समितिले सोध्यो : कहाँ पुग्यो हुलाकी तथा मध्यपहाडी राजमार्ग ?

संविधानसभा व्यवस्थापिका संसद, विकास समितिले विकासको आधारभूत पूर्वाधारको रुपमा रहेको हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्गको विद्यमान अवस्था विस्तार एवं विकास (निर्माण सुधार समेत) का सम्बन्धमा समितिमा आज  छलफल चलाएको  छ । समितिका सभापति रविन्द्र अधिकारीले हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग निर्माण गर्ने सम्बन्धमा दीर्घकालीन सोचका साथ निर्माण सम्बन्धी न्यूनतम आधारभूत मापदण्ड अनुरुपको निर्माण कार्यलाई निरन्तरता दिन तथा उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालन गर्नु पर्ने बताएका थिए । सम्बन्धित निकाय सँग जवाफ माग्दै  अधिकारीले भने, काहाँ पुग्यो हुलाकी तथा मध्यपहाडी राजमार्ग,  के  हिजोकै मोडेलमै  लोकमार्ग बन्छ त ? जस्को न्युनतम मापदण्ड नै अपुरो छ , अधुरो छ ।

सिंहदरबारको आफ्नै समितिको हलमा बसेको समितको बैठकमा  नेपाल सरकारका भौतिक तथा यातायात मन्त्रालयका सचिब ले हुलाकी राजमार्ग र मध्य पहाडि लोकमार्गको विद्यमान अवस्थाको जानकारी गराएका थिए । भने राजमार्ग आयोजनाका प्रमुखहरुको पनि उपस्थिति  रहेको थियो ।

समितको बैठकमा सभासद जीवन बहादुर शाही ले लोकमार्गको निर्माण ढिलाई हुनुमा स्थानीयवासी तथा इन्जीनियरहरु कारण नभएर ठुला नेताहरुको स्वार्थका कारणले भएको आरोप लगाए  ।

छलफलमा सहभागी  सभासदहरुले हुलाकी मार्ग स्थानीय रुपमा महत्वपूर्ण छदैछ, पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेकोले जुन कुनै हालतमा पनि राष्ट्रिय गौरबका यी आयोजनाहरु छिटो भन्दा छिटो गुणस्तरलाई ख्याल गर्दै सम्पन्न गर्नु पर्ने राय व्यक्त गरेका थिए ।

नेपाल सरकारले २००२ – २०२२ का लागि तैयार गरेको २० बर्षे दीर्घकालीन गुरु योजनामा नेपालको पूर्व बाट पश्चिम सीमासम्म छिचोल्ने गरी ३ ओटा राजमार्ग आगाडी बढाएको छ । पहिलो पूर्व  पश्चिम राजमार्गको रुपमा महेन्द्र राजमार्ग, दोश्रो पूर्व  पश्चिम राजमार्गका रुपमा दक्षिण तराईमा हुलाकी राजमार्ग छ भने पहाडी क्षेत्र समेट्दै पहाडी राजमार्ग निर्माणमा जुटेको छ ।

समितिको निर्णय हेर्न यो link यहाँ  थिच्नुहोला ।

श्रोत : समितिको सचिवालय