अन्य पार्टीतर्फ मनै जाँदैन ! कस्तो राम्रो भावना (भिडियो)

नेकपा एमालेले पछिल्ला दिन नयाँ ढंगले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । इतिहासमा पार्टीले गरेका महत्वपूर्ण कामदेखि जनताका आधारभूत आवश्यकतालाई समेत जाड्दै सो पार्टीले चुनावी प्रचार–प्रसारलाई तिव्रता दिएको हो ।

सोही क्रममा स्थानीय चुनावलाई लक्षित गर्दै एमालेले एउटा लोकप्रिय भिडियोमार्फत आफुलाई ३ करोड नेपालीमाझ प्रस्तुत गरेको छ । जुन भिडियोले चुनावी नारालाई मात्र प्राथमिकता दिएको देखिन्न्, पार्टीको भावी रणनीतिलाई समेत टेवा दिने उद्धेश्य राखेको देखिन्छ ।

तत्कालीन एमाले सरकारले तय गरेको युवालाई शैक्षिक कर्जा उपलब्ध गराउनेदेखि बृद्धबृद्धालाई दिने भत्ता र मुलुकमा संकट आईलाग्दा एमालेले लिएको ऐतिहासिक अडानलाई समेत सो भिडियोले प्रतिबिम्बन गरेको छ । हेरौं, उक्त लोकप्रिय भिडियोको दृष्यः

सौजन्य : छलफल समाचार