TIA सुधारको प्रतिबेदन बिकास समितिले बुझायो

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षित भौतिक, प्राविधिक तथा गुणस्तरीय सेवा सुविधा प्रवाह गर्न नसकिरहेको अवस्था मा संसद्को बिकास समितिले स्थलगत निरीक्षण गरि तयार पारिएको प्रतिबेदन आज समितिका सभापति  रबिन्द्र अधिकारीले सभामुखलाई हस्तान्तरण गरेका छन ।
nnत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान तथा यात्रुहरूको दिनानुदिन बढ्दै गरेको चाप, एक मात्र विमानस्थलले पर्याप्त मात्रामा गुणस्तरीय सेवा सुविधा पु¥याउन नसकिरहेको अवस्था । धावनमार्ग लगायतका स्थानहरूको मर्मत सुधार गर्ने कार्य पर्याप्त मात्रामा नभएको देखिएकोले बैकल्पिक व्यवस्थाको रूपमा निजगढ, भैरहवा, पोखरा लगायतका स्थानहरूमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थल निर्माण गर्ने र तत्कालका लागि TIA को स्तरोन्नति गर्न सकेको खण्डमा देशले सोचे अनुसारको पर्यटन प्रवद्र्धन, आर्थिक वृद्धि तथा  विकास गरी समुन्नत नेपालको निर्माण गर्न सकिने प्रतिबेदनमा उल्लेख छ ।
समितिले विमानहरूको उडान तथा अवतरण गर्नको लागि Ground Safety प्रभावकारी नभएको । Air sides मा  Airlines  तथा सम्बद्ध निकायहरूको उचित व्यवस्थापन हुन नसकेको । अन्तर्राष्ट्रिय वायुसेवाको ground handling गर्दै आएको नेपाल वायु सेवा निगमले पर्याप्त आवश्यकीय उपकरण, जनशक्तिको व्यवस्था गरी सेवालाई आधुनिक शैलीमा चुस्त र प्रभावकारी तुल्याई संचालन गर्न नसकेको । शौचालय, खानेपानी, सरसफाई, सजावट लगायतका विषयहरुको व्यवस्थापनमा उचित ध्यान नदिइएको । Senior citizen and breast feeding room साँघुरो भएको, ठाउँ पर्याप्त तथा व्यवस्थित नभएको । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले व्यागेज मेकअप एरियामा कन्भेयर बेल्ट र X- Ray Machine छुट्टा छुट्टै ठाउँमा राख्दा जाँचपासमा ढिलाई हुने गरेको । Scanner  तथा RayMachine पर्याप्त मात्रामा नभएको ।  विमानस्थल भित्र रहेका विभिन्न निकायहरू बीच समन्वयकारी भूमिको कमी रहेको । अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेका पसलहरूमा एकाधिकार कायम भई मनोमानी मूल्य निर्धारण हुने गरेको । लगाएतको समस्या समाधान गर्न समितिले प्रतिबेदनमा उल्लेख गर्दै सुधारको निम्ति निर्देशन दिएको छ ।
बिकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि तयार पारेको प्रतिबेदनको पूर्ण पाठ ।
श्रोत: समितिको सचिवालय