राजनीतिले उनलाई विद्रोह गर्न सिकायो । कक्षा सातमा पढ्दै हलो जोतेर पण्डित परिवारको पगरी हटाइदिए । दलितको घरभित्र बसेर खानेकुरा खाँदा उनले घरबाट निष्काशन हुनपर्यो । यसले उनको विद्रोही चेतनाले झन झाँगिने मौका पायो । ‘मानिसको अन्तराष्ट्रिय जात हुन्छ’ भन्दै कम्युनिस्ट नेताले कसिला मुठ्ठी कसेर भाषण गरेको देखेका रविन्द्रले छुवाछूतको विरोध गरे ।
राजनीतिक यात्राका क्रममा रविन्द्र पृथ्वीनारायण क्याम्पस पोखरा र त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको स्ववियु सभापति भए । उनी अनेरास्ववियुको अध्यक्ष बन्दै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन् । नेकपा (एमाले) कास्कीको सचिवदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका रविन्द्र संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा कास्कीबाटै विजयी भए । लालसेना बन्ने रहरले कुतकुत्याएपछि राजनीतिमा होमिएका रविन्द्रले दरबारलाई दरबारकै विरुद्ध पाँचलाख २७ हजारको हस्ताक्षर बुझाउँने आँट गरे ।
शुक्रबार साउने झरीमा सिंहदरबारस्थित संसदको विकास समितिको कार्यकक्षमा भेटिएका रविन्द्र विगतको पन्तुरो खोतल्दै गर्दा बेलाबेला निकै भावुक र बेलाबेला निकै रोमाञ्चक मुडमा प्रस्तुत भए । विद्यार्थी राजनीति र संघर्षले भरिपूर्ण उनको जीवन सम्वादका क्रममा उनी निकै खुले । साउने झरीले चिसो बनाएको मौसममा चियाको साहारा लिदैँ करिब एक घण्टा बिताइयो । सम्वादका क्रममा उनले जीवनका रोमाञ्चक र सम्झनलायक संस्मरण यसरी साटेः
दरबारलाई चेतावनी, माओवादीलाई चुनौती
३६ दिन लगातार हलो जोतेँ
पण्डित परिवारमा हुर्किएकाले मलाई सबैले पण्डित परिवारकै सम्मान दिन्थेँ । अहिले पनि याद छ । त्यसबेला म कक्षा सातमा अध्ययनरत थिए । त्यतिबेलाको जमानामा पण्डित परिवारले हलो जोत्ने कुरा वर्जित थियो । मेरो बुबा, हजुरबुबा पण्डित हुनुहुन्थ्यो । तल्लो घरको हजुरबा पनि पण्डित हुनुहुन्थ्यो ।
मेरो बुबा र हजुरबुबा मात्र होइन तल्लो घरको हजुरबुबालाई पनि मैले हलो जोतेको पिटिक्कै मन पर्दैन थियो । तर, मैले ती सबैको वेवास्था गर्दै हलो जोतेँ । सबैतिरबाट मेरो आलोचना भैरहयो । तर मैले हलो जोत्ने कामलाई निरन्तरता दिदैँ रहेँ । एसएलसी परीक्षापछि पनि म हलो जोत्थेँ । मध्य असारको बेला थियो ।
तल्लो घरको हजुरबाको घरमा काम गर्ने हली दाइको बुबाको त्यसैबेला मृत्यु भयो । उहाँ बुबाको काजक्रियामा बस्नुपर्ने भयो । गाउँमा परेली (आलोपालो एक–अर्काकोमा काम गर्ने चलन)को चलन थियो । हलिदाइको बुबा बितेपछि हजुरबाकोमा जोत्ने मान्छे भएन । मध्य असारको बेला खेती नलगाई नुहुने ।
निकै समस्या भएपछि हजुरबाले ‘रविन्द्रलाई नै जोत्न लगाउनु पर्नेभयो’ भन्नुभएछ । त्यो कुरा मसम्म आयो । मैले ‘हजुरबा नै आएर आग्रह गरे मात्र जोत्ने सर्त राखेँ ।’ पछि हजुरबा आएर मलाई आग्रह गर्नुभयो । म पनि त्यही प्रतिक्षामा थिएँ । उहाँकोमा गएर जोतेँ । त्यसबेला मेरो जित भएको अनुभुति भयो । म त्यो घटना बिर्सन सक्दिन ।
