संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७२।११।१७ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।
छलफल तथा निर्णय ः
समितिको आजको बैठकमा N Cell को शेयर खरिद बिक्री लगायतका विषयमा समितिका माननीयज्यूहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय वमोजिम निर्णय ग¥यो ः
1 पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति तथा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं संसदका विपक्षी दलका नेता माननीय श्री सुशिल कोइरालाको मिति २०७२÷१०÷२६ गते असामयिक निधन भएकोमा व्यवस्थापिका–संसद विकास समितिको यो बैठकले वहाँको निधन प्रति गहिरो शोक तथा समवेदना व्यक्त गर्दछ ।
2 N Cell को शेयर खरिद विक्री सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालय, आन्तरिक राजश्व विभाग, उद्योग विभाग, कम्पनी रजिष्टारको कार्यालय, नेपाल दूर सञ्चार प्राधिकरण लगायतका निकायहरुलाई स्पष्ट पार्न भनि समितिको मिति २०७२।१०।१२ गतेको बैठकले दिएका निर्देशनका विषयहरुमा सम्बन्धित निकायबाट लिखित रुपमा प्राप्त धारणा समिति समक्ष प्रस्तुत भई विस्तृत छलफल भयो ।
प्राप्त धारणामा N Cell ले नेपालमा व्यावसाय गरी कमाएको पूँजीगत लाभमा निसन्देह रुपमा नेपालमै कर लाग्दछ भनी सम्बन्धित निकायबाट लेखी प्राप्त भए तापनि हाल सम्म शेयर कारोवारबाट प्राप्त हुने पूँजीगत लाभमा कर लगाउने सम्बन्धमा कुनै निष्कर्षमा पुगी निर्णय भएको÷कर लागउने सम्बन्धमा प्रगति भएको भने देखिएन । साथसाथै कम्पनीको शेयर खरिद विक्री सम्बन्धमा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ बमोजिम N Cell ले उद्योग विभागमा सैद्धान्तिक सहमति प्राप्त गर्न खोजेको समेत देखिएन । Cross Holding गर्न पाउने÷नपाउने, शेयरको मूल्यमा देखिएको फरक मूल्यांकनमा हस्तक्षेप गर्न मिल्छ या मिल्दैन भन्ने सन्दर्भमा समेत उल्लेखित निकायहरुको धारणामा स्पष्टता पाइएन । लामो समयसम्म यस्ता विषयहरुमा अनिर्णित भई बस्दा सम्बन्धित निकायको कार्य क्षमतामाथि प्रश्न उठ्नुको साथसाथै करदातालाई समेत अनिश्चित वातावरण उत्पन्न हुन गएको समेत देखिएकोले सम्बन्धित निकायको कर छल्ने नियत हो वा होइन स्पष्ट भई विद्यमान कानुनमा भएका व्यवस्थाहरुलाई देशको हितको लागि प्रयोग गरी तत्काल निष्कर्षमा पुग्न तथा वैदेशिक लगानीलाई प्रतिकूल असर समेत नपर्ने गरी कार्य सम्पादन गर्न समेत समिति नेपाल सरकार, अर्थ मन्त्रालय तथा आन्तरिक राजश्व विभागलाई गम्भीरता पूर्वक निर्देश गर्दछ ।
३. N Cell को शेयर खरिद विक्री सम्बन्धमा समितिको मिति २०७२।१०।१२ गतेको बैठकले माथि उल्लेखित निकायहरुलाई शेयर खरिद विक्री सम्बन्धमा धारणा उपलब्ध गराउन भनिएकोमा प्राप्त हुन आएका धारणाहरुमा स्पष्टता नरहेकोले उल्लेखित निकायहरुबिच समन्वय गरी स्पष्ट धारणा बनाउन अविलम्व उक्त विषयमा स्पष्ट निर्णय गरी समितिलाई जानकारी दिन समिति उल्लेखित निकायहरुलाई निर्देशित गर्दछ ।
४. मिति २०७२।११।१९ र २० गते विकास समितिका माननीय सदस्यहरुको टोलीले (मा० सदस्य, सचिवालयका कर्मचारी र पत्रकार सहित) रक्षा मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाबाट निर्माण कार्य भइरहेको मैलुङ्ग–स्याफ्रुवेशी सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय ग¥यो ।
समिति सचिवालय