बिकास समिति द्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण

व्यवस्थापिका–संसद्, विकास समितिको टोलीले बहुप्रतीक्षित र बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले सिन्धुपाल्चोकको हेलम्बु गाविसको तिम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी त्यहाँका काम कारबाहीबारे जानकारी लिएको हो । राष्ट्रिय गौरबको आयोजना, काठमाडौं उपत्यकाबासीलाई खानेपानीका साथै सरसफाई र उपत्यकाको हरियालीका लागि समेत उपयोग हुने मुलुककै बहुचर्चित […]

विकास–निमार्णलाई द्रुतता दिन समितिको निर्देशन

व्यवस्थापिका संसद अन्तर्गत विकास समितिले मुलुकको भौतिक पूर्वाधार निर्माणका लागि कार्यान्वयनको विभिन्न चरणमा रहेका अधिकांश आयोजना, परियोजनाहरुको कार्य प्रगति अपेक्षित लक्ष्य अनुरुप रहेको नदेखिएको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर विकासको गतिलाई तीब्रता दिन निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारको सभापतित्वमा भएको छलफलमा राष्ट्रिय प्राथमिकताका आयोजना, परियोजनाहरुको कार्यान्वयनका सन्दर्भमा देखिएका समस्याहरु समस्याहरुलाई एकद्वार प्रणालीबाट समाधान […]

बिकास खर्च बढाउन समितिले दियो निर्देशन

काठमाडौं । यो बर्षको पुँजीगत बजेटमध्य अहिले सम्म १ खर्ब १६ अर्बको पुँजीगत बजेट मध्य ७ अर्ब ७३ करोड मात्रै खर्च भएको छ । झण्डै ७% पनि खर्च हुन नसकेको सन्दर्भमा विकास बजेट खर्चको बिध्यमान अवस्था र अपेक्षित लक्ष्यप्राप्तीका बिषयमा संसदको विकास समितिले आज चलाएको छलफलमा सरकार सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायलाई समयमै पुँजीगत खर्च […]

संसदको विकास समितिले सरकारलाई भन्योः निर्माण गरिएका संरचनाको संरक्षण गर्नु

काठमाडौं। संसदको विकास समितिले १८ औं सार्क शिखर सम्मेलनका बेलामा निर्माण भएका भौतिक संरचनाको संरक्षण तथा विकास र ब्यबस्थापन गर्न, सडकको अवस्था यथास्थानमा राख्न र सुधार गर्नुपर्ने सडकको अवस्था सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सडकको विचमा रोपिएका विरुवा, बगैँचा तथा रेलिङ र सडक बत्तीको संरक्षणमा ध्यान दिन पनि काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको समितिका […]

समितिले सोध्यो : कहाँ पुग्यो हुलाकी तथा मध्यपहाडी राजमार्ग ?

संविधानसभा व्यवस्थापिका संसद, विकास समितिले विकासको आधारभूत पूर्वाधारको रुपमा रहेको हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्गको विद्यमान अवस्था विस्तार एवं विकास (निर्माण सुधार समेत) का सम्बन्धमा समितिमा आज  छलफल चलाएको  छ । समितिका सभापति रविन्द्र अधिकारीले हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग निर्माण गर्ने सम्बन्धमा दीर्घकालीन सोचका साथ निर्माण सम्बन्धी न्यूनतम आधारभूत मापदण्ड अनुरुपको निर्माण कार्यलाई निरन्तरता दिन तथा उपलब्ध […]

लेखनाथ महोत्सव शुरु : कास्कीलाई एकिकृत बिकासको आबस्यक

कृपा भण्डारी,  सर्बाधिक अबलोकनकर्ताको पर्याय ११ औँ लेखनाथ महोत्सव विहिबारबाट सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग महासंघको संयुत आयोजनामा सुरु भएको  ११ औँ लेखनाथ महोत्सवको गर्भनर युवराज खतिवडाले उद्घाटन गर्दै,  प्रकृतिद्धारा सिर्जित  श्रोत र साधनमा राज्यको नियन्त्रण हुनु पर्ने बताए । उनले कृषि र उर्वरशिल जग्गा खण्डिकरणको क्रम तिव्र रहेको उल्लेख गर्दै, अवको संविधानमा मानव […]

भागवण्डाको राजनीतिले प्राज्ञिक उन्नयन हुन सकेन : सभासद अधिकारी

कृपा भण्डारी/पोखरा विभिन्न विश्वविद्यालयहरुमा राजनैतिक आधारमा हुने भागवण्डाका कारण प्राज्ञिक उन्नयन हुन नसकेको सभासद रविन्द्र अधिकारीले बताएका छन् । अनेरास्ववियु पोखरा विश्वविद्यालयको आयोजनामा बेगनासतालमा आयोजित वनभोज तथा पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले विश्वविद्यालयहरुमा गरेको कारबाही व्यवस्थित हुन नसकेकोमा पनि असन्तुष्टी जाहेर गरे । पोखरा विश्वविद्यालयको पछिल्लो […]

कस्तो रहनु पर्छ त समितिको प्रभावकारीतामा सभापति सदस्यहरु तथा कर्मचारीको भूमिका

       व्यबस्थापिका संसदको विकास समितिले विकास समिति तथा समिति सचिवालयको काम कारवाहीको प्रभावकारीत सम्बन्धि दुई दिने कार्यशाला (Workshop) यहि मङ्सिर ५ र ६ गते सम्पन गरेको छ । समितिका सभापति रबिन्द्र अधिकारीको सभापतित्वमा संचालन भएको दुई दिने कार्यशाला गोष्ठीमा बिकास समितिको प्रभावकारीतामा, सभापति सदस्यहरु तथा कर्मचारीको भूमिका, संसदीय समितिको वर्तमान अवस्था अनुगमन र अभ्यास, […]