मेलम्ची पानी वितरणको क्रममा खनिएका सडकहरुको शीघ्र निर्माण÷मर्मत गर्ने सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा आज बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।

व्यवस्थापिका–संसद
विकास समिति
बैठक संख्या– ११२
मितिः २०७३।१०।२१
बैठक प्रारम्भ ः १०ः००
बैठक अन्त्य ः १२ः१५
छलफल तथा निर्णय ः

समितिको आजको बैठकमा मेलम्ची खानेपानी (पाइपलाइन विस्तार तथा पानी वितरण) आयोजनाबाट पाइपलाईन विस्तार तथा पानी वितरणको पूर्वाधार निर्माण गर्ने क्रममा खनिएका सडकहरुको शीघ्र निर्माण÷मर्मत गर्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव, उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत, मेलम्ची खानेपानी आयोजना–२ का आयोजना प्रमुख लगायतका सम्बद्ध पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिमको निर्णय ग¥यो ः
1 मेलम्ची खानेपानी (पाइपलाइन विस्तार तथा पानी वितरण) आयोजना–२ बाट काठमाडौँ उपत्यकामा पानी वितरणका लागि ६७० कि.मि. पाइपलाइन विस्तार गर्नु पर्ने तथा हाल भइरहेको वितरण सञ्जाल समेत सुधार गर्नु पर्ने कार्य लक्ष्य अनुरुप तीव्र गतिमा भईरहेको पाइन्छ । यद्यपी पाइपलाइन विस्तारको क्रममा खनिएका सडक खण्डहरुको पुनर्निर्मण÷मर्मत संम्भार सम्बन्धी कार्यले गतिलिन नसकेको कारण काठमाडौँ उपत्यका अत्याधिक प्रदुषित भएको छ । यस सम्बन्धमा काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र मेलम्ची खानेपानी आयोजना–२ विच हुनुपर्ने जति समन्वय एवं सहकार्य हुन सकेको नदेखिएकोले मेलम्ची खानेपानी आयोजना–२ ले खनेका सडकहरु पुर्नस्थापना÷पुनर्निर्माण÷मर्मत सम्भार गर्ने सम्बन्धमा स्पष्ट कार्ययोजना, कार्यतालिका र समय सीमा निर्धारण गरी अधिकतम समन्वय गरी (आवश्यकता अनुसार समन्वयात्मक बैठक बसी) तुरुन्तै खनिएका सडकहरुको पुनर्निर्माण÷मर्मत सम्भारको कार्य शीघ्र गतिमा गर्न गराउन समिति उल्लेखित निकायहरुलाई निर्देश गर्दछ ।
2 मेलम्ची खानेपानी पाइपलाइन विस्तार गर्ने कार्यका लागि जमिनमाथिको सतह नबिगारी जमिन मुनी खोदान गर्ने र पाइप विच्छ्याउने प्रविधिको प्रयोग नगरी परम्परागत प्रविधिको नै प्रयोग भएका कारण अत्याधिक धुलोको उत्पादन हुन गएको देखिन्छ । तसर्थ आगामी दिनहरुमा जमिनको सतह नविगारी भूमिगतरुपमा नै खोदान गर्ने प्रविधि भित्राई प्रयोग गर्न गराउन, अहिलेको प्रदुषण कम गर्न नियमित पानी छर्कने व्यवस्था मिलाउन, उपलब्ध ब्रुमर मेसिनको नियमित प्रयोग गर्न, गराउन समिति मेलम्ची खानेपानी आयोजना–२ लाई निर्देश गर्दछ । त्यसै गरी काठमाडौँको सरसफाईको लागि आवश्यक पर्ने ब्रुमर मेसिनहरु छिटो भन्दा छिटो खरिद गरी प्रयोगमा ल्याउन समिति काठमाडौँ महानगरपालिकालाई निर्देश गर्दछ ।


