युवा सङ्घ नेपालको सम्मेलन यही फागुन ११ गतेदेखि बुटवलमा हुदै छ । युवा आन्दोलनलाई सशक्त बनाउने युवा सङ्घको उद्घोष छ । नेपाली जनमानसमा आन्दोलन भन्ने बित्तिकै नारा, जुलुस, सडक जाम, बन्द सरकारविरोधी प्रदर्शन, सरकार गिराउने र बनाउने कुरा हो भन्ने बुझाइ बढ्दै गएको छ ।
वास्तवमा युवा आन्दोलन के हो ? यसका कार्यभारहरू के–के हुन् ? किन राजनीतिले युवाहरूलाई आकर्षण गर्न सकेन ? विज्ञान र प्रविधिको चमत्कारपूर्ण विकासले विश्वव्यापीरूपमा ल्याएका परिवर्तनले युवा मस्तिष्कलाई पनि ठूलो प्रभाव पारेको छ । हामी आजको युवा आन्दोलनको कुरा गर्दा परिवर्तित परिस्थितिप्रति अनभिज्ञ भएर परम्परागत बाटो हिडिरहने वा नया विकास भनेर उपभोगवादी संस्कृतिलाई पछ्याउने ? वास्तवमा हामीले हिड्ने बाटो कुन हो ? हामीले कस्ता संस्कृति निर्माण गर्न खोजेका छौ ? समृद्ध राष्ट्र निर्माणमा युवाहरूको भूमिका कस्तो हुनुपर्छ ? आजको राजनीति के भइरहेको छ ? र, युवाहरूले त्यसलाई कस्तो बनाउन चाहन्छन् ? वास्तवमा यस्ता विषयमा गहिरो छलफल गरेर अगाडि नबढ्दा नेपाली युवा आन्दोलनहरू कुइरोको कागजस्तै भइरहेका छन् ।
पछिल्लो जनगणनाअनुसार १६ देखि ४० उमेरसमूहका युवाहरू ४०.३ ५ अर्थात् करिब १ करोड ८ लाख छन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कले जनसङ्ख्याको ६१ दशमलव ५ प्रतिशत सग मोबाइल सेवा पुगेको देखिन्छ । यसको अर्थ करिब डेढ करोडको हातमा मोबाइल छ, तीमध्ये अधिकांश युवा हुन् । झन्डै २० लाखले फेसबुक चलाउछन्, तीमध्ये ६० दशमलव ५ प्रतिशत युवा हुन् । मोबाइल र इन्टरनेटबिनाको १५ बर्ष अगाडिको नेपाल र आजको नेपालमा अकल्पनीय परिवर्तन भएको छ । अर्थात् आजको युवा भनेको साइबर जेनेरेसन हो । विशेषगरी सहरी क्षेत्रमा यो साइबर जेनेरेसनले राम्रो शिक्षा पनि पाएको छ । र, यो करियरउन्मुख पनि छ र योग्य पनि । यो पुस्ताले राजनीतिलाई आलोचनात्मक ढङ्गले हेर्छ । यो पुस्ता प्रविधि र सञ्चारसग साक्षर भएको हुनाले संसारमा भएको विकासक्रमलाई छिटोसग बुझ्ने क्षमता पनि राख्छ । यही जेनेरेसन गएको बर्षमा सिङ्गो अरब क्रान्तिको कारक पनि बन्यो । नचाहिदो राजनीतिकरणमा नफसेका कारण यो पुस्ता असल कुरालाई समर्थन र खराब कुरालाई विरोध गर्ने साहस राख्छ । प्रत्यक्ष राजनीतिक पार्टीको आन्दोलनजस्तै भएको नेपालको युवा नेपालमा जन्मिएको यो पुस्ता सग कति जोडिएको छ । उनीहरूका अपेक्षा लाई सम्बोधन गर्न सकेको छ कि छैन ? आङ्खना सङ्गठनका सदस्यहरूलाई पनि नछोएको आन्दोलन वास्तविक युवा आन्दोलन बन्न सक्दैन ।
