भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई दिईएको निर्देशन कार्यन्वयन सम्बन्धी समिक्षा

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।१०।११ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएका छन् । समितिको आजको बैठकमा समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई हालसम्म दिएका निर्देशनहरुको कार्यान्वयनको विद्यमान अवस्था, कार्यान्वयनको शिलशिलामा देखिएका समस्याहरु एवं चुनौतिहरु र समाधानका लागि चालिएका कदमहरुका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल ग¥यो ।

निर्देशनहरुको कार्यान्वयनको वस्तुस्थितिको समीक्षा एवं मूल्याङ्कन समेत गर्दै समितिले देहायबमोजिम निर्णय ग¥यो ।

१. विकास निर्माणका संरचनाहरुको÷पूर्वाधारहरुको निर्माणको सम्बन्धमा समितिले दिएका निर्देशनहरुको कार्यान्वयनको प्रगति विवरण एवं वस्तुस्थितिको प्रतिवेदन आवधिकरुपमा विकास समितिलाई उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयोगला20150125_090051ई गम्भीर रुपमा ध्यानाकर्षण गराउँदै अल्पकालिन र दीर्घकालिन प्रकृतिका निर्देशनहरुको कार्य प्रगतिको विवरण छुट्टाछुट्टै पठाउन समिति उल्लेखित निकायलाई निर्देश गर्दछ ।

२. समितिले सम्बन्धित निकायलाई समितिको बैठकमा नै आमन्त्रण गरी छलफल गरेर मात्र निर्देशन दिने गरेको अवस्थामा समेत निर्देशन कार्यान्वयन गर्ने निकायहरुले अपेक्षित कार्यसम्पादन गर्न सकेको अवस्था देखिंदैन । के कस्ता कारणहरुले निर्देशनहरुको अपेक्षित कार्यसम्पादन हुन नसकेको हो स्पष्ट विवरण समितिलाई १० दिनभित्र उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयेगलाई निर्देशन गर्ने ।

३. समितिले दिएका निर्देशनहरुको प्रभावकारी कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयहरु÷निकायहरुलाई Focal Person (सम्पर्क व्यक्ति) तोकी कार्यसम्पादन गर्न र  Focal Person को नाम समितिलाई उपलब्ध गराउन समेत समिति सम्बन्धित मन्त्रालय÷निकायलाई निर्देश गर्दछ ।

४. राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त आयोजनाहरु तथा अन्य मुख्य आयोजनाहरु विशेष गरी सडक र पुल निर्माण सम्बन्धमा भएका कार्य प्रगति सम्बन्धि विस्तृत विवरण समितिको आगामी समिक्षा बैठकमा प्रस्तुत गर्न तथा राष्ट्रिय प्राथमिकताका आयोजनाहरुमा काम गरेका, काम गर्न नसकेर छाडेका निर्माण व्यवसायिहरुको विवरण समेत समितिको बैठकमा उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।

५. समितिको कार्यक्षेत्रको सम्बन्धमा राय सल्लाह एवं सुझाव लिनका लागि विशेषज्ञहरुको सूचि (Roster) तयार गर्ने र समितिमा रहनु भएका माननीय सदस्यहरुले समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषय विशेषज्ञहरुको नामावली करिव २ हप्ताभित्रै समिति सचिवालयमा उपलब्ध गराइदिन तथा पुतलिबजार स्याङ्जा निवासी श्री रमेश पोखरेललाई समितिको कार्य सम्पादनमा सभापतिलाई सहयोग गर्न अनुमति दिने निर्णय ग¥यो ।

श्रोत: समितिको सचिवालय