भूकम्प पछिको पुनःनिर्माण

यतिबेला देशलाई ठूलो संकट परेको छ । यो प्राकृतिक प्रकोपको हामी सबै मिलेर सामना गर्नुपर्दछ र यो संकटलाई सबै मिलेर अवसरमा बदल्नु पर्छ । विनाशकारी भूकम्पपछि देशको विकासमा नराम्रो असर परेको छ । अर्थतन्त्र तहसनहस भएको छ । यसले देशलाई विकासमा अवश्य पछाडी धकेल्छ तर यसलाई सामान्यीकरण गरेर सबै मिलेर अगाडी बढेमा देशको सुनौलो भविष्य देखेको छु मैंले ।Rabindra_adhikari1 (1)

अहिले अधिकांशले पुनःनिर्माण–पुनःनिर्माण भनिरहेका छन् । तर ध्वस्त संरचना पुनःनिर्माण मात्रै गरियो भने त हामी जहाँको त्यही हुन्छौं नि । त्यसैले ध्वस्त संरचनाको पुनःनिर्माण सँगसँगै राष्ट्रिय गौरवका आयोजनालाई पनि अगाडी बढाउनुपर्छ । पुनः निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि आफैं उत्पादन गरौं। जस्तो कि सिमेन्ट, छड, विद्युत, बाटोघाटो आदि इत्यादी । त्यसले गर्दा देशलाई दिर्घकालिन विकासको बाटोमा डो¥याउन मद्धत मिल्छ । राष्ट्रिय गौरवको आयोजना र पुनःनिर्माण सँगसँगै अगाडी बढाइयो भने गुणात्मक फड्को मार्न सकिन्छ । त्यसको लागि क्रियाकलाप बढाउनु प¥यो । क्रियाकलाप जति बढ्यो त्यति रोजगारी सिर्जना हुन्छ । जति रोजगार भयो त्यति आत्मनिर्भर बन्छ, अनि विकास त आफैं भइहाल्छ । त्यसका लागि वैदेशिक ऋण र सहायताको पनि आवश्यकता पर्न सक्छ र त्यसको सहि सदुपयोग गर्नुपर्छ ।

स्थानिय जनशक्ति र साधनको प्रयोग गरियो भने परनिर्भरता त घट्छ नै सँगसँगै रोजगारको पनि सिर्जना हुन्छ । अहिले तत्काल नै १०/१२ लाख जनशक्ति आवश्यकता छ त्यस्तै ३/४ हजार इन्जिनियरहरुको आवश्यकता छ । हामीसँग यस्ता जनशक्ति त प्रयाप्त मात्रामा छन् । त्यसको सदुपयोग गरौं । हामीमा काम गर्ने संस्कृति नै छैन् । तपाई हामी प्रत्येक मानिसले कुरा भन्दा पनि काम गरौं । जब प्रत्येक व्यक्ति काममा लाग्छ तब त्यसको फाइदा स्वयं व्यक्तिलाई त हुन्छ नै त्यो भन्दा बढी फाइदा देशलाई हुन्छ । Rabindra_adhikari1

अहिले तत्कालको लागि प्रशासनिक खर्चलाई कटौती गरौं र लगानीको वातावरण सिर्जना गरौं । राज्य बलियो बनेर युवाहरुलाई परिचालन गर्न सक्नुपर्छ । त्यसको लागि हाम्रो समितिले सरकारलाई निर्देशन पनि दिइसकेको छ । हजारौं युवाहरु निकै कम पारिश्रमिकमा देशको लागि सेवा गर्न तयार छन् त्यस्ता युवालाई सरकारले परिचालन गर्न सक्नुपर्छ । त्यसको बृहत कार्य निर्माणको कार्य योजना बनाऔं र त्यसको प्रभावकारी कार्यान्वयन गरौं ।अहिले काम भन्दा पनि प्रचार बढी भइरहेको छ । ५ सय वा हजार घर बनाइदिन्छु भन्दै विभिन्न संघसंस्था हिडिरहेका छन् । मिडियामा छाइरहेका छन् । खोई त भूकम्प गएको एक महिना भइसक्यो ति संघसंस्थाले कहाँ कति घर बनाए ? त्यत्रो घर बनाउने पैसा कहाँबाट आउँछ ? फेरि बनाए पनि नबनाए पनि हामी त्यसलाई प्रतिप्रश्न गर्दैनौं । हामी कसैलाई जवाफदियौं बनाउँदैनौं । यसको लागि नागरिक स्वयं अगाडी बढ्नुपर्छ । फेरि भूकम्पले देशै तहसनहस भयो भन्नेहरुको पनि कमी छैन् यहाँ । भूकम्पले त जम्मा १३/१४ जिल्ला मात्रै प्रभावित बनेका हुन् पुरै देश हैन् । त्यसैले सकारात्मक सोच राखौं र देश निर्माणमा सबै एकजुट भएर अगाडी बढौं ।Rabindra_adhikari2

बोल्दै हिड्नेले केही गरेका छैनन् नबोलेरै काम गर्नेहरु धेरै छन् उनिहरुले सयौं घर बनाएर स्थानियलाई हस्ताणतरण गरिसके । म भर्खरै मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुगेको थिए । त्यहाँ बाटोमा बसेर राहत माग्ने भन्दा अरु कोही देखिएन । राहत भनेको केही समयसम्मको लागि मात्रै हो । अनन्तकालसम्म राहत दिन सकिदैन् । त्यो सम्भव पनि हुँदैन् र त्यसले स्वयं पीडितलाई नै पछाडी धकेल्छ । त्यसैले राहत भन्दा पीडितहरुलाई आत्मनिर्भर बनाउन तिर लागौं, रोजगारी दिऔं, अवसरको सिर्जना गरौं । सधैं राहत मागिरहने हो भने देश हाइटी जस्तो बन्ने खतरा छ ।

यतिबेला स्थानिय निकाय थियो भने विकास निर्माणदेखि राहत वितरणसम्म राज्यलाई सहज हुने थियो । त्यसैले अब ढिला नगरिकन संविधान निर्माणको काम सँगसँगै स्थानिय निकायको निर्वाचनलाई पनि अगाडी बढाउनुपर्छ । देशको मुहार फेर्नलाई आवश्यता पहिल्याउनु प¥यो र दिर्घकालिन योजना बनाएर अगाडी बढेर काम गर्नुपर्छ देशको विकास आफैं हुन्छ ।

यो विचार  पिपलनेटा डटकम मा प्रकाशित छ ।