संविधानसभा/व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।८।२१ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएका छन् ।
विकासको आधारभूत पूर्वाधारको रुपमा रहेको हुलाकी राजमार्ग र मध्य पहाडि लोकमार्गको विद्यमान अवस्था विस्तार एवं विकास (निर्माण सुधार समेत) का सम्बन्धमा समितिमा आज भएको छलफल पश्चात समिति देहायबमोजिम निर्णय गर्दछ :
१ हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग निर्माणको सन्दर्भमा देखिएका मुख्य समस्याहरु जस्तैः– जग्गा प्राप्ती, गिट्टी÷बालुवाको उपलब्धता, वन क्षेत्र, वातावरणीय प्रभाव मूल्याङ्ककन लगायतका सम्बन्धमा छलफल गरी निष्कर्षमा पुग्न सम्बन्धित मन्त्रालय (भूमि सुधार तथा व्यवस्था मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय, उर्जा मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय) का माननीय मन्त्रीज्यूहरु तथा सचिवहरुलाई समितिमा आमन्त्रण गरी छलफल गर्नेे ।
२ हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग निर्माण गर्ने सम्बन्धमा दीर्घकालीन सोचका साथ निर्माण सम्बन्धी न्यूनतम आधारभूत मापदण्ड अनुरुपको निर्माण कार्यलाई निरन्तरता दिन तथा उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालन गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहत निकायलाई निर्देश गर्दछ ।
३ राष्ट्रिय प्राथमिकता प्राप्त मध्यपहाडी लोकमार्ग तथा हुलाकी राजमार्गको वर्तमान स्थिति, कार्यान्वयन स्थिति र कार्य प्रगति विवरण हरेक दुई ÷दुई महिनामा समितिमा उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।
४ विकास समितिका मा० सदस्यहरु लगायतको टोलीले हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्र्ग निर्माणको स्थलगत अध्ययन भ्रमण गर्ने कार्यका लागि आवश्यक व्यवस्था मिलाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।
श्रोत : समितिको सचिवालय