निर्देशनहरुको कार्यान्वयनको अवस्था सम्बन्धि निर्णय

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७२।०३।०१ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय  छ ।
मिति ः २०७२।०३।०१
छलफल तथा निर्णय ः
समितिको आजको बैठकमा समितिले हालसम्म दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाको छलफल एवं समीक्षा गरिनुका साथै विनासकारी भूकम्पले पर्यटन क्षेत्रमा पारेका प्रभावहरु एवं यस क्षेत्रमा देखिएको सुस्ततालाई न्यूनीकरण गर्दै पुर्नजिवन दिन गरिनु पर्ने कार्यहरुका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रीज्यू लगायतका पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिम निर्देशन दिने निर्णय गर्यो ।
१  समितिको बैठक प्रारम्भमा यस विकास समितिका माननीय सदस्य कृपासुर शेर्पा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्ति हुनु भएकोमा उहाँको कार्यकालको सफलताको कामना गर्दै समितिले बधाई ज्ञापन ग¥यो ।
द्द। समितिले विभिन्न विषयहरुमा विभिन्न मन्त्रालय, निकायहरुलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाको कार्य प्रगति विवरण (सम्बन्धित मन्त्रालयबाट प्राप्त भए बमोजिमको विवरण) माथि छलफल एवं समीक्षा गर्दै प्राप्त विवरण सार्वजनिक गर्ने निर्णय गर्यो । bikas samiti
२. विनासकारी भूकम्पका कारण क्षति भएका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निमाण गर्न, नेपालका महत्वपूर्ण पर्यटकिय क्षेत्रहरु, टुरिस्ट डेस्टिनेशनहरुलाई शिघ्रातिशिघ्र पुनस्र्थापना (च्भअयखभच) गर्न साथै बाहिर चर्चा, हल्ला भएजस्तो पर्याटकीय क्षेत्रहरु असुरक्षित छैनन्, टुरिस्ट डेस्टिनेशनहरु सुरक्षित छन् भनेर प्रचार प्रसार गर्न, विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई नेपाल घुम्ने सन्दर्भमा जारी गरेका त्चबखभ िब्मखष्कयचथ ल्यतष्अभ हरुलाई पुनरावलोकन गर्न अनुरोध गर्न, सार्थ नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउँदै पर्यटन क्षेत्रको प्रर्वधन गर्न पर्यटन क्षेत्रको विस्तार, नयाँ गन्तव्यहरुको पहिचान तथा राष्ट्रसेवक कर्मचारीहरुको विदाको व्यवस्था गरी आन्तरिक पर्यटन वृद्धि गर्न समिति नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय भयो ।
३. नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने ऐतिहासिक तथा पुरातात्विक सास्कृतिक सम्पदा लगायतका धरोहरहरुको पुनर्निमाण गर्न, सुरक्षा परीक्षण (क्बाभतथ ब्गमष्त) गर्न, गराउन आवश्यक पर्ने वजेटको व्यवस्थापन गर्न नेपाल सरकार, अर्थमन्त्रालयलाई निर्देशन दिने निर्णय गर्यो ।
४.अवरुद्ध ट्रेकिङ्ग रुटहरु अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था तथा विशेषज्ञहरुबाट परिक्षण गर्ने गराउने व्यवस्था मिलाई तदारुकताका साथ पुर्ननिर्माण गर्न साथै नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पर्यटन प्रवर्धन तथा विस्तार गर्ने गराउने व्यवस्था मिलाउन नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भयो ।
५. महाविनासकारी भूकम्प पश्चात् पर्यटनको विकास विषयमा नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु सुरक्षित भएको सन्देश प्रवाह गर्न यस विकास समिति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं पोखराका पर्यटन व्यवसायीहरुको समन्वय तथा र सहकार्यमा पोखरा कास्कीमा एक अन्तरक्रिया कार्यक्रम यही महिनाको ६ गते आयोजना गर्ने निर्णय गर्यो ।
६. समितिले नियमानुसार व्यवस्थापिका–संसदमा पेश गर्नुपर्ने वार्षिक प्रतिवेदन लेखनको कार्य प्रारम्भ गर्न समिति सचिवालयलाई निर्देशन दिने निर्णय भयो ।

श्रोत: समितिको सचिवालय