काठमाडौँको बिकासमा समितिको निर्णय

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।१०।२२ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएका छन ।
समितिको आजको बैठकमा काठमाडौँ उपत्यकाको योजनावद्ध विकासका सम्बन्धमा शहरी विकास मन्त्रालय र काठमाडौँ उपत्यका विकास प्राधीकरणसँग छलफल भयो साथै छलफल पश्चात् देहाय बमोजिम निर्णय भयो  ।

१.  समितिको आजको बैठकको प्रारम्भमा समितिले देहाय बमोजिमको प्रस्ताव पास ग¥यो ः
संविधान सभा÷व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्ष लगायत केही राजनैतिक दलहरुले समितिको बैठकमा समेत सहभागी नहुने भनिएकोमा समिति प्रतिपक्षको प्रभावकारी भूमिका सम्पादन गर्ने थलो भएकाले यस तर्फ सम्बन्धित दलहरुलाई ध्यानाकर्षण गराउँदै उक्त निर्णयलाई गम्भीरतापूर्वक पुर्नविचार गर्न तथा समितिको बैठकमा उपस्थित भई सक्रिय सहभागिता जनाउन अनुरोध गर्ने ।
२.  काठमाडौं उपत्यकामा राजधानी काठमाडौं शहर लगायत ललितपुर, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी जस्ता ऐतिहासिक महत्व बोकेका घना आवादीयुक्त शहरहरु रहेका र यी शहरहरुमा प्रतिवर्ष जनघनत्व बढ्ने क्रम तीव्र रहेकाले समग्र काठमाडौं उपत्यकामा आधारभूत शहरी सुविधाहरुकोे उपलब्धताको साथै यी शहरभित्रका अव्यवस्थित पुराना वस्तीहरुमा आकस्मिक दैवी प्रकोप उद्धार योजना सहित समग्र शहरी क्षेत्र र वस्तीहरुमा खानेपानी, ढल, विजुली, शहरी सडक, यातायात, उर्जा र वायु प्रदुषणमा सुधार गरीे वैज्ञानिक भू–उपयोग योजना अनुसार व्यवस्थित आवाश क्षेत्रहरु तथा सुरक्षित भवन निर्माण मापदण्ड बनाई विभिन्न शहरी विकासका निकायहरुविच समन्वयको भूमिका निभाई कार्यान्वयन गराउन प्राधीकरणले ६ महिनाभित्र क्तचबतभनष्अ ःबकतभच एबिल बनाई लागु गर्न समिति शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देश गर्दछ ।
३.  काठमाडौं उपत्यका विकास सम्बन्धी अल्पकालिन–दीर्घकालिन रणनीतिक गरुयोजना निर्माण हुने क्रममा रहेको हुँदा सो कार्यान्वयनमा नआइन्जेल सम्म सरकारले उपत्यकाका कुनै पनि सरकारी तथा सार्वजनिक जग्गा कुनै संघ÷संस्था तथा व्यक्ति विशेषलाई व्यवसायिक प्रयोजनका लागि लिज÷ठेक्का÷करारमा दिने कार्य बन्द गर्न समेत समिति नेपाल सरकारलाई निर्देश गर्दछ ।
४.  काठमाडौँ उपत्यका विकास प्राधीकरणलाई आफ्नो योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने क्रममा नीतिगत, समन्वयगत, कानुनी र अन्य स्थलगत समस्याहरु छन् भने त्यसको स्थायी निराकरणमा समिति सदैव प्रयत्नशील रहेकाले त्यस्ता कुनै समस्या भए समितिमा प्रस्तुत गर्न समेत