3 पानी वितरणका लागि विच्छ्याइएका पाइपहरुको परीक्षण तथा प्रेसर जाँचको कार्यमा हुने ढिलाइले सडकहरुको पुनर्निर्माण÷मर्मत सम्भारमा ढिलाइ हुने गरेकोे, हालसम्म कुनै पनि सडकखण्डमा पाइप विस्तारको कार्य सम्पन्न गरी सडक पुनर्निर्माणका लागि सडक विभाग तथा अन्य सम्बन्धित निकायलाई मेलम्ची खानेपानी आयोजना–२ ले सम्झौता÷समझदारी अनुसार हस्तान्तरण नगरेको, पाइपलाइनको कार्यगर्दा व्यक्तिगत तथा सार्वजनिक खानेपानीका पाइप, ढल, टेलिफोन, बिजुली तथा अन्य भौतिक संरचनाहरुमा हुन पुगेको क्षति तुरुन्त मर्मत हुन नसकेको र उल्लेखित निकायहरुसँग आवश्यक समन्वयमा समेत कठिनाई उत्पन्न भएको जस्ता कारणहरुले खनिएका सडक पुर्नस्थापना÷मर्मत सम्भार कार्य जटिल बन्न गएकोले बिच्छ्याइएका पाइपको तत्काल परीक्षण गरी पुनर्निर्माण तथा मर्मत सम्भारका लागि १५ दिनभित्र सडक विभाग एवं सम्बन्धित निकायलाई हस्तान्तरण गरिसक्न समिति मेलम्ची खानेपानी आयोजना –२ लाई निर्देश गर्दछ । साथै हस्तान्तरण भई आएका सडक खण्डहरुको पुनर्निमाणको कार्य हस्तान्तरण भएको मितिले ४५ दिनभित्र निर्माण सम्पन्न गरिसक्न समिति भौतक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, मेलम्ची खानेपानी आयोजना–२ एवं सम्बन्धित निकायलाई निर्देश गर्दछ ।
4 पाइपलाइन विस्तारका क्रममा खनिएका सडकहरुको पुर्नस्थापना तथा नियमित मर्मत सुधारको लागि आवश्यक पर्ने निर्माण सामाग्रीको उपलब्धतामा (खास गरी ब्कउजबति तथा ऋगचकयच ःबतभचष्ब िमा) अभाव हुन नदिन तथा भूकम्पका कारण टेको लगाएर अड्याएका संरचनाहरुका कारण च्यििभच चलाउन अप्ठ्यारो पर्ने समस्याको निकास खोज्न समेत समिति गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, काठमाडौँ महानगरपालिका र ललितपुर उप महानगरपालिकालाई निर्देश गर्दछ ।
5 पाइपलाईन विस्तार तथा पानी वितरण सम्बन्धी कार्य गर्दा सकेसम्म वातावरण प्रदुषण कम गर्न, ट्राफिक आवत जावतलाई सकेसम्म असहज नबनाउँन, अझै थप जनशक्ति परिचालन गरी रातीको समयमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न समिति मेलम्ची खानेपानी आयोजना –२ लाई र सडकहरुको पुनर्निर्माण÷मर्मत सम्भारको कार्य समेत राती गर्न, गराउन एवं खनिएका भागलाई तत्काल पुरी यथासम्भव छिटो एचष्mभ ऋयबत गर्ने व्यवस्था मिलाउन समिति काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका र ललितपुर उप महानगरपालिकालाई निर्देश गर्दछ ।
6 हाल सडक खनिएको अवस्थामा संभव भएसम्म इउतष्अब िँष्दभच, टेलिफोन, विजुलिका तार, केवलहरु समेत बिछ्याउन र सडक मुनी बिछ्याइएका यस्ता वस्तुहरुको स्पष्ट नक्सांकन तथा ऋययिच ऋयमष्लन संकेतहरु राख्न, स्पष्ट देखिने गरी संकेत राख्न तथा न्एक्रन्क्ष्क् ःबउ समेत तयार गर्न गराउन र ग्तष्ष्तिथ त्गललभ िको अवधारणा बमोजिम त्गललभ िनिर्माण गरी त्गललभ िअन्तरगत नै यस्ता संरचनाहरुको निर्माण गर्न गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौँ महानगरपालिका र ललितपुर उप महानगरपालिका लगायत सम्बन्धित निकायलाई निर्देश गर्दछ ।
7 मेलम्ची खानेपानी अयोजनाबाट प्राप्त हुने पानी वितरणमा कुनै प्रकारको समस्या नआउने गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकीय तथा प्राविधिक दक्षता समयमा नै अभिवृद्धि गर्न गराउन, समिति नेपाल सरकार, खानेपानी तथा ढल निकास विभागलाई निर्देश गर्दछ । त्यसैगरी सडकको जमिन मुनी रहेका विभिन्न भौतिक संरचनाहरु मर्मत संभारको क्रममा पुग्न गएको÷जाने क्षतिको मर्मत संभार क्षति पु¥याउने सम्बन्धित निकायले नै व्यहोर्नु पर्ने व्यवस्था मिलाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, खानेपानी तथा ढलनिकास विभाग लगायत सम्बन्धित निकायलाई निर्देश गर्दछ ।

श्रोत बिकास समिति