नागरिकलाई सक्षम बनाउने हो मगन्ते होइनः अधिकारी
अब १८ घण्टा काम गरौं देश बन्छः भण्डारी
७, काठमाडौं ।
बैशाख १२ र २९ गतेका विनासकारी भुकम्प र त्यसपछिका लगातारका पराकम्पनले ठूलो मानविय क्षति भयो । भौतिक क्षति पनि ठूलो भयो । भनिन्छ–विनाश र विकास एउटै सिक्काका दुई पाटा हुन हुन । विकास नभई विनास हुँदैन र विनास पछि विकास गर्न सकिन्छ । भूकम्पले भएको मानविय र भौतिक क्षतिपछि विकास चिन्ता गर्ने बेला आएको छ । कुनै पनि सिनेमामा हिरोको रोल नै शसक्त हुन्छ । अहिले देशलाई शसक्तल र देश निर्माण गर्ने हिरो चाहिएको छ ।
नेपाललाई कस्तो बनाउने ? त्यसको प्रमुख दायित्व सरकार र राजनीतिक दलहरुकै काँधमा छ । नयाँ नेपालका कुरा धेरै भए । अब साँच्चीकै नयाँ नेपाल निर्माण गर्ने बेला आएको छ कुराले होइन कामले । दिर्घकालिन सोच, योजना, सहकार्य र एकताको आवश्यकता पनि उत्तिकै छ । यसै सन्दर्भमा नेपाली हेडसाइन्सले एमालेका युवा नेता रविन्द्र अधिकारी र कांग्रेसका युवा नेता चन्द्र भण्डारीसँग देशलाई पुर्न निर्माण गर्ने योजनाको विषयमा गरिएको कुराकानीः
एमालेका युवा नेता, रविन्द्र अधिकारी
विकासको लागि ठूलो अवसर
हामी देशलाई नवनिर्माण गर्छाै भन्ने संकल्प गर्नुपर्छ । हामी मात्र होइन विज्ञहरुको साथ लिएर संगै अघि बढ्न सके यो एउटा राम्रो अवसर हो । संसारका धेरै जसो देशले विनास पछि नै विकास गरेका छन् । हिरोसिमा र नागासाकीमा बम नखसेको भए, जापानले यस्तो विकास गर्न सक्ने थिएन । त्यस्तै अरु धेरे देशले पनि धेरै ठूलो त्रासदी पछि विकास गरेका हुन् । यो एकदम ठूलो अवसर हो । त्यसलाई गुमाउँछौं कि सदुपयोग गछौं त्यो अहिले नै भन्न सकिने अवस्था छैन । किनकी द्धन्द्धपछि हामीले नयाँ नेपाल निर्माण गछौं भनेर धेरै पटक भन्यौं । अव त सबैले पाठ पनि सिक्नु पर्छ । बोल्ने तर त्यो अनुसार काम नगर्ने परिपाटीले विश्वास गर्न सकिने अवस्था छैन । अहिलेकै सोचाई र पाराले प्रगति गर्न सक्दैनौं । हाम्रो पुस्ताले पनि अहिलेको अवस्था बुभ्mनु पर्ने हो त्यो गरेको छैन । हिरो बन्न खोज्ने र बढी प्रचारवाजी गर्न खोज्ने प्रबृति हामी युवा पुस्तामा छ ।
नागरिकलाई सक्षम बनाउने हो मगन्ते होइन
राज्यको क्षमता विकास गर्ने गरी एकीकृत मोडलको विकास गर्नुपर्छ । नागरिकलाई सक्षम बनाउने हो मगन्ते होइन । जनशक्ति र औद्योगिक विकाससँग जोड्नुपर्छ । पुर्ननिर्माणको सामाग्री पनि बाहिरैबाट र पैसा पनि बाहिरबाट लिएर हुन्न । सबैले आप्mनो क्षमता विकास गर्नुपर्छ । अहिलेसम्मका कामका आधारमा सक्षम नेतृत्व चयन गर्न सबै उद्धार हुनुपर्छ । र त्यहीँ अनुसारको कर्मचारी तन्त्र हुनुपर्छ । आप्mनै नागरिकसँग ऋण पत्र जारी गरेर होस वा अरु कुनै तरिकाले अरवौं रुपैयाँ जम्मा गर्न सकिन्छ । यतिबेला बाहिरियाहरु सबैलाई सम्मान गर्नुपर्छ तर खेलवाड हुनसक्नेसँग सचेत हुनुपर्छ । राष्टिय एकता हुनुपर्छ तर राजनीतिक हिसावले बाँडीचुडी खाने प्रबृतिबाट बच्नुपर्छ । गफ गर्ने होइन काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ । जनशक्तिको निर्माण, विचारको पुनरुत्थान हुनुपर्छ । त्यो देख्ने नेतृत्व पनि हुनुपर्छ । नेतृत्व स्वभावैले युवा पुस्तामा आउनु पर्छ ।
भिजन भएको नेतृत्व चाहिन्छ
अहिलेको नेतृत्वमा भिजन नै भएन । त्यो भएको भए देश अहिलेयो अवस्था हुने थिएन । दिर्घकालिन विकासका लागि दृष्टिकोण भएन र अस्थिरता धेरै भयो । कर्मचारी तन्त्रले पनि त्यसलाई समात्न सकेर र आफै कम्जोर भयो । विज्ञलाई साथ लिनै सकिएन । राजनीतिक नेतृत्वले सबै गर्ने होइन तर विज्ञ र कर्मचारीसँग कतै लिंक कतै भएन र प्रगति हुन सकेन । कर्मचारी माथि विशवास हुन सकेन अनि परिचालन गर्न पनि । कर्मचारी तन्त्रलाई खेलौंना बनाउन खोजियो । आफू जोगिने र आफ्नो हितमा काम गर्ने र सौदावाजी गरेर मिल्ने प्रबृति हावि भयो । भूउपयोग नीतिलाई प्रभावकारी बनाउनुपर्छ । निर्माण व्यवसायीलाई जवाफदेही बनाउनुपर्छ । अहिले बहस भए अनुसारको राष्टिय सरकारको आवश्यकता छैन । मन्त्री थप्न मात्र सरकारको आवश्यकता छैन ।
बैदेशिक सहयोग प्रति सचेत हौं
बैदेशिक सहयोग कुन नियतले आएको छ, हाम्रो देशकै बानी विगार्ने गरी आएको छ भने स्वकार्नु हुन्न । त्यो ख्याल गर्नुपर्छ । सहयोग हाम्रो प्रकृया अनुसार आउनुपर्छ । उनीहरुको आफने योजना अनुसार छर्ने खालको सहयोग हामीलाई चाहिएको छैन् । योजनावद्ध विकासमा योजना अनुसार आएको सहयोग चाहिएको छ । विनासबाट धेरै आत्तिनु पर्देन । विपत्तिबाट जुध्दा जुध्दै क्षमताको विकास हुनेहो ।
चन्द्र भण्डारी, युवा नेता नेपाली कांग्रेस
भूकम्पबाट पाठ सिक्दै देशको पुर्ननिर्माण
नेपाल आफैमा प्रकृतिले दिएको अत्यत्नै सुन्दर उपहार हो । सायद कुनै पनि देशमा कुनै पनि दृष्टिकोणयुक्त नेतृत्व भएको भए आज यो देश संसारको सबैभन्दा राम्रो हुन्थ्यो । अरु देशका मानिसले स्रोत र साधन लगाएर रामो बनाए, हामीले प्रकृतिलेले दिएको आफ्नै उपहार हो ।
विगत हाम्रो राम्रो रहेन । किनकी भूकम्प जान्छ भन्ने हामी सबैलाई थाहा थियो । त्यही अनुसार व्यवस्थापन गर्नुपर्ने थियो, हामीले गरेनौं । र आज यति ठूलो विनाश भोग्नु परेको छ । काठमाडौं वा पहाडको कच्ची घरहरुलाई व्यवस्थापन गर्नु त जान्नु पर्दथ्यो । ठूला हाउजजि हामीले बनायो । त्यसलाई निर्माण गर्दा मापदण्ड के थियो । यसलाई हामीले पालना गर्न सकेनौ ।
शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ
