नेताहरु खुराफात गर्नमै ब्यस्त छन: रबिन्द्र अधिकारी

passportपुस्तक- बार्ता

 

पुस्तक पढ़दै हुनुहुन्छ ?

खेम राज नेपालको समाज,संस्कार र शासन |

 

पछिल्लो समय कुन पुस्तक पढ्नु भएको थियो ?
सरोज अधिकारीको चक्रब्यूहमा चन्द्रसूर्य र सकस |

 

कुन बिधाका पुस्तक बढ़ी पढ्नु हुन्छ ?
साहित्य , दर्शन , र राजनितिका | साहित्यमा बढ़ी उपन्यास, अनी दार्सनिक निबन्धहरु पढ़्न रुचाउछु |

 

तपाईलाई मन पर्ने लेखक र पुस्तक ?
ठ्याक्कै यही लेखक ,पुस्तक भन्ने त छैन | बिषय बस्तु अनुसार सबै लेखकका पुस्तक को आ आफ्नो महत्व हुन्छ | त्यस्ता धेरै पुस्तक र लेखक छन | बिषय बस्तु अनुसार लेखक र पुस्तकको आ आफ्नै महत्व हुन्छ | नामै लिनू पर्दा शंकर लामिछाने , नारायण ढकाल , लक्ष्मी प्रसाद देबकोटा , सीके लाल, चैतन्य मिश्र जस्ता लेखक /साहित्यकार र उनिहरुका पुस्तक बिशेस मन पर्छन |

 

धेरै पटक दोहोर्याएर पढेको पुस्तक ?
निकोलाई अस्त्रोबस्की ’अग्निदीक्षा’, कर्ण शाक्यको ‘सोच’ लगायेत पुस्तक | पढ़्न मन लागेको तर नपाएको पुस्तक ?
‘अ बेटर इण्डिया,अ बेटर वर्ल्ड’ | यस पुस्तक बारे चर्चा र समीक्षा हरु पढ्दा पढ़ूँ पढूं लाग्यो तर अझै सम्म पढ़्न पाएको छैन |

 

दैनिक कति घन्टा पढ्नु हुन्छ ?
प्रत्येक बिहान-बेलुका नियमित पढछु,बेलुका ९ देखि १२/१ बजे सम्म र बिहान पनी समय मिले सम्म पढ्छु | बिशेस गरेर बिहान पत्र-पत्रिका र जर्नलहरु पढने गर्छु | बेलुका पुस्तक |

 

पुस्तक खरीदमा मासिक कती पैसा खर्च गर्नु हुन्छ ?
खल्तिमा पैसा भए सम्म नयाँ पुस्तक किन्छु ,मलाई नयाँ पुस्तक देखे पछी किनौ किनौ लाग्छ | पुस्तक र पत्रपत्रिकामा मेरो मासिक ४ हजार जती खर्च हुन्छ |

 

तपाईको बिचारमा नयाँ पुस्ताले पढ्नु पर्ने पुस्तक ?
बिभिन्न बिधा र बिषय बस्तु अनुसारका यस्ता धेरै पुस्तक छन यद्यपि नेपाल बुझ्नलाइ हर्क गुरूंगका दुई पुस्तक ‘मैले देखेको नेपाल’ र ‘बिबिध बिषय’ पढनै पर्ने पुस्तक हुन | पुस्तकमा यथार्थ र साहित्य दूबै छ |

 

तपाईलाई नयाँ पुस्तक किन्न के कुराले प्रेरित गर्छ ?
पुस्तक किन्ने बानिले पनी पुस्तक पसल सम्म पुर्याऊछ ,राम्रा लेखकका पुस्तक आये भने पनी के लेखे ? भनेर जिज्ञासा बढ्छ | तर राम्रा लेखकका सबै पुस्तक राम्रा नहुन पनी सक्छन | यस्तै बिभिन्न पत्र-पत्रिकामा पुस्तकको चर्चा र समीक्षा पढ़े पछि पुस्तक किनौ किनौ लाग्छ | पुस्तक प्रकाशन अघिनै त्यो लेखकले यस्तो बिषयमा लेख्दै छ रे भन्ने चर्चा भैरहेको हुन्छ यस्तो चर्चाले कौतुहल बढ़ाउछ |

 

पछिल्लो समय नेताहरूले पुस्तक कम पढ़्न थालेको हो ?
अहिलेका नेताहरु खुराफात गर्नैमा ब्यस्त छन नेताहरु सिद्दान्त र ज्ञानमा भन्दा नेताहरु खुराफातमा बढ़ी बिश्वास गर्छन |गहन अध्ययन –अनुसन्धान भन्दामा भन्दा क्षणिक प्राप्ति र चमत्कारमा बिश्वास गरेपछि पुस्तकको महत्व कम हुन्छ | खुराफात गर्ने नेताहरुले घरमा पुस्तक पढ्नलाइ होइन सजाउनका लागी राखेका हुन |