दूरसंचार सेवा थप प्रभाकारी बनाउ

व्यवस्थापका संसदको विकास समितिले दूर सञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले उपलब्ध गराउने सेवाको गुणस्तर तथा टेलिफोन मोवाइल र इन्टरनेट नेटवर्कबाट सेवा उपलब्ध गराउने मापदण्ड सुनिश्चित रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा बिहिबार बसेको बैठकले दूर सञ्चार तथाइन्टरनेट सेवाप्रदायकहरुले उपलब्ध गराउने सेवाको गुणस्तर निश्चित सूचक सहित तोकिएको मापदण्ड र सो बमोजिम टेलिफोन मोवाइल तथा इन्टरनेट नेटवर्कबाट सेवा उपलब्ध गराउने व्यवस्था थप प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था गर्न समिति सूचना तथा सञ्चार मन्त्रालय र नेपालदूर सञ्चार प्राधिकरणलाई निर्देश गरेको हो ।

बैठकले सञ्चार सम्बन्धी विविध सेवाहरु अन्योन्यास्रित रुपले आवद्ध भएको हुँदा दूर सञ्चार सेवा सम्बन्धी सबै सेवाहरु भरपर्दो, गुणस्तरीय, सस्तो, सर्वसुलभ र सहज रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन समिति सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देश गरेको हो ।

टेलिफोन मोवाइल तथा इन्टरनेट नेटवर्कबाट प्रभावकारी सेवा उपलब्ध गराउने व्यवस्थालाई सुनिश्चित गर्नका लागि तोकिएको न्यूनतम मापदण्डअनुसार सेवा उपलब्ध नगराएमा वा जनगुनासो आएमा त्यस्ता सेवाप्रदायकलाई जरिवानावा सजाय तोक्नसक्ने र तोकिएको मापदण्डभन्दा प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने सेवाप्रदायकलाई पुरस्कृत गर्ने कानुनी व्यवस्था गर्न पनि सूचना तथा सञ्चार मन्त्रालय र नेपालदूर सञ्चार प्राधिकरणलाई निर्देश गरेको छ ।

त्यस्तै टेलिफोन, मोवाइल तथा इन्टरनेट नेटवर्कबाट विलिङ, रिचार्ज तथा इन्टरनेट नेटवर्किङ सेवा चलाउँदा वा डाउनलोड गर्दा तोकिएको निर्धारित न्यूनतम शुल्कभन्दा वढी महशुल काटिने जस्ता जनगुनासोलाई ध्यानमा राखी दूर सञ्चार सेवा प्रयोग गर्ने ग्राहकहरु अनावश्यक रुपमा मर्कामा पर्ने अवस्थाको अन्त्य गर्न, विभिन्न सेवा प्रदायकहरुबाट सञ्चालित सेवा आइ.टि.यू. को मापदण्डलाई आधार मानी न्यूनतम स्तर अनुरुप भए वा नभएको, निर्धारित दर भन्दा वढी महशुल लागे नलागेको सन्दर्भमा निश्चित कानुनी आधार तयार पारी प्रभावकारी रुपमा अनुगमन पनि निर्देशनन दिएको छ ।