मेलम्ची आयोजना छिटो सम्पन्न गर्न बिकास समितिको निर्देशन

काठमाडौँ उपत्यकामा विद्यमान खानेपानीको अभावलाई दिगो एवं दीर्घकालिनरुपमा समाधान गर्दै उपत्यकावासीको स्वास्थ्य स्थिति तथा जीवनस्तर सुधारका लागि संविधानसभा/व्यवस्थापिका–संसद, विकास समितिको आज, सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकले  देहाय बमोजिमको निर्णय  गरेको छ |साथै ह्याल्मो मेलम्ची खानेपानी आयोजनाका विद्यमान चुनौतिहरुलाई समाधान गर्दै निर्धारित समय २०७३ वैशाख भित्रै कार्य सम्पादन गर्न  शहरी विकास मन्त्रालय एवं मेलम्ची खानेपानी विकास आयोजनालाई देहाय अनुरुपको निर्देशन गरेको छ  ।

१ . आयोजनाको प्रमुख कार्य Tunnel  बनाउने कार्यमा मौजुदा कार्य प्रणालीको गतिलाई बढाई समयमा आयोजना सम्पन्न गर्ने गरी कार्य सञ्चालन गर्न ।

२ .  काठमाडौँको वर्तमान खानेपानी माग प्रतिदिन ३६ करोड लिटर रहेको र यस आयोजनाले १७ करोड लिटर मात्र सप्लाई गर्ने भएकाले वर्तमान आवश्यकताका साथै भविष्यको मागलाई सम्बोधन गर्न सँगसँगै अन्य कार्य योजनाहरु प्रारम्भ गर्न ।

३ . मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि प्राप्त हुने पानीबाट काठमाडौँ उपत्यका भित्रका भक्तपुर, मध्यपुर ठिमी र कीर्तिपुर नगरपालिका समेतका क्षेत्रहरुमा पानी वितरण गर्ने गरी वर्तमान चरणमै कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन ।

४ . स्थानीय जनतासँग गरिएका वचनव द्धता तथा स्थानीय जनताको सहयोग निरन्तर प्राप्तगर्ने कार्य गर्न ।

५ . आयोजनास्थलमा आवश्यक पर्ने विभिन्न निकायगत समन्वय कार्यका लागि समय–समयमा मन्त्रालय तथा संसदीय समितिहरुमा समेत आयोजनाको अद्यावधिक स्थिति तथा समस्याहरु अवगत गराउन ।

६ . र  विकास समितिको आगामी बैठक २०७१ मंसिर ३ गते बुधबार कलाकर्मीहरुको पारिश्रमिक र रोयल्टी  CRBT सम्बन्धमा छलफल गर्न सूचना तथा सञ्चारमन्त्री र सचिवलाई आमन्त्रण गर्ने निर्णय भयो ।

श्रोत : बिकास समितिको सचिवालय