बिद्यार्थीका लागि जुट्यो अखिल

ध्रुब पोखरेल /काभ्रे  बैशाख १२ गते गएको विनासकारी भूकम्पले ठुलो धनजनको क्षति पुर्याए सगै शैक्षिक क्षेत्रलाइ पनि तहस नहस पारेको छ । बिनासकारी भूकम्पका कारण देशका अधिकांश विद्यालयहरू क्षतिग्रस्त बनेका छन् ।

तिनै क्षतिग्रस्त विद्यालयहरू पुर्ननिर्माण गर्न अनेरास्ववियु आफैँ कस्सिएको छ । अनेरास्ववियुले निर्माण गरेका तिनै अस्थाई विद्यालय आज एक समारोहका बीच स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।

काभ्रे जिल्लाको कशीखण्ड नगरपालिका मेथिस स्थित भग्नावशेषमा परिणत श्री कृष्ण नि. माबि अस्थाई रुपमा पुनः निर्माण गरी एक समारोहका बीच बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशब प्रसाद चिम्वोरिया र बिद्यालयका प्र.अ. प्रेम प्रसाद चिम्वोरिया लाई व्यबस्थापिका संसदको बिकास समितिका सभापति तथा एमाले नेता रबिन्द्र अधिकारीले हस्तान्तरण गरेका हुन ।kavra1

अस्थाई बिद्यालय (टहरा) हस्तान्तरण गर्दै एमाले नेता रबिन्द्र अधिकारीले अखिलले देशै भर प्रभावित क्षेत्रमा करिब २० वटा बिद्यालय निर्माण भइसकेको र केहि दिनमा १०० वटा विद्यालय सम्पन्न हुने बताए । अधिकारीले महाबिपतीको यो क्षणमा दलगत र संगठन भन्दा माथी उठेर काम गर्न आग्रह गरे ।

अस्थाई बिद्यालय सगै सोहि समारोहमा शैक्षिक सामग्री तथा मनोरन्जनका सामग्री हस्तान्तरण गरिएको थियो । काभ्रेमा भएको विद्यालय हस्तान्तरण कार्यक्रम सगै भूकम्प पिडितका लागि स्वस्थ्य शिबिर समेत संचालन गरिएको उक्त शिविरमा करिब ४०० जना व्यक्तिले स्वास्थ परिक्षण गराएका हुन् ।सो कार्यक्रम गोबिन्द गिरीको संयोजनमा स्वस्थ्य शिबिर संचालन भएको थियो ।kavre2

अनेरास्ववियुका करिब ५० जना स्वयंसेवकको उपस्थिति रहेको उक्त कार्यक्रममा उलेख्य मात्रामा अभिभावक तथा बिद्यार्थीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा पुर्ब-बिद्यार्थी नेता गोकुल बास्तोला, नारायण पाण्डे सहितको उपस्थिति रहेको थियो ।

अनेरास्ववियुकी महासचिव नविना लामाको सयोजनमा भएको बिद्यालय हस्तान्तरण कार्यक्रममा टहरा निर्माणको सयोजन गरेकी बिद्यार्थी नेता नविना लामाले अनेरास्ववियुले प्रभावित क्षेत्रमा हामी समुहगत रुपमा निरन्तर लागिपर्ने बताइन । “यो अन्तिम होइन निर्माण र हस्तान्तरण जारी रहनेछ” उनले भनिन ।

यो समाचार नेपाल जापान डट कममा प्रकासित छ ।