मैले त्यो वर्ष ३६ दिन लगातार हलो जोतेँ ।
त्यतिमात्र होइन म त्यसैबेलादेखि छुवाछूत विरोधी थिएँ । मैले पानी नचल्ने जातको घरमा गएर खाएको भन्दै कति पटक हजुरबाले घरबाट निकालेको मलाई याद छ । अहिले सम्झदा यी दुबै घटनाले मलाई क्रान्तिकारी बन्न प्रेरणा दियो भन्ने लाग्छ ।
हजुरबाले ‘रविन्द्रलाई नै जोत्न लगाउनु पर्नेभयो’ भन्नुभएछ । त्यो कुरा मसम्म आयो । मैले ‘हजुरबा नै आएर आग्रह गरे मात्र जोत्ने सर्त राखेँ ।’ पछि हजुरबा आएर मलाई आग्रह गर्नुभयो । म पनि त्यही प्रतिक्षामा थिएँ । उहाँकोमा गएर जोतेँ । त्यसबेला मेरो जित भएको अनुभुति भयो ।
वनविज्ञानको अध्ययन छाडेर व्यवस्थापनतिर
मैले एसएलसी पास गर्दा मेरो दाई ‘साइन्स’ पढेर अधिकृत बन्नुभएको थियो । परिवारको चाहना मलाई वनविज्ञान पठाउने थियो । वनविज्ञाको अध्ययनका लागि हेटौँडा जानुपर्ने बाध्यता थियो । म त्यसबेला राजनीतिमा सक्रिय भैसकेको थिएँ । राजनीतिमा रस भिजेका कारण मलाई वनविज्ञान पढ्ने चाहना थिएन । तर, बुबा र दाइले वनविज्ञान अध्ययनका लागि मेरो भर्ना गरिदिनुभयो । बस्नका लागि कोठासमेत खोजी दिनुभयो ।
तर, मैले उहाँहरुले थाहा नपाई विज्ञान पढ्ने निधो गरी पहिल्यै भर्ना गरिसकेको थिएँ । विज्ञान विषयको अध्ययन गर्दा ‘प्राक्टिकल’ हुने नियमति ‘कजेल’ जानुपर्ने झमेला हुने र राजनीति गर्ने समय नहुने भएकाले मैले व्यवस्थापन अध्ययन गर्ने निधो गरेँ र पछि फेरि व्यवस्थापनतिर मोडिएँ ।
यो कुरा घर–परिवारमा पहिलो वर्षको रिजल्ट आएपछि र म पास भएपछि मात्र जानकारी गराएँ । परिवारबाट निकै ठूलो हप्की खानु पर्ला भन्ने सोचेको थिएँ । तर, त्यस्तो भएन । पछि मैले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेँ । अहिले त्यो घटना सम्झदा ठिकै गरेछु, जस्तो लाग्छ ।
बन्दीगृहमा ड्राइभरले हतकडी खोलिदिए
०४६ सालको जन–आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यसैबेला म, झलक सुवेदीलगायतका केहीलाई तत्कालीन प्रशासनले हतकडीसहित जेलमा हाल्यो । प्र्रशासनले निकै दुःख दियो । त्यो घटना सम्झदाँ अहिले पनि कहाली लाग्छ । भुँइमा पानी खन्याएर त्यही पानीमाथि हामीलाई सुताउने गरेको थियो ।
सबै बन्दीले ट्वाइलेट जाँदा हतकडीसहित जानु पर्ने बाध्यता थियो । आठ–दश दिन बन्दीगृहमा बसेपछि एक जना ड्राइभरसँग भेट भयो । उनी निकै चतुर थिए । राम्रो हिमचिम भएपछि उनले रातीराती मेरो हतकडी बहुत कुसल तरिकाले खोल्ने र बिहान भएपछि जस्ताको त्यस्तै बनाउँने गर्न थाले ।
मेरो हात चलाएर बोल्ने बानी भएकाले हतकडी खोलेपछि हात चलाएर निर्धक्कसँग गफ गर्न थालेँ । यो सबै कुरा प्रहरीले थाहा पाएछ । त्यो कुरा थाहापाएपछि प्रहरीले मलाई निर्मम यातना दियो र पाँच सय पटक उठबस गर्न लगायो । यो मेरो जीवनको साच्चै पीडादायी घटना थियो ।
