प्रस्तावित तथा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको कार्य प्रगति सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।

व्यवस्थापिका–संसद
विकास समिति
बैठक संख्या– ११०
मितिः २०७३।१०।०६
बैठक प्रारम्भ ः १०ः००
बैठक अन्त्य ः १२ः४५

तस्बिर ः प्रदीपराज वन्त

छलफल तथा निर्णय ः
समितिको आजको बैठकमा प्रस्तावित तथा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको कार्य प्रगति सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका निमित्त सचिव तथा सम्बन्धित पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिम निर्णय ग¥यो ः–
ज्ञ। देशले विगतमा झेलेको समस्याबाट पाठ सिकेर अगाडि बढ्न नसक्नु नेपालको विकासको सर्वकालिन चरित्र र विशेषता नै हो । त्यसै गरी कम्तिमा ५० वर्ष पछि हाम्रा भौतिक पूर्वाधारगत आवश्यकता के – के हुने छन् र कसरी उन्नत पूर्वाधार निर्माण गर्न सकिन्छ भनि छलफल गर्नु पर्ने यस थलोमा अझैपनि २०÷३० वर्ष अघि परिकल्पना गरिएका संरचनाहरुलाई छिटो निर्माण गर्ने सम्बन्धमा छलफल गर्न ÷निकास निकाल्न हामीहरु प्रयासरत छौँ । ५ वर्षभित्रमा निर्माण गरिसक्नु पर्ने कुरालाई हामीहरु २० वर्ष लगाउँछौँ भने हाम्रो विकासको गति कस्तो छ र हाम्रो भविष्य कस्तो हुने छ, हामी सबैलाई महशुस भएकै छ । विकासलाई सहज बनाउने भन्दा असहज र जटिल बनाउने नियति र प्रवृतिको शिकार भएको छ – नेपालको पूर्वाधार विकास ।

पुरा निर्णयको लागि यहाँ थिच्नुहोस | 

श्रोत बिकास समिति