नेपालको युवा अन्दोलनको इतिहास सहिद गङ्गालालजस्तै हजारौ र लाखौ युवाहरूको त्याग र बलिदानको गौरवपूर्ण गाथा हो । न्याय, स्वतन्त्रता र समानताका लागि विगत आठ दशकदेखि आन्दोलनका आरोह–अवरोह पार गर्दै आएको छ । तर, आज यो समूह पुरानो जसरी हिड्न सक्दैन र चाहदैन पनि । जो कुराभन्दा काम र व्यवहार हेर्न चाहन्छ । लोकतन्त्रको भविष्य हाम्रो पनि भविष्य हो भन्ने फोस्रो कुरामा भुल्न पनि चाहन्न । सामूहिक उद्देश्यसगै व्यक्तिगत क्षमता र कर्ममा विश्वास गर्दछ ।
तर, अहिलेसम्म हाम्रो युवा आन्दोलनले कुरा हो युवा पुस्ताको ज्ञान, सीप र क्षमताको उपयोग र उनीहरूको नेतृत्व उद्यमशीलता र व्यावसायिकताको विकास, उसको नवपरिवर्तन, खोज र विज्ञान क्षमताको उपयोग गर्न नसक्नु । युवाहरूको ज्ञान र सीपको पूर्ण उपयोग भएको आर्थिक संस्कृतिबिना न त लोकतन्त्र बलियो हुन्छ, न विकास । विकास र लोकतन्त्रलाई छुट्ट्याएर हेर्न मिल्दैन, तर हामीकहा ८० बर्ष देखि लोकतन्त्रका कुरा भए, आर्थिक विकास र समृद्धि कहिल्यै प्राथमिक एजेन्डा बनेनन् । आर्थिक समृद्धिबिना आजको दुनियामा देशको स्वाधीनता स्थापित हुन सक्दैन । हिजो एउटा फ्याक्ट्री चलाउन १ लाख मानिस चाहिन्थ्यो, प्रविधिको विकासले त्यही काम दसजना मान्छेले गर्न सक्छन् । प्रविधिले र आधुनिक यातायातले मान्छेको प्रशस्त समय बचत गरेको छ । थोरै समयमा धेरै काम गर्नुपर्छ । समयको अत्यधिक सदुपयोग गर्न नसक्नेहरू स्वतः पछाडि पर्दछन् ।
तर, हामीले युवाले सपना देख्न सक्ने बनाउनुपर्छ । समाज विकासको सबैभन्दा ठूलो आधार सपना देख्न सक्ने बनाउनु हो । तर, हामीकहा“ कुनै पनि युवा भविष्यप्रति आश्वस्त हुन सकेको छैन । राजनीति युवाहरूको आकर्षण बनेन, तर पैसा, शक्ति र लाभका लागि भने आकषण भएको छ, त्यो क्षणिक हो– वर्तमानमा रमाउने र भविष्य बर्बाद पार्ने । पुरानो निरङ्कुश व्यवस्था फालेर नया“ बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ल्याइयो, तर त्यसलाई विकास गर्न सकेनौ । किनभने राजनीतिक परिवर्तन सगै सामाजिक परिवर्तन हुन्छ भन्ने कुरालाई आत्मसात् गरेनौ । पुरानो पुस्ता राजनीतिक परिवर्तनलाई स्विकार्छ, तर नया पुस्ता सामाजिक, आर्थिक, विकाससहितको परिवर्तन । यो परिवर्तनको प्रक्रियालाई न पुरानोले आत्मसात् गर्न सक्यो न युवा आन्दोलनले हस्तक्षेप गर्न सक्यो | त्यसकारण पनि युवा आन्दोलनले आकर्षण गुमाउदै गएको र युवाहरू निराश भएको वास्तविकतालाई भुल्नु हुदैन । यदि यो निशानाले अर्कै विद्रोहीको रूप लिन सक्छ त्यतिबेला आजका युवा आन्दोलन र सङ्गठन औपचारिकरूपमा मात्र रहन सक्दछन् । यसकारण बेलैमा युवा आन्दोलन यो संवेदनशीलतालाई आत्मसात् गर्न सक्नुपर्छ । अरूका एजेन्डा बोकेर बाच्न अबको युवा पुस्ताले सुहाउदैन, असक्षम भइसकेको अघिल्लो पुस्तालाई समय खचिर्नुको पनि कुनै औचित्य छैन । तर, पुरानालाई अयोग्य भनेकै भरमा नया योग्य हुन सक्दैन ।
