हुलाकी राजमार्गको वर्तमान अवस्था, प्रस्तावित स्वरुप तथा निर्माण सम्बन्धमा

व्यवस्थापिका संसद विकास समितिको आजको वैठकमा “हुलाकी राजमार्गको वर्तमान अवस्था, प्रस्तावित स्वरुप तथा निर्माण कार्यक्रम सम्बन्धमा” माननीय उपप्रधान मन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मा.मन्त्री ,सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव,सडक विभागका निमित्त महानिर्देशक तथा आयोजना प्रमुखसमेतसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय अुनसार निर्णय ग¥यो ः

१.समितिको २०७१।८।२१ को बैठक ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको ३ वटा निर्देशनहरु ( निर्णय नं. २, ३ र ४) का कार्यान्वयनका सम्बन्धमा मन्त्रालय तथा अन्तरर्गतका सम्बन्धित निकायहरुबाट कतिपय कार्य भएतापनि उक्त कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा उल्लेखनीय स्थलगत प्रगति हासिल गर्न सकेको नपाइएको हुँदा कार्यान्वयनका क्षेत्रका स्थलगत समस्याहरु समेत समाधान गरी अविलम्ब लक्ष्य प्राप्तितर्फ क्रियाशील भई एक महिनाभित्र समितिमा प्रगति विवरण उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र सम्बद्ध कार्यालयहरुलाई निर्देशन गर्दछ ।

२.नेपालका तराई तथा मधेशमा ऐतिहासिक कालदेखि प्रचलित हुलाकी मार्गलाई समायानुकूल र परिवर्तित समाजको माग अनुसार विकसित गरी आवागमन सहज बनाउने उद्देश्यले हुलाकी राजमार्ग को स्तर उन्नतिको लागि लामो समयदेखि जनस्तरबाट माग भई सरकारी कार्यक्रममा रहदासमेत राज्यस्तरबाट हालसम्म कार्यन्वयन गर्न नसक्नुबाट तराई मधेशको जनजीवन लामो समयदेखि यातायात असुविधा, गरिवी, अशिक्षा र अस्वस्थकर वातावरणयुक्त रहेको साथै यस कार्यले सरकारप्रति स्थानीय जनताको दृष्टिकोणमा गम्भीर प्रभाव पार्ने जस्ता कार्य समेत सिर्जना हुन सक्ने हुँदा विकासको यो मुद्दालाई अविलम्व गम्भीरतापूर्वक सम्बोधन गर्न समिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,सडक विभाग र सम्बद्ध कार्यालयहरुलाई निर्देशन गर्दछ ।

३.हुलाकी राजमार्ग योजना स्थलहरुमा ठाउँ ठाउँमा च्ष्नजत या तजभ ध्बथ अनुसार क्ष्तभ ऋभिबचबलअभ का स्थानीय विवाद लगायतका समस्याहरु मुआब्जा, क्षतिपूर्ति, वन क्षेत्र ,राष्ट्रिय निकुन्ज समेतका विवादहरुले निर्माण कार्यमा अवरोध सिर्जना भएको अवस्था समेत रहेकोले अन्तर मन्त्रालयगत समन्वय मिलाई सवै योजना स्थलका विवादहरु सुल्झाउन सम्बन्धित सवै निकायका जिल्लास्थित निकायहरुबाट आवस्यक सहयोग तदारुकताकासाथ प्राप्त गर्न केन्दीय सहजीकरण समन्वय समिति बनाई कार्य प्रारम्भ गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई निर्देशन गर्दछ ।

४.हुलाकी राजमार्गको प्रथम चरण अन्तरगत निर्माण सम्पन्न हुन वाँकी रहेका सडकहरुको निर्माण कार्य समयमानै सम्पन्न गर्नका लागि १३ अर्व रुपैया लाग्ने म्एच् बाट देखिन आएको र भारत सरकारले प्रधानमन्त्रीज्यूको भारत भ्रमणमा स्वीकारेको ःइग् २०१६ अनुसार रु ८ अर्व मात्र अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धता भएको हँुदा र यो सडक राष्ट्रिय गौरवका आयोजनामा समावेश भएको आयोजना भएको हुँदा बाँकी अपुग रु ५ अर्व बजेट सुनिश्चित गर्न नेपाल सरकारलाई निर्देशन गर्दछ साथै बाँकी दोश्रो चरण अन्तरगतका ११५२ किलो मिटर सडकको ःइग् २०१६ मा समावेश नभएको हँुदा यी सडकहरुको समेत स्तरोन्नतिका लागि आवस्यक बजेटको सुनिश्चितताका लागि समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लाई निर्देशन गर्दछ ।
५.आगामी २÷३ हप्ता भित्र हुलाकी राजमार्गको स्थलगत निरीक्षण गर्न मा.सदस्य कर्मचारी र पत्रकार समेतको २ वटा टोली बनाइ भ्रमणमा जानको लागि आवस्यक व्यवस्थापन गर्ने निर्णय भयो ।