सभासद रबिन्द्र द्वारा कास्की क्षेत्र नं ३ को विकास कार्यक्रम सार्वजनिक

पोखरा, फाल्गुन ४ –  कास्की क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सभासद रबिन्द्र अधिकारी द्वारा आर्थिक वर्षका हिसावले छैठौं बर्षको निर्बाचन क्षेत्र बिकास कोष तथा निर्बाचन क्षेत्र बिकास विषेष पूर्वाधार कार्यक्रम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् ।

आफुले प्रतिनिधित्व गर्ने कास्की क्षेत्र नं ३ को कार्यक्रम सार्बजनिक गर्दै सभासद अधिकारीले भने पहिलो संविधान सभाबाट निर्वाचित भएलगत्तै प्रत्येक आर्थिक वर्षमा हामीले छनौट भएका विकास कार्यक्रमका योजना तथा समसामयिक राजनैतिक सवालमा नियमित रुपमा यहाँहरू समक्ष अवगत गराउँदै आएका छौं । आर्थिक वर्षका हिसाबले यो छैठौं पटक हो  ।2015-02-16 08.55.15

संविधान सभाको दोस्रो निर्वाचनपछि आज यहाँ स्थित एक कार्यक्रमका बिच सभासद अधिकारीले पत्रकार भेटघाटमा प्रेस बिज्ञप्ति मार्फत आफुले प्रतिनिधित्व गरेको क्षेत्रको विकास कार्यक्रम (आ.व. ०७१÷०७२ को अवधिमा यस निर्वाचन क्षेत्र विकास कार्यक्रम) अन्तर्गत छनौट भएका योजना र विनियोजित रकमबारे जानकारी गराएका हुन ।

बजेट बिनियोजनको आधार बताउदै सभासद अधिकारीले भने, व्यापक जनसहभागितामा स्थानीय विकास क्षेत्रका भौतिक पूर्वाधारलाई बल पुग्ने योजना र एक आर्थिक वर्षभित्रै सम्पन्न हुने खालका योजनामा हामीले बजेट विनियोजनको प्रमुख आधार बनाएका छौं ।

पहुँच भएका ठाउँ वा पहुँच भएकाले मात्र ठूला योजना र विकास रकम एकै ठाउँमा केन्द्रित गर्ने परम्परागत संरचनालाई परिवर्तन गर्न हामीले प्रयत्न ग¥यौं । फलस्वरुप यसै आर्थिक वर्षदेखि प्रत्येक निर्वाचन क्षेत्रमा रु. १,००,००,०००।– (एक करोड) विनियोजित भएको अवस्था छ । यसै सन्दर्भमा यो निर्वाचन क्षेत्रमा भौतिक निर्माणका पूर्वाधारलाई बलियो बनाउन २०७१ बाट सबै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सुरु भएको सभासद अधिकारीको बताए  ।

सभासद अधिकारी द्वारा सार्बजनिक गरेको बिज्ञप्ति हेर्न तलको link थिच्नु होला ।

सभासद अधिकारीले प्रस्तुत गरेको निर्बाचन क्षेत्र बिकास कोष तथा निर्बाचन क्षेत्र बिकास विषेष पूर्वाधार कार्यक्रम र विनियोजित रकमको पूर्ण विवरण यस्तो छ (यहाँ थिच्नुहोस् ) ।

श्रोत: रामजी लम्सालको सहयोगमा