एक सर्भेक्षणले के देखाउछ भने संविधानसभाको चुनावको अन्तिम सातासम्म पनि करिब ४० प्रतिशत भोट अनिर्णीत थियो । द्वन्द्वकालमा हुर्किएको यो पुस्ता देशमा शान्ति र स्थायित्वका लागि व्यग्र थियो । यिनीहरूको माओवादीसग कुनै साइनो नभए पनि शान्तिको चाहनाले धेरै भोट उनीहरूलाई नै गयो । संसार देख्न र हेर्न चाहने यो पुस्ता अलि महत्वाकाक्षी पनि छ । अहिलेको संविधान निर्माण र राज्य पुनःसंरचनाका लागि चलिरहेको द्वन्द्व र झै–झगडाबाट यो पुस्ता किंकर्तव्यविमूढ छ । सत्ताका कु-चक्रसग यसको कुनै साइनो छैन । यो पुस्तालाई शान्ति, संविधान, स्थायित्व र विकास चाहिएको छ । यो पुस्तालाई देशमा चलिरहेको जातीय वैमनश्य र अविश्वासप्रति पनि कुनै रुचि छैन ।
यो पुस्ताले के बुझेको छ भने असल साथी र असल छिमेकी कुनै एउटै जातका हुनै सक्दैनन् । असल भावना र असल काम गर्ने कुरा मान्छेले हो, जातले होइन । यो पुस्ता खुला विचारको छ । यो पुस्ताले के बुझेको छ भने एउटा बगै“चाको वरिपरि एउटै खालका फूल हुनुभन्दा फरक–फरक फूल हुनुको शोभा बेग्लै हुन्छ । यसले नेपालीको भाग्य र भविष्य आपसी सद्भाव र सहयोगमा आधारित छ भन्ने पनि बुझेको छ । त्यसैले यो पुस्ता देशलाई बढी माया गर्ने खालको छ । के भन्न सकिन्छ भने आउने चुनावमा यो पुस्ता निर्णायक हुनेछ । यसले पार्टी भोटभन्दा पनि पुस्तेभोट हाल्नेछ । त्यो यस्तो पुस्तेभोट हुनेछ, जसले नेपालको विकास, स्थायित्व, राष्ट्रिय सद्भाव र अखण्डतालाई ग्यारेन्टी गरोस् । त्यसैले आजको युवा राजनीति चौथो पुस्तालाई हेरेर दिशानिर्देश गर्न जरुरी छ ।
देशको अवस्था सकारात्मक दिशामा गयो भने यो पुस्ता अबको एक दशकमा देशका विभिन्न संयन्त्रमा निर्यायक हुनेछ र देशको सुन्दर भविष्य बनाउने जिम्मा उसको काधमा हुनेछ । नेपाली समाज मूलतः सद्भावमा आधारित समाज हो भन्ने कुरा अहिलेको युवा आन्दोलनले युवा पुस्तालाई स्पष्टसाथ बताइदिनुपर्छ । थारू, दलित, मधेस र जनजाति पछाडि परेको तथ्यको सही समाधान वर्गीय दृष्टिकोणबाटै हुन सक्छ । यो देश सबैको साझा फूलबारी हो । नेपाल एकीकरण गर्न पृथ्वीनारायण शाहजत्तिकै भूमिका जनजातिको पनि छ । नेपाली भाषाका आधारशीला भानुभक्तलाई मानिए पनि यसको विकास र प्रवद्र्धन गर्नेहरू