मिना गुरुङ सृजनशिल पत्रकारिता पुरस्कारबाट भण्डारी सम्मानित

पत्रकार महासंघ कास्कीद्धारा संचालित र सन्चारकर्मी मिना गुरुङद्धारा स्थापित “ मिना गुरुङ पत्रकारिता पुरस्कार २०७१” बाट पत्रकार दुर्गा भण्डारी सम्मानित भएकी छन् । पत्रकार महिलाहरुको क्षमता बढाउन तथा पत्रकारिता पेशामा टिकाई राख्दनको लागि पोखरामा पहिलोपटक स्थापित उतm पुरस्कारबाट भण्डारीलाई सम्मान गरिएको हो । भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि, संसदिय विकास उपसमितिका सभापति रविन्द्र अधिकारीले रु ११ हजार १ सय ११ नगद सहित दोशल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।pokhara-kripa

२०५३ सालदेखि निरन्तर पत्रकारिता गर्दे आएकी भण्डारी हाल कास्की सन्देश साप्तहिकका सम्पादक तथा प्रकाशक हुन् । सम्मान ग्रहण गर्दे भण्डारीले पत्रकारिताको यात्रामा कहिलेकाहि हतोत्साहित हुने समय आएको स्मरण गर्दे पुरस्कारले पेशालाई निरन्तरता दिन प्रेरणा मिलेको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि सभासद् रविन्द्र अधिकारीले धेरै चुनौती को सामना गर्नुपर्ने पत्रकारिता पेशामा ब्यवसायिकताको खाँचो रहेको बताए । उनले पत्रकारिता पुरुषको दाँजोमा महिलालाई केहि कठिन हुने बताउँदै घरपरिवारलार्इ ब्यवस्थित गर्दे पत्रकारिता गर्नु महिला पत्रकारहरुको महानता भएको बताए । उनले निरन्तरता नै सफलताको कसि भएकाले जे पेशा गरेपनि त्यसमा धैर्यता र निरन्तरताको आबाश्यकता रहेको बताए ।

न्युज स्रोत : कृपा भण्डारी , पोखरा