संविधानमा हस्ताक्षर गर्दै सभासद्

संविधानसभाका सभासद्हरु आइतबार जारी हुन लागेको ‘नेपालको’ संविधानमा धमाधम हस्ताक्षर गरिरहेका छन् ।

नयाँ बानेश्वरस्थिति संविधानसभा भवनको ल्होत्से हलमा हस्ताक्षर चलिरहेको छ । बिहान ९ बजे सुरु भएको कार्यक्रममा काठमाडौं–३ बाट निर्वाचित सभासद् रामेश्वर फुयालले पहिलो हस्ताक्षर गरेका हुन् । ‘निर्वाचित भएको दिनदेखि नै यो समय कुन बेला आउला भनेर अहोरात्र खटिएका थियौ,’ उनले भने, ‘हामी सबैको साझा प्रयासले आज जनताले जितेका छन् ।’

संविधानमा हस्ताक्षर गर्ने ऐतिहासिक कार्यमा हर्सोल्लाष र बधाई आदानप्रदान गरिरहेका सभासद्हरुलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अोनसरी घर्ती, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतले साथ दिइरहेका छन् ।

श्रोत: कान्तिपुर

18092015011527DSC_9168-600x0

झालानाकाथ