हाम्रो पाठ्यक्रममा विश्वविद्यालय र विज्ञहरु थिए । समय अनुसार पाठयक्रमको निर्माण गर्न सकेनौ । पुराना किताब बढाउने, एनअिजोमा काम गर्ने गरियो । तर नेपाललाई नयाँ दिशातिर लैजाने पाठ्यक्रम दिन सकनौ । दोस्रो मापदण्ड लागू गरिदिएको भए यो विनास देख्नु पर्ने थिएन ।
अहिलेको अपठ्यारो समाधान गर्न सकिन्छ
हाम्रो जमित थिलाथिला परेको छ । तीन दिन पानी आउदा पहाडहरु बग्छन् । यो भन्दा ठूलो डिजास्टर हुन सक्छ । यसको असर हामी र भारतलाई पर्छ । भारत र हामी मिलेर डिजास्टरबाट बच्नको लागि उपाय खोज्नुपर्छ । हामीले एकीकृत वस्तीको विकास गर्नुपर्छ । तीन बन्देल जस्ता पाताले एउटा परिवार सम्हालन्न सकिन्छ । एकै ठाउँमा हामीले जनतालाई राख्न सकिन्छ । ११ लाख मानिसको व्यवस्थापन गर्न सकिन्छ । अहिलेको अपठ्यारहरु समाधान गर्न सकिन्छ ।
चिन्ता गर्नु पर्दैन पाँच बर्षमा नेपाल बन्छ
धेरै चिन्ता गर्नुपदैन । हामीसँग भएको चिजलाई उपयोग गरेमात्र पुग्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा हामीसँगै छ । लुम्बीनी, पशुपति अनि प्राकृतिक सम्पदा पनि हामीसँगै छ । पाँच बर्षलाई मैले मेरो व्यक्तिगत स्वार्थमा लाग्दिन । राष्टको सम्पन्नता जनतातको सम्पनता मेरो सम्पन्ता हो भन्ने भावनाको विकास गर्नुपर्छ । राजनीति नेतृत्वले राष्ट्र र जनताको सम्पन्नतामा आफ्नो सम्पन्नता देख्नुपर्छ ।
उज्यालो पहिलो प्राथमिकता
सोलारबाट हुन्छ वा साना–साना विजुलीबाट हुन्छ जनतालाई उज्यालो दिनुपर्छ । उज्यालोसँग बाटो पुग्छ । बाटो पुगे वस्ती नै फरक हुन्छ । एकीकृत वस्तीको आधारमा खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी दिन सकिन्छ । जसले हाम्रो कृषि र त्यसको बजार फस्टाउँछ । युवाहरुले रोजगारी पाउँछन् । विदेश पलायन रोकिन्छ । चालिस लाख युवा नेपालमै बस्छन ।
अब १८ घण्टा काम गरौं
दुर्भाग्य त भइसक्यो । तर अव १८ घण्टा काम गरौं । सुरक्षा निकाय कति राम्रो रहेछ जसले ज्यान दिएर काम गर्न सक्दो रहेछ हामीले राम्रोसँग देख्यौ । साना बालबालिकाहरु पनि सेवाहरु गर्न तयार रहेछन । विदेशमा रहेका नेपाली परेको बेला यसरी लाग्न सक्दा रहेछन् । विदेशीहरुले सहयोग गर्दा रैछन् । यि हाम्रो बलियो पल्लिर हुन् ।
रोएर देश बन्दैन
विनाश भयो । भूकम्पबाट भएको क्षति र विनाशलाई सम्झेर रोएर त केही पनि गर्न सक्दैनौ । अवसरको रुपमा लिनु पर्यो । अब मेरो देशको लागि लडनुपर्छ । हाम्रो दुर्भाग्य हो हामी हाम्रो देशको लागि लडेका रहेनछौं । सरकारले काम गर्न सकेन । एनजिओवादीहरु सरकारलार्ई पैसा दिन हुँदैन भन्न थाले । हामी आफ्नै गर्न सक्छौ । खान दिन सक्छौ बास दिन सक्छौ । शिक्षा र पानी दिन सक्छौ । जति पनि पैसा छ । तराईले खुवाउन सक्छ ।
बोमलाल गिरी/ प्रयास पराजुली ले गर्नु भएको कुराकानीको आधारमा तयार परिएको अंश ।