सडकले छिचोलिँदै ओलाङचुङगोला

चिनियाँ टोली फागुनदेखि नेपाली पहाड छिचोल्दै बस्तीतर्फ लम्किरहेको छ । उनीहरूको एउटै ध्येय ओलाङचुङगोलाको बस्ती सडकले जोडिदिने हो । त्यही ध्याउन्नमा प्रत्येक बिहान ५ बजेदेखि सुरु भएको मेसिन बेलुका ७ बजेमात्रै रोकिन्छ । सडकको नियमित अनुगमन ओलाङचुङगोलाका छेतेन वालुङले गरिरहेका छन् ।
यहाँका बासिन्दा आफैं चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र ओलाङचुङगोला नाकालाई सडक सञ्जालले जोड्न जुटेका हुन् । यहाँ जन्मेर अमेरिका, बेलायत र काठमाडौं गएर बसेकाहरू मिलेर सडक खन्न २ करोड रुपैयाँ जुटाएका छन् ।

नेपाल–चीन सीमा नाका ताप्लेजुङको टिप्ताला भन्ज्याङदेखि ओलाङचुङगोला तर्फ बनाउँदै ल्याइएको सडक । तस्बिर : आनन्द/कान्तिपुर

यहाँका बासिन्दा बिहान सबेरै हिँडे मात्रै बेलुका तिब्बतको रिउ पुग्छन् । बाहिरबाट जानेलाई एक दिन र एक बिहान लाग्छ । ५ हजार १ सय मिटर उचाइ पार गरेर जानुपर्दा लेक लाग्ने भएकाले एकैदिनमा पुग्न कठिन हुन्छ ।

यो समाचार कान्तिपुर दैनिक बाट लिएका हौ |