पोखरामा सेन्टर प्लाजाको शुभारम्भ

पोखराको न्यूरोड ८ मा सेन्टर प्लाजाको शुभारम्भ भएको छ । मंगबार सो प्लाजाको सभासद् रवीन्द्र अधिकारीले शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले युवाहरुको पहलमा शुरु भएको यस्ता कार्यहरुले युवा उद्यमशीलताको उत्कृष्ट नमुना प्रस्तुत गरेको भन्दै सम्पूर्ण युवाहरुलाई जागिर खोज्ने नभई जागिर दिने क्ष्ँमताको विकासमा लाग्न आग्रह गरे । 

पोखरा न्यूरोड नगरपालिका अगाडि ओमप्रकाश उपाध्याय र सुरेन्द्रमणी पौडेलले १८ वटा सटर भएको प्लाजा खोलेका हुन् । करिव ३५ लाख रुपैयाको लगानीमा निर्माण गरिएको हो । safe_image

‘आफ्नै देशमा केही पुंजी लगानी गरौं भन्ने सोच अनुसार प्लाजा निर्माण गरिएको हो’ म्यानेजिङ डाइरेक्टर ओम प्रकाश उपाध्यायले भने, ‘१८ वटा सटरमा विभिन्न सामग्रीको पसल रहने छन् ।’ प्लाजाभित्र सटिङसुटिङ सहितको टेलरिङ, बच्चाको सामग्रीको पसल, फेन्सी, जुत्ताको पसलदेखि खाजाघर पनि रहेको छ । 

सबै सटरहरु बुकिङ भैसकेका छन् । अधिकांशमा व्यवसाय शुरु पनि भैसकेको छ । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्लाजामा व्यवसायी गर्नेका तर्फबाट कृष्ण थापाले र संचारकर्मी रामजी लम्साल लगायत पनि बोलेका थिए । प्लाजाका अध्यक्ष सुरेन्द्रमणि पौडेलको अध्यक्षतामा भएको थियो । भने स्वागत मन्तब्य ओम प्रकाश उपाध्यायले गरेका थिए ।

न्यूज स्रोत : रामजी लम्साल