सूचना तथा सञ्चार मन्त्रालयलाई समितिले हालसम्म दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७२।१०।०५ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।

समितिको आजको बैठकमा समितिले हालसम्म दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था एवं सूचना तथा सञ्चार सम्बन्धी समसामयिक विषयहरुका सम्बन्धमा माननीय सूचना तथा सञ्चार मन्त्रीज्यू तथा मन्त्रालयका सचिव, दूर सञ्चार प्राधिकरणका अध्यक्ष, नेपाल दूर सञ्चार कम्पनी लि. का महाप्रवन्धक, Ncell का प्रमुख कार्यकारी अधिकृत, ग्रामीण दूर सञ्चार प्रविधि विज्ञ श्री महावीर पुन लगायत सम्बद्ध पदाधिकारीहरुसँग विस्तृत छलफल भयो । छलफल पश्चात् समितिले देहाय वमोजिम निर्णय ग¥यो ः

20160119_093811

1 अहिलेको आधुनिक समाज सञ्चारका बहुआयामिक सेवा एवं सुविधाहरुमा अन्योन्याश्रित रुपले आवद्ध रहेको एवं समाज विकासको गति समेत सूचना सञ्चारको क्षेत्रमा भएको विकासको गतिले निर्धारण गर्ने, मापन गर्ने मान्यताको विकास भएको छ । सम्मुनत समाज निर्माण गर्न तथा समाजलाई अग्रगति दिने कार्यक्षेत्र आधारशीलाको रुपमा रहेको सूचना तथा सञ्चार सम्बन्धी मन्त्रालयको कार्यभार समाल्नु भएकोमा विकास समिति माननीय सूचना तथा सञ्चार मन्त्री श्री शेरधन राईज्यूलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछ । साथै वहाँको कार्यकालमै सूचना प्रविधि सम्बन्धी आधारभूत सेवाहरु ग्रामीण क्षेत्रमा समेत भरपर्दो, गुणस्तरीय, सस्तो, सर्वसुलभ एवं सहज बनाउन उहाँले सक्रिय योगदान गर्नुहुनेछ भन्ने कुरामा समेत समिति आशा व्यक्त गर्दछ ।

2 सूचना तथा सञ्चार सम्बन्धमा यस समितिले विभिन्न मितिमा (खास गरी २०७१ कात्तिक–२३, मंसिर–३, मंसिर–२९, माघ–१३, फागुन–२५, चैत–१०, चैत–२०, २०७२ वैशाख–१० आदि मितिमा) दिएका निर्देशनहरु मध्ये केही निर्देशनहरुको कार्यान्वयन÷कार्य प्रगति (जस्तैः NTC को हकमा न्यून Recharge मा म्याद थप दिने व्यवस्था, रोयल्टी वितरण सम्बन्धी मापदण्डको निर्माण, Focal Person  तोक्ने काम, सूचनाको हक सम्बन्धी कार्यान्वयनको अवस्था, श्रमजीवि पत्रकार सम्बन्धी लगायतका विषयहरुमा केही प्रगति भएकोमा) सूचना तथा सञ्चार मन्त्रालय एवं सम्बन्धित निकाय, पदाधिकारीलाई समिति धन्यवाद व्यक्त गर्दछ ।

3 सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूर सञ्चार प्राधिकरणको समन्वयमा नेपाल दूर सञ्चार कम्पनी र अन्य दूर सञ्चार सेवा प्रदायकहरुले प्रदान गर्दै आएका वस्तु तथा सेवाको

> प्रकृति, क्षमता, प्राविधिक पक्षहरु, गुणस्तरीय सेवा प्रवाह गर्न तथा स्तरोन्नति सम्बन्धी विस्तृत विवरण,
> भावी कार्ययोजना,
> Optical Fiber Sharing And Networking गर्ने योजना,
> Inter connectivity सम्बन्धी योजना,
> ग्रामीण दूर सञ्चार कोषको प्रयोग प्रतिफल उन्मुख व्यवस्थापन एवं परिचालन सम्बन्धी योजना,
> उपभोक्ताहरुको हितको लागि Number Portability सम्बन्धी योजना, एवं
> International Tele Communication Union ले उपलब्ध गराउने  Satellite Space को प्रयोग सम्बन्धमा भएका प्रगति, यथार्थता र कार्ययोजनाका सम्बन्धमा भए गरेका काम, भू–उपग्रहको प्रगोग सम्बन्धी निर्धारित लक्ष्य, समस्या र चुनौतिहरु विषयहरुमा
यस समितिलाई स्पष्ट गर्न एवं सो सम्बन्धी प्रगति विवरण लिखित रुपमा नै उपलब्ध गराउन समिति नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, दूर सञ्चार सेवा प्रदायहरुलाई निर्देश गर्दछ । (स्पष्ट पार्ने कार्य कार्यशाला गोष्ठी गरेर समेत गर्न सकिने)
4 नेपालका प्रत्येक गाविस, विद्यालय, अस्पतालमा प्रभावकारी इन्टरनेट सेवा पु¥याउने मन्त्रालयको प्रतिवद्धता अनुसार अपेक्षित रुपमा काम अगाडि बढेको नदेखिएकोले प्रत्येक गाउँ विद्यालय, अस्पताल तथा सार्वजनिक उपभोगका अन्य संरचनाहरुमा समेत प्रभावकारी क्ष्लतभचलभत सेवा पु¥याउन तथा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने र ग्रमीण दूर सञ्चार विकास कोषको समेत प्रयोग गरी १ वर्ष भित्रै कार्य सम्पादन गरिसक्न समिति सूचना तथा सञ्चार मन्त्रालय, ल्त्ब्, तथा सेवा प्रदायकहरुलाई पुनः निर्देश गर्दछ ।

