शीर्ष नेतालाई जिल्ला मोह छ भने पुनर्संचनाको कुरा किन गर्नु ? : रविन्द्र अधिकारी

भाद्र १५, २०७३- संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले दलका शीर्ष नेताहरुमा जिल्लाको मोह धेरै रहेको बताएका छन् ।

बुधबार बिहान सिंहदरबारमा स्थानीय तहको पुनर्संचना तथा निर्वाचन लगायतका विविद विषयमा छलफल गर्न बसेको विकास समितिको बैठकमा बोल्दै विकास समितिका सभापति अधिकारीले सो कुरा बताएका हुन् ।

‘हाम्रो नेताहरुलाई जिल्लाको मोह छ । त्यसैमा अडान लिई रहने हो भने किन पुनर्संरचनाको कुरा गर्नु ?’ संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल गर्न बसेको विकास समितिको बैठकमा उनले भने, ‘पुनर्संचना गर्ने हो भने संविधानले कल्पना गरे अनुसार हुनुपर्छ । पुरानो पनि चाहिने र पुनर्संरचना पनि गरौं भनेर बिचमा अड्काउन पाइँदैन ।’

विकास समितिको बैठकमा बोल्दै संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकार स्थानीय निकायको पुनर्संचना गरी चैत भित्रमा निर्वाचन गराउने तयारीमा जुटेको जानकारी गराएका थिए ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवद्धता जनाएअनुसार नै हामीले निर्वाचनको तयार िगरिरहेका छौं,’ उनले भने ।

विकास समितिले चैतमा निर्वाचन गराउनका लागि आवश्यक ऐन बनाएर संसदमा छिटोभन्दा छिटो पेश गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

कान्तिपुर दैनिक