ठेलागाडा छाडौ,जहाजमा उडौ

          बिचारमा जनताको बहुदलीय जनबाद ले जितेको दाबि गर्छ एमाले तर संबिधान सभामा पराजित भयो | पार्टीले लिएको बिचारमा रास्ट्रीय राजनीति एकपछि अर्को गरि अघि बढिरहदा पनि किन केन्द्रीय नेतृत्व क्रमश: अरुको हातमा गैरहेको छ ? बिगत तिन बर्ष को अबधिमा दुइ पटक सरकारको नेतृत्व गर्ने अबसर पायर पनि त्यसलाई राष्ट्र र जनताको पक्षमा प्रयोग गर्न किन सकियन ? बिचार छ, क्षमतावान कार्यकर्ता को पंति छ, सबै भन्दा प्रभाबकारी संगठनात्मक संजाल छ, संघर्षमा खारिएको परिपक्व नेतृत्व छ, तर के मा कमि भयो र यो हबिगत व्यहोर्नुपर्यो हामीले ? ०४६ सालको जनआन्दोलन र ६२/६३ को शान्तिपूर्ण क्रान्ति पछी सामाजिक र राजनीतिक परिबर्तन हबाइजहाजको गतिमा दौडिएको छ,तर हाम्रो नेतृत्व चाहि ठेलागाडा मै घिसृदो छ | पुराना कुराना कुरा भत्किरहेका छन ,तर नया निर्माण गर्न सकिएको छैन | सिर्जना र संहार एक सिक्काका दुइ पता हुन् | पुरानो र थोत्रो कुरा ध्वोस्त नभए नया र राम्रो कुराको जन्म कसरि हुन्छ ?

इतिहासमा त्यस्तो कुनै उदाहरण छ,जहा नयाँ र राम्रो कुरा ल्याउदा पुरानो र थोत्रो सामाजिक संरचना धेरै वा थोरै नभत्किएको होस् ! पुरानो निरङ्कुश ब्यबस्था फालेर नयाँ बहुदलीय प्रतिस्प्रधात्मक प्रणाली ल्याइयो तर त्यसलाई बिकास गर्न सकियन | किन भने परिबर्तनको त्यो प्रभावलाई नेतृत्व गर्ने हामीमा क्षमता नै भएन | जसले गर्दा चालु संगर्ष मा पछी पर्यौ | पुरानै सोंच र चिन्तन अनि मक्किएको तौरतरिका ले हाम्रो सिर्जनात्मक क्षमता लाइ समाप्त पारिदियो | नेतृत्व ले बास्तबिक परिबर्तनलाई आत्मसाथ गर्न सकेन ,नयाँ आबश्यकता अनुसार आँफुलाई ढाल्न सकेन | एउटा मार्क्सबादी जहिले पनि सफलता र असफलताको कारण मुलत: आन्तरिक नै हुन्छ भन्ठान्छ |त्यस अर्थ मा हामि सच्चा मार्क्सवादी हुन् सकेनौ र पटक पटक पराजय व्यहोरीरहेका छौ | पुरानो पुस्ता लाइ अयोग्य भनेका भरमा नयाँ योग्य हुदैन तर हामि कंहा को नया पुस्ता सिर्जनसिल हुनको साटो पुरानै हरुको अनुकरणमा रमाउन थाल्यो | इतिहास का कथा बाचन गरेर मात्र बर्तमानमा बाच्न र उज्यालो भबिष्य देख्न सकिदैन |युगको चाहाना अनुसार आँफुलाई हिडाउन नसक्नेहरु रुख बाट सुकेको पात जस्तै अस्तित्व बिहिन भएर धुलोमा मिल्छन चाहे तिनीहरुको राम्रै नियेत किन नहोस |

