आदरणीय साथीहरु !

आज कार्यकाल पूरा गरेर फर्कंदा मैले जे जे गरे त्यो सबै छर्लङ छ । मेरो क्षमताले भ्याएसम्म इमान्दारी र निष्ठाका साथ कास्कीका जनता गौरवान्वित हुने गरी काम गरौं भन्ने प्रयत्न गरिरहें । आज यहाँहरु माझ आउँदा एउटा कुरा भने गर्वका भन्न चाहन्छु, मैले यी दुवै अवधिमा कास्कीका त्यसमा पनि मलाई मतदान गरेर विजयी बनाउनु हुने आदरणीय मतदाताको शिर झुक्ने खालको एउटा पनि काम गरेको छैन । यद्यपि जुन विश्वास र अपेक्षाका साथ…….

———————————————————————————————————————

प्रेस विज्ञप्ति
मिति–२०७४÷०६÷३१
आदरणीय पत्रकार साथीहरु !
२०७० सालको ऐतिहासिक निर्वाचनबाट गठित संविधान सभाले २०७२ असोज ३ गते संविधान जारी गरेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत ग¥यो । सो ऐतिहासिक कार्यमा कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासदको रुपमा सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्ने आदरणीय जनताप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । हुन त यस क्षेत्रका जनताले र मेरो प्यारो पार्टी नेकपा एमालेले ०६४ सालमा पनि मलाई संविधान बनाउनकै लागि संविधान सभामा पठाउनु भएको थियो । त्यो अवधिमा हामीले संविधान बनाउन र जारी गर्न गरेको घनिभुत प्रयास असफल भएपछि दोस्रो संविधान सभाको निर्वाचन भएको सर्वविदितै छ । अघिल्लो संविधान सभाले संविधान जारी गर्न नसके पनि हामीले चाहेको संविधानको आधारभूत कुरा त्यही समयावधिमा बनाइसकेका थियौं र त्यही आधारमा टेकेर दोस्रो संविधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा गरेको स्मरण गर्न चाहन्छु । संविधान जारी भइसकेपछि शान्ति प्रक्रिया पूरा भएर मुलुकले नयाँ राजनीतिक कोर्स शुरु गरिसक्नु हामी सबैका लागि खुशीको कुरा हो ।

छिमेकी मुलुकको नाकाबन्दी, देशभित्र र बाहिरका अपेक्षित अनेपेक्षित अनेकन दबाबका बाबजुद यो मुलुकलाई हामीले संविधान दिन सक्यौं । यो कार्य हामी सभासदको प्रयासले मात्र सफल भएको होइन, आम नेपाली जनताको निरन्तर सहयोग, माया, विश्वास र खबरदारीको मुख्य भूमिकाले सम्भव बनाएको हो । त्यसको श्रेयको वास्तविक हकदार हामीलाई अमूल्य विश्वासको मत दिएका आदरणीय जनता नै हुन् ।

संविधान सभा र व्यवस्थापिका संसदमा हामीले यसबीचमा १४० भन्दा बढी कानुन पास ग¥यौं । त्यसमा स्थानीय सरकार सञ्चालन र निर्वाचन कानुनका साथै डेढ सय वर्ष पुरानो मुलुकी ऐन प्रतिस्थापन गर्ने कानुन बनायौं । यही संविधान सभा र व्यवस्थापिका संसदबाट इतिहासमा पहिलोपटक मुलुककै सर्वाेच्च पद राष्ट्रपतिमा महिला र पहिलोपटक नै सभामुखमा महिला चुन्न सक्यौं । यो चानेचुने उपलब्धि होइन ।

एक सांसदको हैसियतले संसदमा उच्च माध्यमिक शिक्षा सुधार, विश्वविद्यालयको गुणस्तर, सार्वजनिक यातायात व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, पोखराको अर्मलामा परेको प्राकृतिक प्रकोपको सम्बन्धमा ध्यानाकर्षण, राष्ट्रिय गौरवका आयोजना पूर्वाधार विकास लगायतका सन्दर्भमा सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराई छलफल गराएर राष्ट्रको ध्यान खिचेको यहाँहरु सबैलाई विदितै रहेको विषय हो । सँगसँगै आफ्नो दायित्व अनुसारै निर्वाचन क्षेत्र विकास कार्यक्रम र विशेष पूर्वाधार कार्यक्रम पारदर्शी बनाउने, अनुगमन गर्ने तथा त्यसमा अत्यधिक जनसहभागिता गराई देशभरिमै उत्कृष्ट कार्य गर्न सकेकोमा मलाई गर्व महसुस भएको छ । यसैबीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता लगायत सबै प्रक्रिया पूरा गरी अहिले निर्माण सुरु गराउन पहल कदमी लिनुलाई पनि अर्काे महत्वपूर्ण उपलब्धि मानेको छु ।
म विकास समितिको सभापति भएर जाँदासम्म राष्ट्रिय गौरवका विकास आयोजनाको गति सुस्त थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसैमध्येको एक उदाहरण थियो । अहिले पोखरा विमानस्थल निर्माण चरणमा प्रवेश गरिसकेको यहाँहरु सबैलाई थाहै छ । पोखराको खानेपानी शुद्धीकरण परियोजना अघि बढाउन होस् या यहाँको पर्यटकीय विकास र यातायात कनेक्टिभिटी गराउन र प्राकृतिक स्रोत साधनको संरक्षण अनि व्यवस्थित पोखराका लागि नीति निर्माण सहित शिक्षा स्वास्थ्य, सडक लगायत अन्य साना तिना विकास निर्माणका काममा हामीले निर्वाह गरेको भूमिका उल्लेख्य नै छन् ।

काली गण्डकी करिडोर, बेनी जोमसोम कोरला सडक तीब्र गतिमा स्तरोन्नति भइरहेको छ । कोरला नाका खुल्ने निश्चितप्रायः भइसकेको छ । भिमाददेखि कावासोती सडक निर्माण प्रक्रिया अगाडि बढेर ट्र्याक खुलिसकेको छ । यसले चीनको सिमाना कोरला नाकादेखि भारतको भैसालोटनलाई जोड्नेछ । यी प्रदेश नम्बर ४ को विकासका लागि सबै भन्दा ठूलो उपलब्धि हुन् । यीबाहेक देशका अरु थुप्रै विकासका आयोजनाहरुलार्ई गति प्रदान गरेर विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्र भागमा ल्याउन सक्नु र देशको समृद्धिका बारेमा रा।िष्ट्रय जागरण सिर्जना हुनुलाई ठूलो उपलब्धि मान्नुपर्छ ।

आज कार्यकाल पूरा गरेर फर्कंदा मैले जे जे गरे त्यो सबै छर्लङ छ । मेरो क्षमताले भ्याएसम्म इमान्दारी र निष्ठाका साथ कास्कीका जनता गौरवान्वित हुने गरी काम गरौं भन्ने प्रयत्न गरिरहें । आज यहाँहरु माझ आउँदा एउटा कुरा भने गर्वका भन्न चाहन्छु, मैले यी दुवै अवधिमा कास्कीका त्यसमा पनि मलाई मतदान गरेर विजयी बनाउनु हुने आदरणीय मतदाताको शिर झुक्ने खालको एउटा पनि काम गरेको छैन । यद्यपि जुन विश्वास र अपेक्षाका साथ मलाई राष्ट्रको महत्वपूर्ण जिम्मेवारी दिनु भएको थियो, त्यो पूरा गर्न सके सकिन, यहाँहरुले नै मूल्याङ्कन गर्नु हुनेछ ।
धन्यवाद ।

रविन्द्र अधिकारी,
पोखरा