नेपालमा रेल यातयातको विस्तार, कार्यप्रगति, समस्या तथा चुनौतीहरुका सम्बन्धमा

व्यवस्थापिका–संसद विकास समितिको आजको बैठकमा नेपालमा रेल यातयातको विस्तार, हालसम्मको कार्यप्रगति, समस्या तथा चुनौतीहरुका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मा० मन्त्री, सचिव तथा रेल विभागका महानिर्देशक लगायतका पदाधिकारीहरुसँग छलफल
भयो । छलफल पश्चात् समितिले देहाय बमोजिमको निर्णय ग¥यो ः–
1.नेपालको उत्तर– दक्षिण तथा पूर्व– पश्चिम जोड्ने रेलमार्गको निर्माणबाट मात्र देशको आर्थिक विकास तथा समृद्धिको आधार निर्माण हुने भएकोले त्यसका लागि रसुवागढी, काठमाडौ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न,मेची–महाकाली,काठमाडौँ–पोखरा विद्युतीय रेलमार्ग निर्माण गर्ने कार्य द्रुत गतिमा अगाडि बढाउन तथा विश्वका अन्य देशहरुसँगको व्यापारिक पहूँच बढनउन रेलवे यातायातको ऋचयकक द्ययचमभच ऋयललभअतष्खष्तथ अभिवृद्धि गर्न तथा देशभित्र ज्ष्नज क्उभभम रेल्वे यातायातको संजाल विस्तार गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तथा सडक विभागलाई निर्देश गर्दछ ।
2. जनकपुर जयनगर रेल्वे निर्माण गर्ने कार्य यसै वर्ष सम्पन्न गरी सञ्चालनमा ल्यनउन र वर्दिबास–सिमरा रेलमार्गको ट्रयाक बेडकोे निर्माण सम्पन्न गरी ट्रयाक विछ्याउने कार्य आरम्भ गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।
3. काठमाडौँ उपत्यकाको सवारी चाप तथा सवारी जामलाई व्यवस्थित गर्न तथा उपत्यकाको सवारी आबागमनलाई सहज रुपमा सञ्चालन गर्न उपत्यका भित्र मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी मेट्रो रेल सेवा निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी निर्माण कार्य आरम्भ गर्न समिति नेपाल सरकार, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तथा रेल विभागलाई निर्देशन गर्दछ ।
4. काठमाडौंवाट सवैभन्दा नजिकको नाका विरगंज जोड्ने काठमाडौं विरगंज रेल मार्गको निर्माणको सम्भाव्यता अध्ययन तथा म्एच् तयार गर्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देश गर्दछ ।
5. विकास निर्माणको लागि आवश्यक निर्माण सामाग्री च्ष्खभच द्यबकभ ःबतभचष्ब िमा अति निर्भर भएको हुदा निर्माण सामाग्रीको अभावमा समयमै आयोजना सम्पन्न नहुने भएकोले अव ःष्लष्लन द्यबकभ ःबतभचष्बकि मा जान सम्भाव्यता अध्ययन गर्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।
6. जनकपुर जयनगर रेल मार्ग निर्माणको प्रगतिको समितिबाट अनुगमनमा जानाको लागि आवश्यक व्यवस्था मिलाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र तथा रेल विभागलाई निर्देशन गर्दछ ।

श्रोत बिकास समिति