5 शुल्क तिरेपछि गुणस्तरीय सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो । र सेवा शुल्क लिएपछि गुणस्तरीय सेवा दिनु सेवा प्रदायको पहिलो कर्तव्य हो । तसर्थ दूर सञ्चार सेवा प्रदायकहरुले आफूले प्रवाह गर्ने सेवाको शुल्कमा पारदर्शित कायम गर्न, गुणस्तरीय सेवा दिन, उपभोक्ताको सेवामा दत्तचित्त भई लाग्न, अनावश्यक अदृश्य शुल्कहरु समावेश नगर्न, क्षमता अनुकूलको सेवा विस्तार गर्न एवं जनगुनासाहरुलाई तत्कालै सम्बोधन गर्न र सो सम्बन्धमा प्रभावकारी अनुगमन गर्न सेवा सञ्चालनको लागि आवश्यक इन्धन अभाव हुन नदिन समिति नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, दूर सञ्चार सेवा प्रदायहरुलाई निर्देश गर्दछ ।

6 नेपाल दूर सञ्चार कम्पनी लिमिटेडको नेटवर्क भित्र खासगरी नमस्ते एचभउबष्म नेटवर्कमा मोवाइल रिचार्ज गर्दा देखिएको समस्याले दुर्गम एवं ग्रमीण क्षेत्रका उपभोक्ताहरु मर्कामा परेकोले सो समस्या तत्काल सुल्झाउन समिति सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल दूर सञ्चार कम्पनी लिमिटेडलाई निर्देश गर्दछ ।

7 नेपालमा मोबाइल सेवाका उपभोक्ताहरुको संख्या हेर्दा पोष्टपेड भन्दा प्रिपेड सेवा प्रयोग कर्ताको संख्या बढी भएको पाइन्छ । साथ साथै पोष्टपेड सेवा प्रयोगकर्ताले स्वामित्व ( नामसारी) गर्न पाउँछ भने प्रिपेड प्रयोग कर्ताले स्वामित्व नामसारी गर्न नपाउने अवस्था छ । प्रिपेड प्रयोगकर्ताले समेत आवश्यक कागजात एवं दस्तुर बुझाई प्रक्रिया पूरा गरी च्भनष्कतचबतष्यल गरेर मात्र सेवा उपभोग गर्ने भएकोेले स्वामित्व हस्तान्तरण नामसारी गर्ने व्यवस्था गर्न तथा दूर सञ्चार सेवा प्रदायकहरुले वितरण गरेका क्क्ष्ः अबचम हरु ( क्क्ष्ः अबचमर प्रयोग कर्ताहरुको) विवरण वास्तविक भन्दा बढी भएको देखिएकोले अधिकारिक अध्यावधिक गर्न, प्रयोगमा नभएका, नरहेका क्क्ष्ः हरुलाई तीन महिनाभित्र खारेज गर्न र नियमित रुपमा सो कार्य गर्न गराउन समिति सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देश गर्दछ ।

8 नेपालको अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको अन्तर सञ्जाललाई अझ बढि व्यवस्थित गर्न, अझ सस्तो र सम्भावित सबै विकल्पहरु खुल्ला हुने गरी मित्र राष्ट्र चीनसँगको सीमानाबाट पनि जोड्ने व्यवस्था गर्न समिति नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय तथा नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देश गर्दछ ।

9 सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको रोयल्टी वितरण सम्बन्धी मापदण्ड, २०७२ लाई तत्काल कार्यान्वयनमा लैजान समिति सूचना तथा सञ्चार मन्त्रालय तथा संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देश गर्दछ ।

श्रोत: विकास समिति