अर्थ र विकास समितिको संयुक्त बैठक: काठमाडौँ–निजगढ द्रुत मार्ग र अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा

व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७३।७।२५गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।
व्यवस्थापिका–संसद
विकास समिति र अर्थ समितिको संयुक्त बैठक
अध्यक्षता ः मा. श्री प्रकाश ज्वाला
सह अध्यक्षता ः मा. श्री रविन्द्र अधिकारी

छलफल तथा निर्णय ः
व्यवस्थापिका–संसद, अर्थ समिति र विकास समितिको आजको संयुक्त बैठकमा काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा माननीय उपप्रधान तथा अर्थ मन्त्री, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सचिवहरु लगायत सम्बद्ध पदाधिकारिहरुसँग छलफल भयो । छलफल पश्चात् संयुक्त बैठकले देहाय बमोजिमको निर्णय ग¥यो ः–

1 व्यवस्थापिका–संसद, विकास समिति तथा अर्थ समितिले राष्ट्रिय गौरवका आयोजनाहरु÷ राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुको द्रुत निर्माणमा विशेष चासो राख्दै आएका छन् । देशलाई आर्थिक रुपमा समृद्ध तुल्याउन सक्ने बहुआयामिक महत्व रहेका काठमाडौं– निजगढ द्रुतमार्ग तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिटो भन्दा छिटो निर्माण गर्न विगत २ वर्षदेखि विकास समिति तथा अर्थ समितिले बारम्बार घच्घच्याइरहेको अवस्थामा समेत उल्लेखित अवधिभित्र परिणाममुखीरुपमा ÷उपलब्धीमुलक काम हुन सकेको देखिंदैन । यद्यपीे आजको संयुक्त बैठकमा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण सम्बन्धमा यस अघि क्ष्ी ७ ँक् कम्पनीसँग भएका सम्झौता÷कामकारवाहीहरु रद्द गर्ने एवं नेपाल सरकार आफैंले निर्माण गर्ने निर्णय मन्त्रालयले गरेको भनी दिनुभएको जनाकारीलाई समितिको यो बैठक स्वागत तथा समर्थन गर्र्दै
> उल्लेखित निर्णयलाई छिटो भन्दा छिटो मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गर्न गराउन,
> उल्लेखित दुई आयोजनाहरु निर्माणको लागि आवश्यक पर्ने वित्त व्यवस्थापन गर्न, गराउन,
> म्एच् छिटो भन्दा छिटो टुङ्ग्याउन,
>आयोजना कार्यान्वयनको ःयमभ िस्पष्ट गर्न,
> शीघ्र प्रशासनिक संयन्त्र खडा गरी काम गर्न, गराउन,
दुबै समितिकोे यो संयुक्त बैठक नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय योजना आयोगलाई गम्भीरताका साथ निर्देश गर्दछ ।
2 काठमाडौँ–निजगढ द्रुतमार्ग तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगायतका राष्ट्रिय महत्वका ठूला आयोजनाहरु निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकनमा हुने ढिलाई, आयोजना निर्माणस्थलमा स्थानीय बासीहरुको हुन सक्ने अवरोध, जग्गा प्राप्ती तथा मुआब्जा, निर्माण सामाग्रीहरुको अभाव, निर्माण व्यवसायीहरुबाट समयमानै कार्य सम्पन्न नहुने जस्ता समस्याहरु प्रति पहिले नै सचेत रही सबै निकायहरुसँग उक्त विषयहरुका सम्बन्धमा आवश्यक समन्वय गरी, समग्र कार्ययोजना बनाई राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखी उल्लेखित आयोजनाहरुको कार्य सम्पादन गर्न, गराउन संयुक्त समितिको यो बैठक नेपाल सरकार लगायत सम्बद्ध निकायहरुलाई निर्देश गर्दछ ।
3 उल्लेखित आयोजनाहरु (काठमाडौँ–निजगढ द्रुतमार्ग तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना) देश विकासका लागि महत्वपूर्ण आयोजनाहरुका रुपमा रहेका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा हालसम्म म्एच् सम्म बन्न नसकेको, ीःध् सँगको काम कारवाहीमा अस्पष्टता एवं अपारदर्शीता पनि देखिएकोले

fff
> उक्त सम्झौता यथाशीघ्र पुनरावलोकन गर्न गराउन,
> आयोमजना निर्माणको ःयमभ िस्पष्ट गर्न,
> निर्माणको क्रममा आउन सक्ने समास्या तथा चुनौतिहरुलाई निर्माण पूर्व नै पूरा तयारी गरी कार्यसम्पादनलाई तीव्रता दिने गरी कार्यक्रमको ढाँचा तयार गर्न, गराउन,
> आवश्यक साधनस्रोत तथा वित्तिय प्रवन्ध समयमा नै गर्न गराउन समेत,
संयुक्त समितिको यो बैठक नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ ।
4 दुरगामी महत्वराख्ने राष्ट्रिय गौरवका आयोजना÷परियोजनाहरु निर्माण गर्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगको भूमिकालाई (वित्तीय, प्राविधिक, संयन्त्रगत, व्यवस्थापकीय एवं समन्वय लगायतका क्षेत्रमा) अझ बढी प्रभावकारी बनाउन, परिणाम आउने गरी कार्य गर्न, गराउन संयुक्त समितिको यो बैठक राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ ।

श्रोत विकास समिति