पर्यटन मन्त्रालयसंग सम्बन्धित सार्वजनिक महत्वको विषयमा जानकारी

सम्माननीय सभामुख महोदय,

आज म यो सम्मानित सदनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंग सम्बन्धित केहि सार्वजनिक महत्वको विषयमा जानकारी गराउन चाहन्छु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग Rehabilitation को आवश्यकता र हालसम्म भए गरेका कार्यहरुको विवरण सम्बन्धमा
सम्माननीय सभामुख महोदय,

( सन् १९७५ देखि विभिन्न चरणमा बिस्तार गरीे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३००० मी. लम्बाई र ४५ मी. चौडाई रहेको धावनमार्ग -Runway_ रहेको छ । यस धावनमार्गमा मझौला खाले बिमानहरु (B727, B757 आदि) को लागि प्रयोग हुने गरी Pavement को Structure रहेको छ । समयको क्रमसंगै त्रि.अ.वि. मा मझौला खाले बिमानहरुको साथसाथै ठूला -Wide Body_ बायुयान उडान अवतरण हुँदै आएको छ । यसबाट यात्रुहरुको बृद्धिदर वार्षिकरुपमा सरदर ६ प्रतिशत रहेको छ ।
( त्रि.अ.वि. मा पछिल्लोपटक सन् २०१० मा धावनमार्ग Overlay सम्पन्न गरिएको थियो । तर सन् २०१३ देखि बिमानस्थलको धावनमार्गमा कतैकतै पिचमा धर्सा -Hair-Crack_ पर्ने समस्या देखिन थाल्यो । सन् २०१५ को विनासकारी भूकम्पमा उक्त धावनमार्गमा कुनै गम्भीर क्षति भएको नदेखिएता पनि भित्री Surface मा सो को असर परेको छ । विशेषगरी वर्षायाममा घाम र पानीको संयोजन हुँदा धावनमार्गको दक्षिणी भागमा चर्किने समस्या देखा परिरहेको छ । यसकारण धावनमार्ग तथा Taxiway मा रहेको Pavement Structure Rehabilitate गर्नु आवश्यक भएको छ । अहिलेको धावनमार्गको स्थायी समाधान भनेको धावनमार्गको भित्री भागसम्मको मर्मत सुधार -Runway Rehabilitation_ नै हो ।

मन्तव्यको पुरा जानकारीको लागि यहाँ थिच्नुहोस्  |