कालिम्पोङ र दार्जिलिङका राई र प्रधानहरू हुन् । नेपालको भूगोल, समाज र जातीय बनोटलाई गहिरोसग बुझ्ने डा. हर्क गुरुङले भनेका छन् कि जनजाति लेकाली खाली पाखो जग्गा र सिकारयोग्य भूमि खोज्दै पूर्वबाट पश्चिमतर्फ गएका हुन् भने आर्यनहरू खाली नदी किनार, बेसीमा आवाद गर्दै पूर्वतिर गएका हुन् । उनीहरूले कहिल्यै एक–अर्कालाई अतिक्रमण गरेनन् र आपसी सद्भावको समाज निर्माण गरे ।
चर्चित लेखक जगदीश घिमिरेले लेखेझै नेपाली समाजलाई दक्षीण अमेरिकामा आदिवासीलाई समाप्त गरेर अर्को जाति अस्तित्वमा आएको कुरासग कुनै हालतमा तुलना गर्न मिल्दैन । हाम्रो युवा पुस्तालाई भन्नैपर्छ– नेपाली माटोमा फुलेका सुन्दर फूल हुन् जो विभिन्न प्रकारका छन् र ती एउटै बगैचामा राम्रोसग फुल्न सक्छन् । बुद्धदेखि जनक, सीता, भृकुटीदेखि योगमाया, पृथ्वीनारायण शाहदेखि अमरसिंह थापा, भानुभक्तदेखि इन्द्रबहादुर राई, नारायण गोपालदेखि अम्बर गुरुङ, हर्क गुरुङदेखि पारिजातहरू सबै हाम्रै माटोमा फुलेका सुवास हुन् । फुल्न नसकेका फूललाई ठाउ दिन आवाज उठ्नु स्वाभाविक छ । हिजोसम्म देशमा हालीमुहाली गरी मुलुकलाई जर्जर बनाउनेहरू र आज जातीय द्वन्द्वका बीज छर्दै नया जमिनदारी खोज्नेलाई युवाले नाङ्गेझार पार्नैपर्छ । युवा आन्दोलनले अबको राजनीतिक बाटोबारे प्रस्ट हुनैपर्छ । विश्व परिस्थिति र नेपालको सन्दर्भ हेर्दा आपसी प्रतिस्पर्धा तर सहयोगात्मक मोडेल नै हाम्रो अगाडिको बाटो हो । जननेता मदन भण्डारीले भनेझै जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो । युवा आन्दोलनले सिद्धान्तको रट लगाएर मात्र पुग्दैन । व्यवहारवादको बाटोले फरक विचारलाई एक ठाउमा ल्याउन मद्दत गर्छ । यसका लागि प्रजातन्त्रलाई सबैले व्यवहारमा रूपान्तरित गर्नुपर्छ । न्याय, समानता, शान्ति, विकास र मानवता युवा आन्दोलनको मुख्य लक्ष्य बन्नुपर्छ । यही“भित्रैबाट हामीले युवा अधिकार, शिक्षा , रोजगार, स्वास्थ्यका समस्या समाधान गर्ने उपयुक्त बाटो पहिल्याउन सक्नेछौ“ ।
अन्याय विभिन्न कालखण्डमा विभिन्न मुखुन्डोमा निर्दोश माथि अत्याचार गर्न आइपुग्छ । इतिहासको घुमाउरो बाटोलाई मानवता, न्याय र समानताको मापदण्डले हेर्यो भने यसलाई सरल ढङ्गले बुझ्न सक्छौ“ । ऐतिहासिक कालखण्डमा साम्राज्यवादले गरेका हर्कत र पुजीवादले गरेका असमानता र शोषणलाई युवाहरू अस्वीकार गर्छन् । त्यसरी नै अहिलेका प्रगतिशील युवा क्रान्तिका नाममा भएका अति र असान्दर्भिकता तिलाञ्जली दिएर अगाडि बढ्ने बाटो पत्ता लगाउछन् । उनीहरू प्रजातन्त्रलाई आत्मसात् गर्छन् र