साएद आज हामि येस्तै चक्रब्युहमा फसेका छौ | ०६२/६३ को शान्ति पूर्ण जनक्रान्ति ले अत्याधिक मात्र मा जनतामा चेतना बढाइदिएको मात्रै पुरानो सामाजिक संरचना लाइ जबर्जस्ति बदलेको छ | लोकतन्त्रको पुरानो मोडल लाइ अस्विकार गरेर नयाँ,समाबेसी र सामाजिक न्याय सहितको सहभागितामुलक सोच स्थापित गरेको छ | एकात्मक संरचनाबाट संघियतामा,सक्ति को अति केन्द्रीकरण बाट विकेन्द्रीकरण मा लगेको छ | त्यस अनुसार जनताका अपेक्ष्या बढेका छन् | जतिबेला सम्म नेकपा एमाले ले येस्ता बिषयलाइ सम्बोधन गर्न सक्दैन त्यतिबेला सम्म चालु राजनीति मा श्रेष्टता हासिल गर्न सकिन्न | जुन नेतृत्व ले आफ्नै संगठन ब्यबस्थित रुपमा संचालन गर्न सक्दैन त्यसले मुलुक हाक्न पनि सक्दैन | त्यतिबेला प्रतेक नागरिक ले खासगरी युवाले आआफ्नो भबिष्य मुलुक भित्रै खोजेको छ | प्रतेक महिना एकहजार पांच सय को दरले पलाएन भैरहेको युवाशक्ति लाइ देश भित्र कुनै सम्भाबना देखाउन सक्दैनौ भने हामीले लिएको राजनीति कहिल्यै सफल हुन् सक्दैन | बिहारी गणतन्त्र चाहिदैन भन्ने हामि बिहार बाट सिक्नैपर्ने परिस्थिति सिर्जना भैसक्दा पनि झन्डै चिरनिद्रा मा छौ |

संबिधान सभाको निर्बाचन पछी अंकगणितीय हिसाबले माओबादी पहिलो पार्टी भयो | चार बर्ष को अबधि मा उसले लिएको बिचारले मुलुक लाइ नेतृत्व दिन सकेन | बैचारिक अन्योलता ,भ्रस्ट संस्कृति र विचारका हिसाबले उसलाई थला बसाल्यो | यस अर्थ मा नेकपा एमाले लाइ नयाँ संबिधान र अबसर हरु प्राप्त भएका छन् | त्यस लाइ हामीले ठिक ढंगले सदुपयोग गर्न सक्नु पर्छ | नेकपा एमाले को रास्ट्रीय प्रतिनिधि परिषद बैठक बाट आमनेपाली नागरिकले केहि अपेक्क्ष्या गरेका छन | कार्यकर्ता र शुभचिन्तक को आँखा यतै तिर तानियको छ | शान्ति प्रक्रिया पुरा गरि संबिधान निर्माणको काममा जुन पार्टीले सकारात्मक भूमिका खेल्छ,मुलत: जनताको बिस्वास त्येसैले प्राप्त गर्ने हो | जसले शान्ति प्रक्रिया पुरा गरि संबिधान निर्माण को काम मा नकरात्मक भूमिका खेल्छ ,त्यो जनता बाट टाढा पुग्नेछ | यो बैठक यसका लागि कोशे ढुंगा साबित हुनेछ | नेताहरु मिल्नु ,पार्टीभित्रको एकता सुध्रिढ़ हुनु ज्यादै राम्रो र आबश्यक कुराहो तर जनताले आफ्नो सुनिस्चित भबिष्य देख्न सक्ने हुनु यो भन्दा बढ्ता महत्व को बिषय हो | पार्टी,पार्टी र नेताका लागि होइन रास्ट्र र जनताका लागि हुनुपर्दछ | यसलाई आत्मसाथ गरेर अगाडी बढे एमाले लाइ मूल प्रबाह बन्न बाट कसैले रोक्न सक्ने छैन |

जनआस्था साप्ताहिक(२०६८-११-२४) नोट अफ डिसेन्ट