सभामुखलाई बिकास समितिले बुझायो बार्षिक प्रतिवेदन

व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बार्षिक प्रतिबेदन तयार पारि आज समितिका सभापति रबिन्द्र अधिकारी सहित सभासद्को टोलिले सभामुखलाई हस्तान्तरण गरेको छ ।
प्रतिवेदन हस्तान्तरण गर्दै समितिका सभापति अधिकारीले मिनी पार्लियामेन्टको रुपमा रहेका समितिको कर्यक्षेत्र अझ फराकिलो हुनु पर्ने बताए । समितिले संसद्को पनि काम गर्नु पर्ने भएको हुदा यसको दयारा फराकिलो हुनु पर्ने अधिकारीको भनाई थियो ।IMG_0597
प्रतिवेदन ग्रहण गर्दै सभामुख सुवासचन्द्र नेम्वांगले बिकास समितिको क्रियाशीलताको प्रसंसा गरे । संसदका समिति अन्तर्गत बिकास समितिको चर्चामा र क्रियाशीलता धेरै माथि रहेको मैले पाएको छु नेम्वाङले भने । सभामुख भन्छन केहि काम नगरी निष्क्रिय भएर बस्नु भन्दा केहि बिरोध सहेर पनि काम गर्नुपर्ने बताए ।
प्रतिवेदन हस्तान्तरण पछी, पत्रकार बीच समितिका सभापति रबिन्द्र अधिकारीले समितिले हाल सम्म बिभिन्न कार्यसूचीमा रही ६७ वटा बैठक बाट ६ सय भन्दा बढी निर्देशन भएको बताए । अन्य समिति संग संयुक्त बैठक संचालन गरि संसद इतिहासमा नयाँ सुरुवाती पनि हामीले गरेका छौ । समितिले राष्ट्रिय गौरवका योजनाहरू सहित पर्यटन, सडक तथा हवाई यातायात, सञ्चारलगायतका विषय क्षेत्रहरूलाई विशेष प्राथमिकता दिँदै आएको छ अधिकारीले भने ।
यसै क्रममा काठमाडौं–तराई–मधेस दु्रतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, मध्य पहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, हुलाकी राजमार्ग, कान्ति लोकमार्ग, काठमाडौं–हेटौंडा सुरूङ मार्गलगायतका देश विकासका दृष्टिकोणले अति महत्वपूर्ण आयोजनाहरूमा समितिले विस्तृत रुपमा छलफल गरेको सभापति अधिकारीले बताए ।
विकास निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रयास स्वोरुप, राष्ट्रिय गौरवका आयोजनाहरू र बिकासका अन्य कार्य प्रारम्भ हुन नसकेका आयोजनाहरूलाई तत्काल प्रक्रिया अगाडि बढाउने, कार्यान्वयनको चरणमा रहेका आयोजनाहरूलाई समेत छिटो छरितो कार्यसम्पादन गर्ने÷गराउने सम्बन्धमा सरोकारवाला निकायहरूलाई समितिमा आमन्त्रण गरी आवश्यकता अनुसार विस्तृत अध्ययन तथा छलफल गरेर मात्र निर्णय गर्ने गरिएको उनले बताए ।
समितिले सडक दुर्घटना उपसमिति, नगरपालिका घोषण अध्यन उपसमिति, कर्णाली बिकास अध्यन उपसमिति, गठन गरि कामकारवाही अगाडी बढाएको छ । संगै बिभिन्न समयमा स्थलगत अनुगमन तथा निरीक्षण, अन्तरक्रिया आदि काम गरेको अधिकारीको भनाई छ ।
समितिले दिएका निर्देशनको कार्यन्वयन पाटो खोल्दै सभापति अधिकारी भन्छन, मन्त्रालयहरूलाई गरेका निर्देशनको प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यका साथ विभिन्न मन्त्रालयहरूले सम्पादन गरेका काम कारबाहीहरूको मासिक, चौमासिक तथा वार्षिक प्रगति विवरणहरू माग गर्ने गरेको बताए । केहि प्रगति विवरण प्राप्त भएका छन केहि दीर्घकालीन काम भएकोले विवरण प्राप्त हुन् समय लाग्ने देखिन्छ ।rabi
आज सभामुखलाई हस्तान्तरण गरिएको प्रतिवेदनमा विकास समितिको तोकिएका मुख्य कार्यक्षेत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय रहे पनि विकास संग जोडिने मन्त्रालयहरूको अतिरिक्त देश विकासका कार्यक्रमहरुको कार्यान्वयनसँग सम्बन्धित रहेका विकास निर्माण परिचालनसँग सम्बन्धित अन्य निकाय जस्तै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, गृह मन्त्रालयलगायत अन्य सरोकारवाला निकायको संग बिभिन्न कार्यसूचीमा छलफल संचालन गर्ने गरेको छ ।
आज हस्तान्तरण गरियको प्रतिवेदन संसदमा पेस गरे संगै सार्वजनिक गरिने विकास समितिका सचिव हिमलाल सुबेदीले बताए ।

 श्रोत: सचिवालय