संसदको विकास समितिले गर्यो आफ्नै समिक्षा

संविधानसभा÷व्यवस्थापिका–संसद, अन्तर्गतको विकास समितिले बिगतमा आफैले गरेका निर्णय तथा काम कारबाही र प्रगतिको समीक्षा गरेको छ । समितिको आजको बैठकमा उपस्थित सदस्य हरुले बोल्ने क्रममा बिगतका काम कारवाही तथा अब गर्नु पर्ने विषयका बारेमा आफ्ना धारणा राखेका थिए ।

समितिको बैठक संचालन गर्दै समिति सभापति रबिन्द्र अधिकारीले बिगत बैठकले गरेका निर्णय तथा निर्देशनले पारेका सकारात्मक परिणामको बारेमा जानकारी गराउदै, र त्यसै अनुरुप हाम्रो भूमिका अझ प्रभावकारी रहनु पर्ने बताएका थिए । पार्लियामेन्ट सक्षम नभए सरकारलाई प्रभावकारी बनाउन सकिदै त्यसैले पनि हामी समितिका सदस्यहरु बिषयगत जानकारी हुन् आवश्यक रहेको बताए ।20150104_110655

बिगतमा आफैले गरेका निर्देशन तथा निर्णयको बारेमा बोल्दै समिति सदस्य हरुले बिभिन्न बिषयमा आफ्ना धारणा राखेका थिए । सोहि क्रममा आफ्नो धारणा राख्दै सदस्य जीवन बहादुर शाहीले भने, निर्देशन ता हामीले धेरै दियौ तर त्यसको फिडब्याक कस्तो आयो भन्ने तर्फ हामी गम्भीर बन्नु पर्दछ । शाही भन्छन, पब्लिगको मनोविज्ञान सकरात्मक छ भने सरकारलाई नैतिक दवाव परेको छ ।

बैठकमा बोल्दै सभासद सिता गिरीले भनिन, हामीले छलफलका लागि बिषय बस्तु छनोट गरेपछी त्यसमा थप अध्यन गर्नै पर्ने भएको छ । पहिचान भएका बिषय कार्यान्यनमा कमजोरी छ भने खर्च गर्ने बिषयमा आख्तियारी भा’कै छैन, त्यस तर्फ थप ध्यान बढाउँन अनिवार्य देखिन्छ ।

त्यस्तै आफ्नो धारणा राख्दै समिति सदस्य रामचन्द्र पोखरेलले बैठका निर्णय निर्देशन तथा उपलब्धीहरु वेबसाइट मा राख्न अनुरोध गरेका थिए । भने बैठकमा उपस्थित अरु सभासदहरुले पनि आफ्नो धारणा राखेका थिए

बैठकमा समितिका कर्मचारीले पनि आफ्नो बिचार राखेका थिए । सोहि क्रममा बोल्दै उप-सचिव एक राज गिरीले समितिका कर्मचारी प्रतिको बिश्वास तथा सभासदले पुर्याउनु भयको सहयोग प्रति आभार व्यक्त गरे । मानव श्रोतसाधन तथा भौतिक श्रोतसाधन उपलब्धताको कमजोरीले अपेक्षित नतिजा हासिल गर्न नसकेको कुरा गिरीले व्यक्त गरेका थिए । त्यस्तै समितिका अर्का कर्मचारी शाखा अधिकृत शिव बरालले समितिको निर्देशन कार्यान्यन गर्न विद्यमान नीति नियमलाई परिमार्जन गर्न आवश्यक रहेको बताए ।

बिगत बैठाकले गरेका उपलब्धि सभापति अधिकारीले बुदागत रुपमा राखेका थिए ।

  • योजना आयोगले निर्देशनकै आधारमा योजना छनोटमा भएका झन्झटिला तथा योजना स्वीकृतिको दोहोरो प्रक्रियालाई ब्यबस्थित गरेको छ । निर्देशनलाई गहन रुपमा fallow up गरेको छ ।
  • कलाकारको CRBT तथा रोयल्टी व्यस्थापनका सन्दर्भको निर्णय कार्यान्यन भएको र सम्बन्धित निकाय सँगको सम्झौता सहज भएको छ ।
  • मेलम्ची खानेपानी आयोजना सम्बन्धि निर्णय निर्देशन सगै स्थलगत निरीक्षण र निरीक्षणको प्रतिबेदन सभामुख लाई बुझाईए सगै सम्बन्धित निकायलाई परेको दवाव सगै आयोजनाको काम थप गतिशील बनेको छ ।
  • कर्णालीको सुस्थतालाई चिर्दै सम्बन्धित निकायलाई धेरै हद सम्म जिम्वेवार बन्न बाध्य परेको छ ।
  • यातयात ब्यबस्थापन सम्बन्धि निर्देशनको ब्यबस्थित कार्यान्यन तर्फ अगाडी बढेको छ । भन्दै नोट को रुप मा (नोट : माथी उल्लेखित बिषय सगै अन्य निर्णय तथा निर्देशनका पूर्ण बिबरण उपसमितिको निर्णय प्राप्त भए पछी र सम्बन्धित मन्त्रालय तथा निकायको तोकियाको समयमा आईपुग्ने प्रगति बिबरण पछी समितिको प्रभावकारिताको जानकारी हुनेनै छ) । अधिकारी ले भने ।

 बैठकले आज गरेका निर्णय हेर्न यो लिंक यहाँ थिच्नुहोला

श्रोत:न्युज NRN