वझाङ ।
बझाङको काडा गाउँपालिकामा–५ बाट नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । आईतबार भएको मनोनय दर्ताको वेला उक्त गाउँपालिकाको वडा नं. ५ बाट अन्य कुनै दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध विजयी भएको हो ।
निर्विरोध निर्वाचित हुनेमा महिला सदस्य अम्मरा बोहरा, अन्य सदस्यहरुमा डवल बोहरा र कलु बोहरा रहेका छन् । यस वडामा दलितको बसोबास नभएका कारण दलित सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन । कसैको उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वाचित गरिएको कांडा गांउपालिकाका निर्वाचन अधिकृत विरेन्द्र केसीले जानकारी दिएका छन ।
आफ्नो वडामा रहेका विभिन्न खोला र नदीहरुमा झोलुगे पुल निर्माण गर्नु र गोरेटो बाटोलाई चौडा बनाउने काम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको निर्वाचित वडा अध्यक्ष धनञ्जय बोहराले बताउनुभयो । उहाँले वडाका वासिन्दाको सल्लाह र सुझावमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
नेकपा (एमाले) को प्यानल नै विजयी भएपछि उक्त वडामा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ताहरुले नाराबाजी सहित विजयी जुलुस निकालेका छन् ।
हामीले यो समाचार रातोसुर्य अनलाइन बाट लिएका हौ |