बहुमत होइन, एमाले पहिलो पार्टी बन्छः रवीन्द्र अधिकारी

नेकपा एमालेका युवानेता रवीन्द्र अधिकारी पार्टी भित्रमात्र होइन, बाहिर पनि उत्तिकै चर्चित छन् । प्रखर वक्तित्व क्षमता र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण अधिकारी युवा पुस्तामाझ लोकप्रिय छन् । विगत संविधानसभामा देखाएको कार्यकुशलताका काराण अधिकारीलाई आशालाग्दो नेताको रूपमा चित्रण गर्ने गरेको पाइन्छ । मंसीर चारका लागि घोषणा गरिएको संविधानसभा निर्वाचनको सन्दर्भमा  सुशील पन्तले एमाले युवा नेता अधिकारीसँग गरेको कुराकानीको सम्पादित अशः
मंसीर चारमा चुनाव हुन्छ ?
– मंसीर चारगते चुनाव हुनुपर्छ भन्ने आम जनधारणा छ, तर मंसीर चारको चुनाव चैत वैशाखमा सारेर राजनीतिक समस्याको निकाश खोजौ भन्ने साथीहरु पनि हुनुहुन्छ । निर्वाचन कहिलेसम्म सार्ने भन्ने प्रमुख प्रश्न हो, निर्वाचन सारिसकेपछि फेरि हुन्छ कि हुदैन भन्ने ज्ञारेण्टी छैन् । निर्वाचनको विपक्षमा रहेका राजनीतिक दलको मागलाई संवोधन गरेर भएपनि मंसीर चारमै निर्वाचन हुनु पर्दछ । तर, आजको मितिमा निर्वाचको वातावरण बनिसकेको छैन ।
व्यक्तिगत रूपमा तपाईँ निर्वाचन हुनेमा कति आशावादी हुनुहुन्छ ?
– राष्ट्रिय अन्तराष्ट्रिय कारणले हामी चुनाव नगरि नहुने अवस्थामा पुगेका छौ, मंसीरमा चुनाव भएन भने नेपाल असफल राष्ट्र बन्ने खतरा छ भनेर टिप्पणी भइरहेका छन् । यदी नेपाल असफल भयो भने छिमेकी पनि असफल हुनेछन् अन्तराष्टिय रंगमन्चमा । त्यसैले पनि चुनाव हुन्छ । बाह्य दवाव भएपनि भित्री वातावरण अझै बनिसकेको छैन । तर मैले यस्तो देख्दैछु निर्वाचनको वातावरण बन्ददै जाने र अहिलेको अन्यौल आफसे आफ हराएर जाने अबस्था आउन सक्छ । मंसीर चारमा चुनाव हुने संभावना बढेर गएको छ, चुनाव गर्नुको आर्को विकल्प पनि छैन ।
मंसीरको चुनाव आउन चानचुन सयदिन बाकीँ छ, चुनावकालागि मुख्य चुनौती के छन् ?
– अरु खासै धेरै चुनौती छैनन्, केवल केही दलको विरोध बाहेक । उनीहरुलाई सहमतिमा ल्याउन समय छदै यस्ता वार्ता भएनन्, अहिले भइरहेका वार्ता समय काट्ने खेलजस्ता भएका छन् । वार्तामा बोलाएनन भनेर चिठी काट्ने, व्यहोरा मिलेन भनेर फेरी चिठी पठाउने, खाली चिठी आदन-प्रदानमा समय खर्च भइरहेको छ । यदी असन्तुष्ट दलहरू साच्चिकै चुनावमा आउने भए उनीहरूका माग पूरा गर्न हदैसम्मको लचक बन्नु पर्छ, तर उनीहरू चुनावमा आउदै नआउने हो भने मुलुक अनिर्णयको बन्दी बन्नु हुदैन । चुनावका लागि चानचुन सय दिन बाकी छन, ९० दिनपछि अरु प्राविधिक समस्या थपिन सक्छन् । राजनीतिक दलमा दृढता भयो भने मंसीरमा चुनाव गर्न कुनै कठिनाइ आउने छैन । बरु यस्तो अवस्था नआउला भन्न सकिन्न, निर्वाचन आयोगले मतदानका लागि बाकस थाप्ने तर सबै जनताहरु मतदानका लागि जान नसक्ने अवस्था आउन सक्छ । राजनीतिक दलले त्यसतर्फ ध्यान दिनु जरुरी छ ।
एकीकृत माओवादीले आक्रामक ढंगले चुनावी अभियान सुरु गरेको छ, अन्यदल किन सुस्ताएका ?