रविन्द्र अनेरास्ववियुको अध्यक्ष बन्दै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन् । नेकपा (एमाले) कास्कीको सचिवदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका रविन्द्र संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा कास्कीबाटै विजयी भए ।
महिलाका कपडा लगाएर भागेँ
म पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्थेँ । २०४६ सालको आन्दोलन निकै उत्कर्षमा पुगेको थियो । हामी एक साँझ होेस्टलमै महत्वपूर्ण बैठक बसिरहेका थियौँ । प्रहरीले होस्टलमा छापा मार्यो । त्यहाँ भागदौड चल्यो । सबै साथी छिन्नभिन्न भए । म र केही साथी भूईँमा घिस्रिदैँ पल्लो ‘कर्नर’मा गएर बस्यौँ । प्रहरी हाम्रो वरीवरी थुप्रै पटक घुम्यो तर हामीलाई फेला पार्न सकेन ।
भोलिपल्ट बिहान हामी महिला होस्टलमा प्रहरीको आँखा छलेर छिर्यौँ । हामीलाई महिला साथीले साथ दिए । उनीहरुकै सहयोगमा महिला विद्यार्थीका कपडा लगाएर त्यहाँबाट भाग्न सफल भयौँ । प्रहरीले कुनै पनि पत्तो पाएन ।
भोलिपल्ट बिहान हामी महिला होस्टलमा प्रहरीको आँखा छलेर छिर्यौँ । हामीलाई महिला साथीले साथ दिए । उनीहरुकै सहयोगमा महिला विद्यार्थीका कपडा लगाएर त्यहाँबाट भाग्न सफल भयौँ । प्रहरीले कुनै पनि पत्तो पाएन ।
पर्खाल फोरेर क्याम्पस प्रमुखको निवासमा
२०४६ सालको आन्दोलनकै ताका पोखरामा एउटा ठूलो घटना घट्यो । त्यसकोे सबै रिपोर्ट पार्टीलाई दिनुपर्ने थियो । टेलिफोनको सेवा सहज नभएकाले हामीले रिपोर्ट दिनका लागि सबैभन्दा उपयुक्त क्याम्पस प्रमुखको निवास हुने ठहर गर्यौ । गणेश गुरुङ क्याम्पस प्रमुख हुुनुहन्थ्यो ।
हामी राती उहाँको निवासमा पर्खाल फोरेर पुग्यौँ । उहाँले अताल्लिएर भन्नुभयो– ‘लौ–लौ यहाँबाट तिमीहरु भागिहाल, अहिले पुलिस आउँछ ।’ तर हामीले निर्धक्क साथ फोन ग¥र्यौ । त्यसको केही दिनपछि म उहाँकै निवासबाट पक्राउ परेँ ।
दरबारमा पाँच लाख २७ हजारको हस्ताक्षर
२०५७ सालमा पूर्व युवराज पारस शाहले हाँकेको गाडीले गायक प्रविण गुरुङको किचेर मार्यो । त्यसबेला म अनेरास्ववियुको अध्यक्ष थिएँ । अनेरास्ववियुले मुलुकभरी नै त्यसको विरोधमा आन्दोलनको घोषणा ग¥यो । मेरो नेतृत्वमा मुलुकभरी विरोध भयो । आन्दोलन नगर्न मलाई धेरैतिरबाट दबाब आयो । तर, त्यसको बेवास्था गर्दै अनेरास्ववियुले आन्दोलन चर्कायो । हामीले मुलुकभरी हस्ताक्षर अभियान सञ्चालन गर्यौँ ।
त्यही घटनालाई आधार बनाएर मेरो परिवारलाई विभिन्न अज्ञात व्यक्तिले मार्नेसम्मको धम्की दिए । मलाई पनि मार्नेसम्मको योजना बनाएको कुरासुरक्षा निकाएबाटै गोप्यरुपमा थाहा पाएँ । उनीहरुले मलाई मार्नका लागि म चड्ने गरेको मोटरसाइकलको नम्बरसम्म नोट गरेर राखेका रहेछन् । पछि हामीले पाँच लाख २७ हजारको हस्ताक्षर दरबारमै लगेर बुझायौँ । त्यतिबेला पनि हामीलाई दरबारले त्यही खतम बनाउँछ भन्ने सोचेका रहेछन् । तर, दरबारले केही गर्ने आँट गरेन् ।
