स्थानीय चुनाब पछिल्लो अपडेट (लाइभ भिडियो)

काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले)बाट नगर प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा रहनुभएको छ । बिहान ९ बजेसम्मको परिणामअनुसार वडा नं १ को ७११ मत गणना भएकोमा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले २०३ मत प्राप्त गर्नुभएको छ ।
हेर्नुहोस देश भरिको अपडेट :

त्यस्तै, साझा पार्टीका तर्फबाट किशोर थापाले १३३ प्राप्त गरी दोश्रो स्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका राजुराज जोशीले १२८ मत प्राप्त गर्नुभएको छ । विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले १०२ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले ११ मत प्राप्त गर्नुभएको छ ।