मेलम्ची खानेपानी आयोजना निर्माण सम्बन्धमा हालसम्मको कार्यप्रगति समीक्षा

व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७३।७।८ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।

मितिः २०७३।७।८
बैठक प्रारम्भ ः ८ः३०
बैठक अन्त्य ः ११ः००

छलफल तथा निर्णय ः
समितिको आजको बैठकमा मेलम्ची खानेपानी आयोजना निर्माण सम्बन्धमा हालसम्मको कार्यप्रगतिको समीक्षा साथै शीघ्र निर्माणकार्य सम्पन्न गर्ने सम्बन्धमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजनाका प्रमुखहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिमको निर्णय ग¥यो ः–

१ राजधानी सहर काठमाडौँ उपत्यकाको खानेपानी समस्यालाई दिगो एवं दीर्घकालीन तवरमा समाधान गर्न प्राथमिकता प्राप्त आयोजनाको रुपमा सन् २००७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सन् २००१ मा निर्माणकार्य प्रारम्भ भएको मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्न लक्षित समयको एक दशक थप समय वितिसक्दा समेत सम्पन्न हुन नसक्नु निकै नै बिडम्बनापूर्ण र दुखदायी कुरा हो । आयोजना सम्पन्न गर्न प्रथम पटक संशोधित मिति सन् २०१३ को डिसेम्बर र दोस्रो संशोधित मिति २०१६ को सेप्टेम्बर समेत बितिसकेको अवस्था छ । तसर्थ समितिको यो बैठक यस खानेपानी आयोजना सम्पन्न गर्न पुनः तेस्रो पटक संशोधित मिति तोक्ने तर्फ भन्दा छिटो भन्दा छिटो आयोजना निर्माण सम्पन्न गर्न गराउन (२०७४ साल असोज महिनाभित्र जसरी भएपनि पानी वितरण गर्न गराउन), समिति नेपाल सरकार, खानेपानी तथा सरसफाई मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।

२  निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न व्यवस्थापिकीय पक्ष, निर्माण औजार एवं दक्ष जनशक्तिलाई कुशलता पूर्वक परिचालन गर्न, हेडवक्स निर्माण, सुरुङ्ग निर्माण, पानी प्रशोधन केन्द्र निर्माणको कामलाई अझ बढी तदारुकताकासाथ कार्य सम्पन्न गर्न, स्थानीय निर्माण सामाग्रीको अभाव हुन नदिन, भ्हउयिकष्खभ को उपलब्धतामा देखिएको समस्या समाधान गर्न, आयोजनाको स्वामित्वमा रहेका जग्गाहरु अतिक्रमण हुन नदिन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देश गर्दछ ।

img_20161024_093944
३  व्यवस्थापिका–संसद, विकास समितिले मिति २०७१ साल पुस ४ गते गरेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अध्ययन भ्रमण पश्चात् सुरुङ्ग निर्माणको कार्य तथा उपत्यकाभित्र पानी वितरण गर्ने संरचना निर्माणको कार्यले गति लिएको पाइयो । मेलम्ची खानेपानी आयोजना निर्माण गर्दाको प्रारम्भिक अवस्थामा प्रक्षेपित काठमाडौँ उपत्यकामा पानीको माग र हालको पानीको मागबिच ठूलो अन्तर छ । मेलम्ची खोलाको पानीमा मात्र भर पर्ने हो भने उपलब्ध हुने पानीबाट उपत्यकाका लागि दीगो र दीर्घकालीन आवश्यकता पूरा नहुने निश्चित भएकोले आयोजना निर्माणको रुटमा पर्ने सम्भाब्य भनिएका याङ्ग्री र लार्के खोलाको पानी समेत ल्याउन आवश्यक पूर्वाधारहरुको निर्माण यथाशीघ्र गर्न, गराउन हालसम्म DPR समेत तयार नभएकोले सो कार्य यथाशीघ्र गर्न, गराउन समिति पुन निर्देश गर्दछ साथै यस Phase II आयोजनालाई समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा राख्न तथा काठमाडौँ उपत्यकाभित्र रहेका पानीका स्रोतहरुको उपभोग गर्ने कार्यलाई समेत अध्ययन गरी Phase II मा समावेश गर्न समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी तथा सरसफाई मन्त्रालय, अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ ।

४  सुरुङ निर्माणको क्रममा देखिएको कमजोर चट्टान वग्ने समस्यालाई र त्यसबाट हुनसक्ने ढिलाईलाई समेत गम्भीरतापूर्वक ध्यान दिन तथा कमजोर चट्टान भएको ठाउँमा Rock Support Bench तयार गर्ने कामलाई प्राथमिकता दिन, आयोजनाबाट सञ्चालित सामाजिक उत्थान कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्न, स्थानीय प्रभावितहरुको भौतिक तथा आर्थिक लाभ (Royalty and Levy) सम्बन्धी कार्यविधि÷निर्देशिका यथाशीघ्र तयार गर्न, गराउन एवं आयोजना स्थलसम्म पुग्ने सडक (Access Road) को तत्काल स्तरोन्नति गर्न समेत समिति नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।

५ समितिले खानेपानी तथा सरसफाई मन्त्रालयको समन्वयमा मेलम्ची खानेपानी आयोजना (क) र (ख) दुबैको निकट भविष्यमा स्थलगत भ्रमण गर्ने निर्णय ग¥यो र सो को व्यवस्थापन गर्न समेत समिति उल्लेखित मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।

६ मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने खानेपानी वितरणको लागि मेलम्ची खानेपानी आयोजना (ख) ले गर्ने पूर्वाधार विकासको काम (विशेष गरी पाइप विच्छ्याउने) कामलाई तिब्रता दिन, पाइप विच्छ्याउने कार्यले गर्दा सडक सञ्चालनमा कठिनाई समेत देखिएकोले सडक सञ्चालनमा÷आवागमनमा सकेसम्म न्यून असर गर्ने गरी काम गर्न, रातको समयमा समेत काम गर्न तथा पानी वितरणको पूर्वाधारलाई छिटो भन्दा छिटो सम्पन्न गर्न समेत समिति नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।

७  निर्माण सम्बन्धमा जमिनमुनी गरिने कार्यहरु (ढल, पानीका पाइप तथा सुरुङ, अप्टिकल फाइवर, विद्युत तारहरु लगायतका निर्माण कार्यहरु) को मापदण्ड, एकीकृत रुपमा संरक्षण गर्ने निकायको अभाव देखिएकोले जमिनमुनी गरिने निर्माण कार्य हेर्ने एउटा संयन्त्र तयार गर्न समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ ।

८  काठमाडौँ उपत्यकाभित्रको पानी वितरण प्रणालीलाई समयानुकूल स्तरोन्नति गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको संरचना तथा जनशक्तिलाई यथशीघ्र पुनरावलोकन गर्न, गराउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, खानेपानी तथा सरसफाई मन्त्रालय तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देश गर्दछ ।

श्रोत बिकास समिति