उनीहरुले मलाई मार्नका लागि म चड्ने गरेको मोटरसाइकलको नम्बरसम्म नोट गरेर राखेका रहेछन् । पछि हामीले पाँच लाख २७ हजारको हस्ताक्षर दरबारमै लगेर बुझायौँ । त्यतिबेला पनि हामीलाई दरबारले त्यही खतम बनाउँछ भन्ने सोचेका रहेछन् । तर, दरबारले केही गर्ने आँट गरेन् ।
मृत्युलाई जितेर फर्के
अनेरास्ववियुको जिम्मेवारी पूरा गरेपछि कास्की फर्की पार्टी राजनीतिमा सक्रिय थिएँ । त्यतिबेला माओवादीको शसस्त्र युद्ध उत्कर्षमा पुगेको थियो । व्यक्ति हत्याको श्रृंखलालाई उसले निकै महत्व दिएको थियो । राजनीतिक आस्थाकै कारण हत्या गर्ने, अंगभङ्ग बनाउने जस्ता घृणित कार्यमा माओवादी उत्साहित थियो । त्यसैबेला मलाई एक कार्यक्रबाट माओवादीले अपहरण गर्यो ।
माओवादीले मलाई अपहरण गर्दा सारा गाउँ माओवादीको विरोधमा उत्रियो । त्यसले मलाई एकातिर उत्साह पैदा भएको थियो । अपहरणपछि मलाई उनीहरुले हत्या गर्लान वा अंगभङ्ग गराउलान भन्ने मानसिक रूपमा तयार भएको थिएँ । त्यसले पनि मलाई धेरै डर लागेन ।
मैले उनीहरुलाई निर्धक्कसाथ ‘तिमीहरु राजासँग हात मिलाइरहेका बेला म दरबारमा दरबारकै विरुद्ध लाखौँको हस्ताक्षर बुझाइरहेको थिएँ । तिमीहरु भारतमा बसेर नेपालमा युद्ध गर्ने योजना बनाइरहेका बेला मेरो नेतृत्वमा ‘कालपानी नेपालको हो’ भनी मार्चपास गरिरहेका थियौँ । तिमीहरुले मलाई के ठानेका छौँ’ भनी प्रतिवाद गरेँ । उनीहरु त्यसपछि केही गले जस्तो भए ।
मेरो अपहरणपछि सञ्चार माध्ययममा पनि माओवादीको निकै विरोध भयो । अन्तिममा उनीहरुले मलाई अपहरण मुक्त गर्नेसम्म आँट गर्न सकेनन् । मलाई त्यही छोडेर उनीहरु भागे । मलाई त्यतिबेला मृत्युको मुखमा पुगेर पनि बाँचेर आएको जस्तो अनुभूति भयो ।
मैले उनीहरुलाई निर्धक्कसाथ ‘तिमीहरु राजासँग हात मिलाइरहेका बेला म दरबारमा दरबारकै विरुद्ध लाखौँको हस्ताक्षर बुझाइरहेको थिएँ । तिमीहरु भारतमा बसेर नेपालमा युद्ध गर्ने योजना बनाइरहेका बेला मेरो नेतृत्वमा ‘कालपानी नेपालको हो’ भनी मार्चपास गरिरहेका थियौँ । तिमीहरुले मलाई के ठानेका छौँ’ भनी प्रतिवाद गरेँ ।
‘स्ववियु सभापति होस् त रविन्द्र जस्तो’
पोखरामा अध्ययन गर्दाताका पृथ्वीनाराण क्याम्पसमा सभापति भै सकेको थिएँ । स्नातकोत्तर अध्ययनका लागि त्रिभूवन विश्वविद्यालय कीर्तिपुर आएँ । त्यतिबेला केदारभक्त माथेमा त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्रमुख हुनुहुन्थ्यो । पृथ्वीनाराणको सभापति हुँदा मलाई उहाँले एक पटक औपचारिक कार्यक्रममै ‘स्ववियु सभापति होस् त रविन्द्र जस्तो’ भन्नुभएको थियो ।