इतिहासका सच्चाइलाई स्वीकारेर अगाडि बढ्छन् । आजका युवामा इतिहासप्रतिको सम्यक् बुझाइ पनि आवश्यक छ । इतिहासमा माक्र्सदेखि लिङ्कन, लेनिनदेखि गान्धी र माओदेखि मन्डेलासम्मलाई हामीले सम्यक् ढङ्गले बुझ्न जरुरी छ । त्यसैगरी, हाम्रै इतिहासका बुद्ध र जनकदेखि पृथ्वीनारायण त्यस्तै पुष्पलाल, बीपीदेखि मदन भण्डारीलाई पनि नया पुस्ताले सम्यक् ढङ्गले बुझ्नु जरुरी छ । नेपाली राष्ट्रिय एकता, अखण्डता र यसको विकासका लागि यस्तो खालको बुझाइ जरुरी छ । कहिलेकाही“ हामी युवाको बाटो क्रान्ति हो कि शान्ति भन्ने भ्रममा पर्छौं । क्रान्ति र शान्ति भन्ने कुरा सापेक्ष कुरा हुन् । नेल्सन मन्डेला युवाकालमा क्रुर र अमानवीय रङ्गभेदविरुद्ध लड्ने सैन्य छापामार नेता थिए । उनमा माओत्सेतुङ र चे ग्वेभाराहरूको बढी प्रभाव थियो । २७ बर्से जेलजीवनपश्चात् उनका विचारमा अहिंसा र गान्धीपथको बढी प्रभाव देखिन्छ । सत्य के हो भने मन्डेला दुवै समयमा सापेक्ष थिए र त्यो अफ्रिकी जनताको मुक्तिका लागि जरुरी थियो ।
आज युवा आन्दोलन जमिनदारी सोचाइबाट मुक्त हुन जरुरी छ । क्याम्पस कब्जाका लागि हुने गरेका भिडन्त र हर्कत यसका उदाहरण हुन् । युवा नेतृत्व दृष्टिकोण, पहलकदमी र लोकप्रियताका आधारमा स्थापित हुनुपर्छ । वामपन्थी थिङ्क ट्याङ्कको अखडा रहेको जवाहरलाल नेहरू विश्वविद्यालयको चुनावी प्रक्रियाबाट मात्रै पनि नेपालको स्ववियु आन्दोलनले धेरै कुरा सिक्न सक्छ । राजनीतिक पार्टीमा पनि संयन्त्रमा सधै एउटैको कब्जा हुनुपर्छ भन्ने मान्यता निकै गलत हो । नेपालको भावी सत्ता बाडफाट र परिचालनका लागि हामी केरलाको मोडेलबाट सिक्न सक्छौ“ । निरन्तरता रता उन्मूलन, ग्रामीण विकास, भूमिसुधार र पर्यावरण संरक्षण जस्ता मुद्दालाई अगाडि बढाएर वामपन्थी पार्टीले केरलामा समानता र न्यायको जग खडा गरिदिएका छन् । त्यहा“ प्रायः चुनावमा सत्ताको नेतृत्व परिवर्तन हुन्छ । तर, वामपन्थीले अगाडि बढाएका जनपक्षीय एजेन्डालाई कसैले पनि निषेध गरेर जानसक्ने अवस्था छैन । कम्युनिस्ट पार्टीले पनि जनताका बीचमा राम्रो गर्न नसक्दा जनताले सजाय दिन पाउनुपर्छ ताकि सुधारिएर जनताबीच पुनःस्थापित हुन प्रयत्न गरोस् ।
राजनीतिक परिवर्तनको कालखण्डमा आन्दोलन नै महत्वपूर्ण कुरा हुन्छ । नेपालमा युवा र विद्यार्थी आन्दोलनले स्वाभाविकरूपले त्यो अभिभारा पूरा गरेको छ । भनिन्छ, राजनीतिक परिवर्तनभन्दा समाज र देश निर्माणको प्रक्रिया झनै जटिल र पेचिलो हुन्छ । हामी नया“ नेपालको सन्दर्भमा गइरह“दा युवा विद्यार्थी आन्दोलनले देशको पुनर्निर्माण र सेवाको मुद्दामा केन्द्रित हुन जरुरी छ । प्राकृतिक स्रोत साधनले सम्पन्न हुदाहुदै पनि हाम्रो देश नेपालमा चर्को गरिबी व्याप्त छ । हामीले त्यसको उपयुक्त सदुपयोग गर्न सकेका छैनौ । न्यूनतम विकासका पूर्वाधार र सार्वजनिक सेवा जनताबीच उपलब्ध छैनन् । हाम्रा संयन्त्र चुस्त छैनन् ।
