११ समितिमा सर्वसम्मत

RG-final-520x245व्यवस्थापिका–संसदका १२ समितिका सभापतिहरुमध्ये ११ समितिमा सर्वसम्मत भएको छ । जसमध्ये कृषि तथा जलस्रोत समितिका लागि उमेदवारी दिएका नेपाली कांग्रेशका युवा नेता गगन थापा र विकास समितिमा उमेद्वारी दिएका नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

 

संसद सचिवालयले मंगलवार साँझ प्रकाशान गरेको अन्तिम नामावली अनुसार थापा र अधिकारीले उमेद्वारी दिएको समितिमा अरु कसैले पनि उमेद्वारी नदिएकाले उहाँहरु निर्विरोध हुनु भएको हो । थापा र अधिकारी लगाएत अन्य ९ समितिमा पनि एकल उमेद्वारी परेको छ ।