अखिल द्वारा चालिस विद्यालय निर्माण सम्पन्न

ध्रुब पोखरेल/धादिंग 

पाइपलाईनमा १०० बिद्यालय 

हालीलाग्दो गरि बैशाख १२ गते गएको विनासकारी भूकम्पले ठुलो धनजनको क्षति पुर्याए सगै शैक्षिक क्षेत्रलाइ पनि अस्त व्यस्त पारेको छ । बिनासकारी भूकम्पका कारण देशका अधिकांश विद्यालयहरू क्षतिग्रस्त बनेका छन् ।

तिनै क्षतिग्रस्त विद्यालयहरू पुर्ननिर्माण गर्न बिद्यार्थीहरुको टिम आफै आफैँ कस्सिएको छ । जसलाई गतिलो नेतृत्व दिएको छ अनेरास्ववियुले | अखिलले केन्द्रीय तह बाट परिचालित १३ वटा विद्यार्थीहरुको टिम बनाई थालनी गरेको विद्यालय निर्माणको अभियान आज सम्म करिब २४२ कोठा भएका ४० वटा विद्यालयको अस्थाई पुनर्निर्माणको काम सम्पन्न भएको र बाँकी विद्यालय छिटै सम्पन्न गरिने एमाले नेता तथा अखिलका बिद्यार्थी इन्चार्ज रबिन्द्र अधिकारीले न्युज एनआरएनलाई बताए ।

अस्थाई बिद्यालय (टहरा) निरिक्षणको क्रममा इन्चार्ज अधिकारीले भने “अखिलले देशै भर प्रभावित क्षेत्रमा केहि दिन भित्र १०० वटा विद्यालय सम्पन्न गर्छ ।“ महाबिपतीको यो क्षणमा दलगत र संगठन भन्दा माथी उठेर हामी काम गरिरहेका छौ, सबैले गरौ, उनले भने ।

अखिलले निर्माण गरेका बिद्यालय हरुको निरीक्षणका क्रममा आज धादिङको नीलकण्ठ नगरपालिका-८ अमराय स्थित गायत्री निमाबी पुगेका अधिकारीले विद्यालय जान वाट बन्चित हजारौ भविष्यका आधार हरुको यात्रालाई अखिलले साथ दिनुपर्ने बताउदै बिद्यालय निर्माणमा खटिएको टिमलाई हौसला दिदै धन्यवाद बयक्त गरे ।

एमाले अखिलकी सचिव राधिका खतिवडाको सयोजनमा करिब ५० जना स्वयंसेवकको उपस्थितिमा धादिङ मा ८ वटा स्कुल निर्माण भइसकेको र थप क्षतिग्रस्त भवन लाई अस्थाई टहराको रुपमा पुनर्निर्माण गरि स्थानिए समुदायलाई हस्तान्तरण गरिने सयोजक खतिवडाले जानकारी दिईन । निर्माण भैसकेका बिद्यालयमा, बाराही प्रा.बि, उडुवा देबी  प्रा.बि, बुनिदेबी माबि , ग्लोबल युनाइटेड, बिबु माबि, सल्यनटार उच्चा मा.बि, बिमोदय मा.बि, गायत्री देबी मा.बि, देउराली मा.बि र पाल्पा सामरी मण्डला उच्च मा.बि, रहेका छन्  ।

त्यस्तै अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष रश्मि आचार्यको नेतृत्वको टिमले गोरखा जिल्लामा बिद्यालय निर्माण गरि फर्किसकेको जानकारी दिए |

निरीक्षणकै क्रममा पुगेका अनेरास्ववियु सचिवालय सदस्य भिम रावल ले छिट्टैनै अखिल दुवारा निर्माण भएका ४० बिद्यालयको नाम सहित संख्या उपलब्ध गराउने पत्रकार माझ बताए ।

 बिद्यालय निर्माणमा सहभागीहरु संग सामुहिक फोटो खिचाउदै अनेरास्ववियुका नेता कार्यकर्ता : 

dhadhing

20150528_105622

20150528_110148समाचार : newsnrn.com