त्यहि कुरा उहाँले ‘टियु’मा औपचारिक भाषणकै क्रममा दोहोर्याउनुभयो । उहाँलाई धेरैले कांग्रेस निकट भन्ने गरेका थिए । उहाँको त्यो भनाइपछि नेपाल विद्यार्थी संघका विद्यार्थीहरु निकै रिसाएका थिए । नभन्दै म त्यही पटक सभापतिको उम्मेदवार बने र विजयी पनि भएँ । आफुले राम्रो गर्न सक्यो भने सम्मान पनि पाइन्छ भन्ने कुराको ज्ञान त्यसबेला भयो ।
एमाले विभाजन हुँदा धेरै रात अनिदो भएँ
नेकपा (एमाले)मा नेताबीच मतभेद चुलिएपछि पार्टी विभाजनको संघारमा पुग्यो । म विभाजन नहोस् भन्ने पक्षमा थिएँ । पार्टी विभाजन हुने निश्चित भएपछि दुवै थरी नेता एक अर्काको आरोप–प्रत्यारोपमा खुलारुपमा भाषण गरिरहेका थिए । म भने रातभरी पीडामा हुन्थेँ ।
जीवनमा सबैभन्दा बढी पीडा मलाई एमाले विभाजन हुँदा भयो । रातभरी चिन्ताले अनिदो हुन्थँे । दिनभरी कार्यकर्तालार्ई उर्जा भर्नका लागि भए पनि भाषण गर्नुपर्ने बाध्यता हुन्थ्यो । एमाले विभाजन हुँदा म आफैँ विभाजन भएको अनुभूति भएको थियो । मलाई एमाले–माले विभाजले जीवनमा निकै ठूलो पाठ सिकायो । पार्टी विभाजनको पीडा नेतालाई मात्र हुँदैन । त्यसको पीडा आम कार्यकर्तामा पनि हुन्छ भन्ने बोध मलाई त्यसैबेला भयो । अहिले पनि मलाई अन्य पार्टीका नेतालेसमेत विभाजनको कुरा गर्दा निकै नरमाइलो लाग्छ ।
योगेश र म अलग हुँदा
मैले सम्झिने महत्वपूर्ण घटनामा नेकपा (एमाले)को नवौँ महाधिवेशन पनि एक हो । विभिन्न कारणले मैले र योगेश भट्टराईले फरक–फरक समूहका नेताको समर्थन गर्यौँ । मैले नवौँ महाधिवेशनको केही समय पहिला पनि योगेशजीलाई ‘महाधिवेशनमा फरक–फरक नेतालाई अध्यक्षमा समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ है,’ भनेको थिएँ । तर मैले त्यसो भन्दैगर्दा पनि मलाई एक प्रकारको पीडा महशुस भएको थियो ।
योगेशजी र मेरो व्यक्तिगत सम्बन्ध नराम्रो भएर वा अरू कुनै कुराले पनि हामी महाधिवेशनमा फरक–फरक कित्तामा उभिएका थिएनौँ । हामी अनेरास्ववियुको प्रारम्भिक कमिटिदेखि नै एक प्रकारले सहकार्य गरेर अघि बढेका थियौँ । हामीबीच कहिल्यै पनि नराम्रो भएन ।
योगेशजी र मेरो व्यक्तिगत सम्बन्ध नराम्रो भएर वा अरू कुनै कुराले पनि हामी महाधिवेशनमा फरक–फरक कित्तामा उभिएका थिएनौँ । हामी अनेरास्ववियुको प्रारम्भिक कमिटिदेखि नै एक प्रकारले सहकार्य गरेर अघि बढेका थियौँ । हामीबीच कहिल्यै पनि नराम्रो भएन ।
तर, नवौँ महाधिवेशनमा हामी त्यसै–त्यसै टाढाटाढा जस्तो भयौँ । मलाई त्यतिबेला निकै मुस्किल भयो । वर्षौसम्मका मेलामिलाप पार्टीका फरक–फरक समूहका नेताको समर्थक बन्दा टाढा हुने हो कि भन्ने चिन्ताले निकै सताएको थियो । मैले राजनीति हो, आज फरक भएको व्यक्ति भोलि फेरि एक ठाउँमा हुन सकिन्छ भनी चित्त बुझाएँ । मलाई कता–कता हामी आफैँ पनि एक–अर्काको आरोप–प्रत्यारोपमा उत्रिने पो हौँकी भन्ने डर पनि लागेको थियो । त्यो भएन । हामी सौहार्दपूर्ण वातावरणमा महाधिवेशनमा सहभागी भयौँ ।
प्रस्तुतिः मोहन बास्तोला