TIA को समयानुकूल स्तरोन्नति तथा गुणस्तरीय सेवा सञ्चालन सम्बन्धि निर्णय

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७२।०४।२५ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।
छलफल तथा निर्णय ः
समितिको आजको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समयानुकूल स्तरोन्नति तथा गुणस्तरीय सेवा सञ्चालन गर्न हालसम्म भएको कार्यप्रगतिका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मा० मन्त्रीज्यू, सचिव तथा सम्बद्ध पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिमको निर्णय ग¥यो ः 11
1. देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भौतिक, प्राविधिक तथा गुणस्तरीय सेवा सुविधा प्रवाह गर्न नसकिरहेको अवस्था छ । थप धावन मार्ग नभएको कारण हवाइजहाज ीबलमष्लन गर्दा देखिने सानो मसिनो कारणमा पनि विमानस्थल बन्द गर्नु पर्ने अवस्था तर्फ ध्यानाकर्षण गर्दै क्ष्ऋइग् मापदण्ड अनुसारको निर्माण कार्यलाई तिब्रता दिन तथा गुणस्तरीय सेवा प्रवाह गर्ने तर्फ सक्रियतापूर्वक लाग्न तथा देशको परिचयको रुपमा रहेको यस विमानस्थलको स्तरोन्नति गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्न समिति नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई, स्थानीय स्तरमा देखिएका समस्या समाधान गर्ने तर्फ समन्वयकारी भूमिका निर्वाह गरिदिन गृह मन्त्रालय एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देश गर्दछ ।
2. त्चष्दजगखबल क्ष्लतभचलबतष्यलब िब्ष्चउयचत ९त्क्ष्ब्० को स्तरोन्नती गरी क्ष्लतभचलबतष्यलब िऋष्खष् िइचनबलष्शबतष्यल ग्लष्यल को मापदण्ड अनुरुपको बनाउने सन्दर्भमा हाल सम्म गरिएका कार्यहरु, देखिएका समस्याहरु र समाधानका लागि व्यवस्थापिका संसद, विकास समितिले पु¥याउनु पर्ने सहयोग र सहजिकरणको सम्बन्धमा गरिएको अपेक्षा के के हुन् विस्तृत विवरण यस समितिलाई उपलब्ध गराउन समिति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा त्क्ष्ब् लाई निर्देश गर्दछ ।
3. विद्यमान धावनमार्गको निरन्तर मर्मत, संभार तथा धावन मार्गको विस्तार, एबचबििभ ित्बहष् धबथ, तथा एबचपष्लन विस्तारको कार्यलाई निर्धारित समय भित्रै सम्पन्न गराउन सक्रियतापूर्वक लाग्न तथा पार्किङ्ग विस्तारको लागि आवश्यक पर्ने भनिएको थप १६ लाख घन मिटर माटो भर्ने काममा देखिएको समस्यालाई सम्बन्धित निकाय÷पक्ष विच समन्वय गरी तत्काल समाधान गर्न र सो को जानकारी यस समितिलाई दिन समेत समिति नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा त्क्ष्ब् लाई गम्भीरतापूर्वक निर्देश गर्दछ ।
4. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाह गर्न अवरोध पु¥याउँदै आएका भौतिक संरचनाहरु (जस्तै ८ तले घर, तथा वरिपरी निर्माण भएका अन्य संरचनाहरु) सुधार्ने, परिमार्जन गर्ने वा हटाउने सम्बन्धमा हालसम्म भएको कार्य प्रगति समितिमा उपलब्ध गराउन तथा यस्ता अवरोधहरु ३ महिनाभित्र समाधान गरिसक्न समेत समिति नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण तथा काठमाडौं महानगरपालिकालाई निर्देश गर्दछ ।
5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न, द्यबननबनभ हरुका म्भष्खिभचथ लाई व्यवस्थित गर्न, २४ सै घण्टा सरसफाइमा ध्यान दिन, आन्तरिक सजावट गरी सौन्दर्यमा अभिवृद्धि गर्न तथा साना मसिना चिजहरुमा समेत उचित ध्यान दिई नमुना विमानस्थल बनाउने तर्फ आजैबाट गम्भीरता पूर्वक कार्य सम्पादन गर्न समिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्क्ष्ब् लाई निर्देश गर्दछ । साथै यस समितिले समय समयमा त्क्ष्ब् को अनुगमन तथा निरीक्षण गर्ने निर्णय समेत भयो ।

श्रोत: समितिको सचिवालय