– होइन हामी निरन्तर तयारीमा जुटेका छौ । माओवादीले भन्दा पहिले नै हामीले यस्तो अभियान संचालन गरिसकेका छौ, सबै निर्वाचन क्षेत्रका रिर्पोट तयार भइसकेका छन् । संभावित उम्मेदवारबारे पनि प्रतिवेदन केन्द्रमा आइसकेको छ । चुनावकालागि पार्टीका अवयवहरू फिट पारेका छौ । यद्यपी नेकपा एमालेप्रति जनताको जुन अपेक्षा छ त्यस अनुसारको चुनावी अभियान संचालन गर्न नसकिएको साँचो हो । केही दिनपछि माहौल बन्नेछ । एमाओवादी अहिले मात्र गइरहेको छ, प्रचण्ड कामरेडले भनजस्तै माओवादीले आफू हार्ने अबस्थामा पनि चुनावमा जाने हिम्मत गर्नुपर्छ । त्यसो भएको खण्डमा मात्र मुलुक र गणतन्त्र सुरक्षित हुनेछ, जनआन्दोलनका उपलव्धी सुरक्षित हुनेछ र नेतृत्व पनि सुरक्षित हुनेछ । त्यो सोचाइ लिएर अगाडी बढन जरुरी छ ।
मंसीरमा चुनाव भयो भने एमालेको पोजिसन के हुन्छ ?
– अहिलेसम्मको अवस्थामा नेकपा एमाले पहिलो पार्टी हुन्छ, कतिपयले बहुमत आउछ भन्छन्, तर बहुमत आउदैन । निर्वाचन प्रणाली नै यस्तो छ, जसका कारण कुनै पार्टीले पनि बहुमत प्राप्त गर्न सक्दैन, अझ दुइ तिहाइ ल्याउने भन्ने त हावा कुरा हो । नेकपा एमाले जनतामा आधारित पार्टी हो, हिजो वामपन्थी जनमत एमाओवादी तर्फ ढल्केको थियो, आज त्यो जनमत फेरी एमाले तर्फ फर्किएको छ । किनभने अघिल्लो पटक एमाओवादीको ‘अरूलाई हेर्यौ पटक पटक, माओवादीलाई हेर्रौ यसपटक’ भन्ने नाराले काम गरेको थियो, त्यो भएरपनि माओवादीले बामपन्थी जनमत पाएको थियो । एमालेलाई विगतमा भोट हालेका कतिपयले एकपटक माओवादीलाई परिक्षण गरौ भनेर भोट दिएका थिए, तर माओवादीको एकै पटकमा सबै कुरा देखियो । माओवादीप्रति कसैको भ्रम बाकी रहेन । मेचीदेखी महाकालीसम्मको घुमाइपछि मेरो बुझाइमा नेपाललाई समृद्ध बनाउनु पर्छ भन्ने आधारभूत बर्ग र मध्यमबर्गीय जनमत नेकपा एमालेको पक्षमा फर्कीएको छ ।
तर नेपालमा चुनाव जित्न कुनै ‘र्याडिकल’ एजेण्डा पनि चाहिन्छ भन्छन् नि ?
-पहिलेका जस्ता हावादारी र्याडिकल एजेण्डाले अब काम गर्दैन, यथार्थ परक नाराले मात्र जनताको मन जित्न सकिन्छ । मुलुक बन्नको निम्ति आर्थिक विकासको स्पष्ट खाका सहित जुन दल आउँछ, त्यसले जित्ने हो । हिजो नेकपा एमाले ०५१ सालमा आफ्नो गाँउ आफै बनाउ देखी लिएर ग्रामीणमुखी अर्थतन्त्र बनाउने र सामाजिक सुरक्षाको कामले देशलाई एक बनाउने काम गरेको हो । नेकपा एमालेको कारणले देशका ३ हजार ९ सय गाविस मध्ये झण्डै २८ सय गाविसमा काठमाडौबाट सिधै गाडीमा पुग्न सकिन्छ । नेपालका दुर दराजका गाउलाई काठमाडौसँग जोडने काम आफ्नो आउ आफै बनाउ कार्यक्रमले गरेको हो । पहिला पूर्वपश्चिम राजमार्ग मात्र थियो, ०५१ सालपछि विकासले फड्को मार्यो, गाउँ गाउँमा सडक पुगे, त्यो एमालेका कारण हो ।
पछिल्लो पटकपनि हाम्रो पार्टीले अवसर पाउदा ठूला पूर्वाधार विकासका काम सुरु गरेको छ, माथिल्लो तामाकोशी देखी, मध्यपहाडी राजमार्ग सम्म एमालेका एजेण्डा हुन् । काठमाडौमा अर्को चक्रपथ बनाउने, काठमाडौ तराइ फाष्ट ट्र्याक्क देखी अन्तराष्ट्रिय विमानस्थल निर्माण जस्ता मेघा प्रोजेक्टले देशलाई आर्थिक समृद्धिमा लैजाने छ, ती एमालेका एजेण्डा हुन् । नेकपा एमाले मुलुकलाई विकसित बनाउने, देश र जनतालाई समृद्ध बनाउने आर्थिक एजेण्डाका साथ चुनावमा जान्छ, यही नै र्याडिकल एजेण्डा हो । देश विकास गर्ने र देशलाइ समृद्धिको बाटोमा लैजाने भन्दा अर्को सपना हामीसँग छैन, यदी देश विकासको जिम्मा एमालेले पायो भने नेपालमा ठूलो उभार आउने छ । देशको मुहार फेर्ने एजेण्डा एमालेसँग मात्र छ, नारा बेचेर जनता झुक्याउने दिन गए ।
तरपनि राजनीति प्रचण्ड र माओवादीको वरिपरि घुमिरेहेको छ !
