ओलीले खाए नौ हजार तीस रुपैयाँको चट्पट

काठमाडौँ, २६ वैशाख ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान नेपाल ल क्याम्पसको मूल गटेमा निकै प्रशन्न देखिए । अघिल्लो शनिबार गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाएका र प्रभावित भएका जिल्लाका पीडितको राहतका लागि नेपाल ल क्याम्पसको अनेरास्ववियुको प्रायोजनमा त्यहिँका विद्यार्थीले राहत संकलका लागि चना चट्पटे वेच्दै गरेका ठाउँमा ग्राहका रुपमा पुगेका ओली यसरी प्रसन्न देखिएका हुन् ।

KP-Sharma-Oli
ओली अनेरास्ववियु केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको ‘भूकम्प पीडितहरुको सहयोगार्थ स्वयम सेवकहरुको विदाई कार्यक्रम’मा प्रमुख अतिथिका रुपमा प्रशर्दनी मार्ग पुगेका थिए । कार्यक्रम समापनपछि बाहिरिएका ओलीले आफ्ना ड्राइभरलाई ल क्याम्पसकै गेटमा रोक्न लगाएर र ओर्लिए । त्यति बेलासम्म उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि अलमलमा परेका थिए । ओली गाडीबाट ओर्लेर सिधै क्याम्पस गेटमै चट्पटे बेच्दै गरेका विद्यार्थीहरु नजिक पुगे । देशका प्रभावशाली नेता नै सामान्य चट्पटे पसलमा आउँदा राहत संकल अभियानका लागि चट्पटे बेच्दै गरेका विद्यार्थीहरु पनि केहीबेर अलमलमा परे ।

ओली पुग्ने वित्तिकै एकछिन अघिसम्म सुनसान जस्तै रहेको उक्त चट्पटे पसल खचाखच भयो । उनीहरु एकैछिनमा हस्याङ्–फस्याङ् गर्दै चट्पटे बनाउँन थाले । करिब १५ मिनेट त्यहाँ बिताएका ओलीले आफुले ३० रुपैयाँको चट्पटे खाए भने ९ हजार राहतका लागि भनेर सहयोग गरे ।

ओलीसँग त्यहाँ पुगेका एमालेका युवा नेता एवं सभासद् रवीन्द्र अधिकारीले पनि रु एक सयको चट्पटे खाए । ओली र अधिकारीसँगै अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ललगायतले पनि चट्पटे खाए । धादिङलगायतका जिल्लामा मुख्य गरेर भूकम्प पीडित महिलाका लागि खर्च गर्नका लागि थालिएको उक्त अभियानमा अहिलेसम्म करिब ३० हजार रकम संकलन भएको छ ।

www.nepalese.org/ मा प्रकासित समाचार