दुरसञ्चार सेवा बारे बिकास समितिको निर्देशन

संविधानसभा/व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।७।२३ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ । न्युजका  लागि  यहाँ  क्लिक गर्नुहोस Pro_Ktm_Bikash-sameet-ko-baithak

१. सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल दूर सञ्चार कम्पनी र नेपालमा हाल दूर सञ्चार सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरी सेवा प्रदान गरिरहेका सेवा प्रदायकहरुले आ–आफ्नो संस्था/कम्पनीले सेवा सञ्चालन गर्न अनुमति प्राप्त सेवा तथा भौगोलिक क्षेत्रहरुमा के कस्तो सेवा कार्यक्रमहरु सञ्चालन गर्दै छ त्यसको विस्तृत कार्ययोजना बनाई पन्ध्रदिनभित्र यस समितिमा पठाउन निर्देशन गरिन्छ ।

२.नेपाल भर अप्टिकल फाइबर नेटवर्किङ गर्ने सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूर सञ्चार प्राधिकरण र सम्बन्धित सेवा प्रदायकहरुलाई समेत सहभागी गराई अहिलेसम्म उक्त फाइवर विछाउन बाँकी क्षेत्रहरुको यसै आर्थिक वर्षभित्र कार्य सुरु गरी सबै क्षेत्रमा Networking कार्य सम्पन्न गर्न निर्देशन गरिन्छ ।

३. ग्रामीण दूरसञ्चार कार्यक्रमको लागि संकलित रकमबाट सम्पूर्ण क्षेत्रमा दूर सञ्चार सेवाका आधारभूत साझा आधारहरु सिर्जना गर्ने कार्य र विद्यालय, गा.वि.स., अस्पताल, स्थानीय बजारलाई केन्द्र विन्दु बनाई ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सूचारु गर्न आवश्यक निम्नतम आधारस्तम्भहरु सिर्जना गर्ने गरी कार्यक्रम बनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन गरिन्छ ।

४. अहिलेको आधुनिक समाज सञ्चार सम्बन्धी विविध सेवाहरुमा अन्योन्यास्रित रुपले आवद्ध भएको हुँदा दूरसञ्चार सेवा सम्बन्धी सबै सेवाहरु भरपर्दो गुणस्तरीय, सस्तो, सर्वसुलभ र सहज बनाउन आवश्यक व्यवस्था मिलाउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन गरिन्छ ।

५. टेलिफोन, इन्टरनेट र टेलिभिजन सम्बन्धी सेवा आधारभूत टेलिफोन सेवाबाटै लिन सकिने सेवा सर्वसाधारण ग्राहक वर्गलाई उपलब्ध गराउने सम्बन्धी आवश्यक व्यवस्था नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी मार्फत ६ महिनाभित्र सम्पन्न गर्न र International क्षेत्रमा गरिएका Commitmentहरु सम्बन्धित निकायहरु मार्फत कार्यान्वयन गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन गरिन्छ ।

६. सूचना प्रविधि सम्बन्धी विकास तथा नियमनका कार्य एउटै मन्त्रालयबाट हुँदा सेबा सञ्चालन, विस्तार, कानुन तर्जुमा तथा कार्यान्वयनमा एकरुपता ल्याइ देशभर कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने भएकोले विज्ञान तथा प्रविधि मन्त्रालयसँग आवश्यक समन्वय गरी आम जनतासँग प्रत्यक्षरुपले सम्बन्धित आइ टि कम्पोनेन्टका सबै मामलामा स्पष्टता कायम गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन गरिन्छ ।

७. इन्टरनेट तथा विविध दूर सञ्चार सेवा प्रदायकहरुले शहरका घना वस्तिहरुमा घरका छतहरुमा अग्ला–अग्ला टावरहरु बनाई सेवा प्रदान गरिरहेका प्रशस्त मात्रामा देखिएकोले यो कार्यले मानवीय जोखिम बढाएको देखिएकोले यस्ता कार्यहरुलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन गरिन्छ ।

८. Inter Connetcivity लाई सस्तो र सरल बनाउन नेपाल दूर सञ्चार प्राधिकरणले सबै सेवा प्रदायक तथा मन्त्रालयसँग समेत छलफल गरी अविलम्व Inter Connectivity सेवा सहज बनाउन निर्देशन गरिन्छ ।

९. विकास समितिको आगामी बैठक २०७१ कार्तिक २६ गते बुधबार मेलम्ची खाने पानी आयोजना सम्बन्धमा र २०७१ कार्तिक ३० गते आइतबार कर्णाली विकास सम्बन्धमा बस्ने निर्णय भयो ।

स्रोत : बिकास समिति, सिंहदरबार मिति : २०७१ कार्तिक २३