– माओवादी नेताहरुले हिजो क्रान्तिकालमा के कस्ता सपना देखाउनु भयो, ती सपना कति पूरा भए ?  एकपटक विगतका व्यवहारवाट समिक्षा गर्नुपर्छ, माओवादीले भनेका कुरा एउटै पनि कार्यान्वयन भएको भए सादय जनताले पत्याउथे होला । तर, सबै आश्वासन हावादारी कुरा रहेछन् । संविधानसभाबाट संविधान बनाउने अभिष्ट बोकेको पार्टी संविधानसभाको अवसानको साधक बनेर रमाउँछ भने मान्छेले अब उसलाई कसरी विश्वास गर्न सक्छन ? यदी मुलुक बनाउने एजेण्डा भएको भए, पछिल्लो राजनीतिक परिवर्तन पछाडि माओवादीले मुलुकको विकासमा के योगदान गर्न सक्र्यो त ? हरेक ठूला आयोजना निर्माणमा कमिसनकै लागि दौडने बाहेक माओवादीले के गर्यौ ? उपभोक्ता समितिले गर्ने साना कामका पछाडिपनि कमिसन पाइन्छ भनेर दौडिने जमात उहाँहरुले तयार गर्नुभएको छ मुलुकको विकास गर्न सकिदैछ ।
 
प्रचण्डको जादुसामु अन्यनेता निरिह जस्तै देखिएका टिकाटिप्पणी सुनिन्छन नि !
जादु जादु हो, तर एकैछिनमा सबैकुरा सकिन्छ । जादु क्षणिक हुन्छ, आखिर जादुको जिन्दगी हेर्नुस न, त्यस्तो जादुमय थियो भनेत जिन्दगीलाइ आर्कै बनाउथ्र्यो होला नि किन सकेन । प्रचण्ड कमरेड जादुगर जस्तै खेलमा सिपालु हुनुहुन्छ, त्यही जादुका कारण हजारौलाइ मर्नको लागि तयार गर्नुभयो, तर उपलव्धी आएन । प्रचण्डको जादु चटकेको क्षणिक चटक जस्तो हो, त्यो पनि फ्ल्प भइसक्र्यो ।
माओवादीले १२ बर्षमा भौतिक संरचनाको ध्वस गरेर देशलाइ पछाडि धकेल्र्यो । माओवादी जनयुद्धको चक्रव्युहले देशको १८ बर्ष खेर गयो, ०५१ सालमा सुरु भएको विकासको जनलहर अघि बढेको भए मुलुक कहाँ पुगिसक्थ्र्यो । माओवादी जनयुद्धले जुन परिवर्तन गर्यो, यती उपलव्धीका लागि त्यतिधेरै बलिदानी जरुरी थिएन । त्यही चक्रव्युहवाट सुरू भएको संक्रमणले मुलुक १८ बर्ष पछि परिसक्र्यो, विकासका लागि यो समय धेरै ठूलो समय हो ।
एकीकृत माओवादीले सोचेको राजनीतिक दृष्टिकोण पूरातनवादी भइसक्र्यो, त्यसले देशलाइ समृद्ध बनाउदैन । उत्पादन र आर्थिक विकासवाटपनि देश र राजनीतिलाइ चेन्जगर्न सकिन्छ । राजनीतिले मात्र सबै चेन्जगने होइन, आर्थिक विकास र समृद्धि स्थिरताको लागि मुख्य साधक हो ।पूरानो ढर्राले सोचिएको राजनीतिले नयाँ सन्दर्भमा देशको विकास हुन सक्दैन, नयाँ सोचका साथ मुलुक निर्माणमा लाग्नु पर्छ, त्यसका लागि नेतृत्व लिन एमाले सक्षम र तयार छ ।