सन्दर्भ लोकतन्त्र दिवस २०६२/६३ को जनआन्दोलन मूलत: २०४६ सालको जनआन्दोलनले स्थापित गरेको बहुदलीय प्रजातन्त्रले सम्बोधन गर्न नसकेको वा त्यसको फराकिलोपनाको अभावलाई पूर्ति गर्न भएको थियो। राजतन्त्रसहितको प्रजातन्त्र पटकपटक असफल हुने, राजाको कोपभाजनको सिकार हुनुपर्ने र जहिले पनि यसमाथि खतरा भइरहेको अवस्थामा राजतन्त्रलाई समाप्त पार्न र पूर्ण प्रजातन्त्र गणतन्त्र ल्याउने कुरासँग त्यो जोडिएको थियो। सत्ताका विभिन्न […]