भ्रष्टाचार र कुशासन व्याप्त छ । जलवायु परिवर्तनले नेपालको पर्यावरणमा ठूलो असर देखा पर्दैछ र जनजीविकामा आघात पर्न गइरहेको छ । हामीकहा“ ठूला जलस्रोतका योजना, नवीकरणीय ऊर्जाको विकासका निमित्त कस्तो नीति हुने भन्ने कुरा युवाको चासोभित्र पर्न गएको छैन । युवालाई अस्वस्थ राजनीतिमा लगाएर राजनीतिक जागिरदार बनाइ“दैछ र उनीहरूको सिर्जनशीलता नष्ट गरि“दै छ । हाम्रा युवा उद्यमशीलताको बिषयमा कम चर्चा गर्छन् । हाम्रा विद्यार्थीमा शैक्षिक क्षेत्रमा प्रगतिशील सुधारका विषयमा चासो देखिदैन । तर, क्याम्पसको ठेक्कापट्टाको विषयमा बढी चासो राख्ने गर्छन् । आज ग्रामीण युवा अरबको मरुभूमिमा थोरै पैसाका लागि पसिना चुहाइरहेका छन् । तर, हाम्रा युवालाई आधुनिक कृषिमा आकर्षित गर्न सक्यौ भने देशको उत्पादकत्व बढ्ने मात्र नभई आफनै गाउ–ठाउमा त्योभन्दा बढी पैसा कमाउन सक्नेछन् ।
ग्रामीण जागरण, सामाजिक कुरीति र भेदभावविरुद्ध संघर्ष , वातावरण संरक्षण र उद्यमशीलता विकास गर्न आजका युवाले नया जागरणको सुरुआत गर्नैपर्छ । ग्रामीण क्षेत्रका गरिब जनताको सेवा गर्ने मुद्दा केवल विकासे सङ्घ–संस्थाका मुद्दा मात्र बन्नुहुदैन । यो क्रान्तिकारी र प्रगतिशील युवाको वास्तविक मुद्दा बन्नुपर्छ । बोलिभियामा गुरिल्लायुद्ध सुरु गर्नुअघि स्वयम् चे पनि आफू डाक्टर भएर जनताको सेवा गरी उनीहरूलाई प्रभावित गर्न चाहन्थे । कम्युनिस्ट विचारबाट प्रभावित डा. कोट्निस र नर्मन बेथुनले घाइते र पीडित जनताका लागि गरेको सेवा विश्वविख्यात छ । प्रजातन्त्र र प्रतिस्पर्धामा विश्वास गर्ने आजका युवाले योजना पार्ने र खाने अहिलेको तरिकालाई दुरुत्साहित गर्न जरुरी छ । उनीहरूले जनतालाई सेवा गर्न सक्ने नमुना ग्रामीण परियोजना आङ्खनै पहलमा विकास गर्न जरुरी छ । वास्तवमै यो कम्युनिस्ट आन्दोलनप्रतिको कठोर टिप्पणी हो र प्रगतिशील युवा आन्दोलनले यस्तो टिप्पणीबाट पाठ सिक्नैपर्छ । आजका युवाले सोच्नैपर्छ कि जनताको सेवा गरेर मात्र भोलि युवा आन्दोलन स्थापित हुन सक्छ । युवा आन्दोलन स्थापित भएर मात्र हाम्रो देश विकसित र सुन्दर बन्न सक्छ ।
एमाले नेता रबिन्द्र अधिकारी को उक्त लेख २०६९ फागुन महिनाको नबयुगमा प्रकाशित छ |