स्थानीय तहको निर्वाचन र एमाले

२० बर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचन जननिर्वा्चित संविधानसभाद्वारा संविधान जारी भएपछि त्यसमा भएको व्यवस्था अनुसार हुँदैछ । संविधानले केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको परिकल्पना गरेको छ । यो व्यस्थासँगै केन्द्रका अधिकारहरु अव स्थानीय जनप्रतिनिधिमार्फत प्रयोग गर्न सकिन्छ । अव स्थानीय जनताले आफ्नो अधिकार आफ्ना प्रतिनिधिमार्फत तलैसम्म प्रयोग गर्छन् । त्यसैले यो निर्वाचन स्थानीय सरकार बनाउने निर्वाचन हो, यो सामान्य निर्वाचनमात्र होइन ।

स्थानीय शासनको अवधारणा नेकपा एमालेको अवधारणा हो । एमालेले स्थानीय जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ भनेर ल्याएको अवधारणा हो । आफ्नो गाउँ आफैं बनाउँ, नौ ‘स’, सामाजिक सुरक्षा भत्ता जस्ता अभियान एमालेको ल्याएको हो । स्थानीय निकायमार्फत नै स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गर्ने व्यवस्था एमालेको पहलमा भएको हो । एमालेका ती कार्यक्रमले देशभर र सबै नागरिकमा राम्रो प्रभाव पार्यो । एमाले ल्याएको आफ्नो आफै बनाउँको उच्चतम रुप हो–आजको स्थानीय सरकारको अवधारणा । यसरी स्थानीय तहका नागरिकलाई आफ्नो विकास आफैं गर्न दिने अवधारणा नै एमालेको भएको हुनाले यो अवधारणाको सफलतापूर्वक कार्यान्वयन गर्न एमालेलाई बिजयी बनाउनुपर्छ । यो अवधारणा भारत वा चीनको जस्तो होइन, यो एमालेको मौलिक अवधारणा हो ।हिजो जहाँ जहाँ एमालेले जित्यो, त्यहाँ त्यहाँ राम्रो काम गर्यो । दोस्रो–यो स्थानीय तहको निर्वाचन हो । तर लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, राष्ट्रिय एकताको प्रश्नसमेत यो निर्वाचनमा जोडिएर आएको छ । यो निर्वाचन नागरिकद्वारा स्थानीय सरकार बनाउनेदेखि राष्ट्रिय एजेण्डाप्रति आफ्नो अभिमत प्रकट गर्ने निर्वाचन पनि हो । लोकतान्त्रिक÷प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउन, राष्ट्रिय सुरक्षा सुदृढ गर्न, सिंहदरबारको शासनमा देखिएका बिकृतिबिरुद्ध आफ्नो मत जाहेर गर्ने निर्वाचन पनि हो । अहिले माओवादी केन्द्र र कांग्रेस सरकारले सिंहदरवार सत्ताको जसरी दुरुप्रयोग गर्दै खराव शासन चलाईरहेका छन्, त्यसबिरुद्ध समेत हो । अव देशलाई विकास गर्ने हो भने स्थानीयदेखि केन्द्रसम्म सबैतिर एमालेको सरकार आवश्यक छ भन्नका निम्ति पनि यो निर्वाचन हो ।

लोकतन्त्रलाई सुदृढ गर्न, राष्ट्रियता÷राष्ट्रिय एकतालाई थप बलियोबनाउन एमालेलाई निर्वाचनमा बिजयी गराउनु आवश्यक छ । तेस्रो–मुुलुकमा असल शासन संचालन गर्ने सक्षम एमाले मात्र हो । राज्य संचालनसँग जोडिएका तमाम बिषयमा बिगतका एमाले सरकारले गरेका कार्यसम्पादनले एमालेको योग्यता प्रष्ट पारेका छन् । अहिले संविधान संशोधन, प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग, अनियमितता र भ्रष्टाचार आदि जस्ता देशलाई तहसनहस पार्ने खालका गतिबिधि जसरी माओवादी कांग्रेस गठबन्धन सरकारले गरिरहेको छ, त्यस्ता शक्तिलाई जनताले परास्त गरी असल शासनका लागि एमालेको सरकार स्थापना गर्नु आवश्यक छ । त्यसकारण म सबै नागरिकमा एमालेमा, एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु । मलाई थाहा छ उहाँहरु सबै एमालेलाई कहिले मत हाल्न पाइन्छ भनेर पर्खेर बसिरहनुभएको छ ।

चौथो–एमाले नेपालाई कसरी समृद्ध मुलुक बनाउने भन्ने नीति कार्यक्रमसहित आफ्नो घोषणापत्रमा सार्बजनिक गरेको छ । हामीले हामीसँग भएका स्रोतहरुको अधिकतम परिचालन कसरी गर्ने, कसरी नेपाली जनतालाई छिटो छरितो र प्रभाबकारी सेवा दिने भन्ने बारेमा स्पष्ट खाका सार्बजनिक गरेका छौं । एमाले केन्द्रीय विकासलाई स्थानीय विकाससँग जोड्न चाहन्छ, त्यसको प्रष्ट खाका एमालेसँग छ । कांग्रेस र माओवादी केन्द्रजस्तो निर्वाचनका लागि निर्वाचन एमालेलाई चाहिएको होइन, देश विकास गर्न एमालेलाई निर्वाचन चाहिएको हो । त्यसैले नेपाललाई बिकसित र समृद्ध मुलुक बनाउन चाहने सबैले एमालेलाई मतदान गर्नुहुन्छ । जस्तो कि एमालेको प्रष्ट सोच र कार्यक्रम छ– महानगरहरुलाई मेगा सिटी बनाउने, उपमहानगर÷नगरहरुलाई स्मार्ट सिटी बनाउने, गाउँहरुलाई सहरसँग जोड्ने, सबैमा कनेक्टिभिटी पुर्याउने । त्यतिमात्र होइन, गाउँ÷शहर सबैको समाबेशी, समानुपातिक र समतामूलक बिकास गर्ने सोच र कार्यक्रम एमालेसँग छ । त्यसैले स्थानीय सरकारलाई पारदर्शी बनाउन एमालेको पक्षमा मत प्रकट हुन्छ÷हुनुपर्छ । त्यसैगरि, शिक्षामा सबैको पहुँच पुर्याउन, स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन, उद्यमशीलताको विकास गर्न, मुलुकलाई आत्मानिर्भर बनाउन एमालेको सूर्यमा मतदान गर्नुपर्छ । नेपाली जनताले यो बुझिसक्नुभएको छ । सौजन्य : रातो सूर्य डट कम