउँदा टाउको दुख्नेहरू अफवाह फैलाइरहेका छन्’

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य साथ सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणको तयारीले गति लिइरहेको छ । विश्व सम्पदा सूचीमा परेका स्थानसहित सांस्कृतिक धरोहरको पुनःनिर्माण र त्यसलाई पर्यटकीय हिसाबले योग्य बनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय जुटेको छ । मन्त्रालयले निर्माणको प्रक्रिया अघि […]

View